तानसेन खानेपानीकाे मूल्य समायोजन सहित महसुल घट्याे

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानीकाे महसुल घटाउने भएको छ । उपभोक्ता समिति बोर्ड बैठक निर्णय अनुसार कार्तिक १ गते देखि लागु हुने गरी तानसेन खानेपानी उपभोक्ता समितिले महसुल घटाउन गरेको निर्णयकाे जानकारी पत्रकार सम्मेलन मार्फत गराएको हाे ।

तानसेन खानेपानीकाे महसुल अत्यधिक महङ्गो भएको भन्दै स्थानीय उपभोक्ताले मूल्य समायोजन गर्न आग्रह गर्दै आएपछि उपभोक्ता समिति बैठकले उक्त निर्णय गर्दै खानेपानीको महसुल दररेटमा परिवर्तन गरेको जानकारी समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले गराउँनुभयाे  । खानेपानीको महसुल महँगो भएको, न्यूनतम मूल्य बढी भएको बताउँदै आएका उपभोक्ता सदस्यहरूकाे मागलाई सम्मान गर्दै उपभोक्ता सदस्यको माग अनुसारकाे समिति बैठककाे निर्णय अनुसार यस अघि कायम गरिएको मूल्य भन्दा कम बनाएर मूल्य समायोजन गरिएको खानेपानी उपभोक्ता समितिले जनाएको छ।

खानेपानी उपभोक्ता समितिले ग्राहस्थ एवं गैर ग्राहस्थ गरि (सरकारी कार्यालय, संघसंस्था, होटल व्यवसाय, विद्यालय) दुई भागमा विभाजन गर्दै मूल्य समायोजन गरेको हाे। समितिका अध्यक्ष श्रेष्ठका अनुसार ग्राहस्थतर्फ न्यूनतम एक हजार लिटर सम्म खपत गर्ने सदस्यलाई तीन सय रुपैयाँ कायम गरिएको छ । भने एक हजारदेखि दस हजार लिटरसम्म खपत गर्ने ग्राहककाे हकमा प्रति हजार तीस रुपैयाँ, एघार हजार लिटर देखि पन्ध्र हजार लिटरसम्म प्रति हजार असी रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै साेह्र हजार लिटरदेखि बीस हजार लिटरसम्म प्रति हजार एक सय,एक्काइस हजारदेखि तीस हजारसम्म प्रतिहजार दुई सय, एकतीस हजारदेखि चालिस हजारसम्म प्रतिहजार दुई सय पचास तथा एकचालीस हजार लिटरदेखि माथिका सदस्य ग्राहकलाई प्रतिहजार लिटर तीन सय थप हुने समितिका अध्यक्ष श्रेष्ठले बताउँनुभयाे ।

यस्तै समितिले गैर ग्राहस्थ (सरकारी कार्यालय, संघसंस्था,होटलव्यवसाय,विद्यालयलाई पहिलेको महसुलमा दस प्रतिशत महशुल घटाएको छ । जस अनुसारको न्यूनतम महसुल दुई सय रहेको छ । उपभोक्ता समितिले एक हजार लिटरदेखि पाँच हजार लिटरसम्मका लागि चाैवन्न रुपैयाँ, एक हजारदेखि दस हजार लिटर सम्मका लागि बहत्तर रुपैयाँ, एक हजारदेखि पन्ध्र हजार लिटर सम्मका लागि नब्बे रुपैयाँ एक हजारदेखि बीस हजार लिटर सम्मका लागि एकसय आठ रुपैयाँ एक हजारदेखि पच्चीस हजार लिटर सम्मका लागि एक सय पैंतीस,एक हजारदेखि तीस हजार लिटर सम्मका लागि एक सय बैसठ्ठी,एक हजार लिटरदेखि पचास हजार लिटर सम्मका लागि एक सय असी र एक हजारदेखि एकाउन्न हजार लिटर भन्दा माथिको लागि दुई सय पच्चीस रूपैयाँ थप हुने गरि मूल्य समायोजन गरिएको हाे । उपभोक्ता सदस्यको हितमा मध्यनजर गर्दै मूल्य समायोजन गरिएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताउँनुभयाे । उहाँले खानेपानी उपभोक्ता सदस्यहरूबाट एक हजार उठाएर उपभोक्ता कल्याण कोष स्थापना गरी उपभोक्ताकै हितमा खर्च गर्ने निर्णय समेत उपभोक्ता समितिले गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

खानेपानी उपभोक्ता समितिबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पा उपाध्यक्ष भरत शर्माले बाेल्दै उपभोक्ता समितिले ढिलैभए पनि उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गरि नयाँ महशुल दररेट कायम गरेकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले तानसेन खानेपानीमा नयाँ समिति आएदेखि तानसेनवासीहरूले खानेपानीमा सहज महसुस समेत गरेको पत्रकार सम्मेलनमा बताउँनुभयाे ।

कार्यक्रम समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता,सचिव प्रेम मल्लको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

समायोजन पछिको नयाँ मूल्य महशुल दररेट:

Leave a Reply

Your email address will not be published. Required fields are marked *