तानसेन नगरपालिकाकाे सहयोगमा एक महिने ढाका बुनाइ तालिम सुरु

पाल्पा, तानसेनमा एक महिने ढाका कपडा बुनाइ तालिम सुरु भएको छ । तानसेन नगरपालिकाको सहयोग र पाल्पाली ढाका संघ पाल्पाको समन्वयमा एक महिने ढाका बुनाइ तालिम सुरु भएको हो।कार्यक्रमका प्रमुख अतिथि एवं तानसेन नगरपालिका उप-प्रमुख प्रतिक्षा गाहा सिंजालीले तालिममा महिला दिदिबहिनीले सीप सिकेर जिबिकोपार्जन गर्न सकिने भएकोले तालिम आयोजना गरिएको बताउँनुभयो । दिदीबहिनीहरुलाई विशेष लक्षित गरेर तानसेन नगरपालिकाले सीपमुलक कार्यक्रम ल्याएको बताउदै तालिममा सिकेको सीप ब्यबहारमा ल्याएर आयआर्जन गर्न सकेमा मात्र तालिमको थप उत्साह र सहयोग हुने बताउँनुभयो ।

कार्यक्रमका अतिथि तथा तानसेन-६ का वडाअध्यक्ष सागरमान महर्जनले पाल्पामा ढाकाको माग धेरै भएकाले उत्पादनले बजार राम्रो पाउने बताउदै उहाँले छनोट भइ आउँनुभएका महिला दिदी बहिनीहरुले तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्नु पर्ने बताउँनुभयो ।पाल्पाली ढाका संघका तीन बटा सदस्य कारखानामा तालिम हुने छ । तालिममा २० जनाले तालिम लिने पाल्पाली ढाका संघका ब्यबस्थापक अनुषेश रायमाझीले जानकारी दिनुभयो । कार्यक्रम पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनको अध्यक्षतामा भएको एक महिने ढाका बुनाइ तालिम कार्यक्रम चिना न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *