नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाले गठन गरेको नगर प्रज्ञा प्रतिष्ठानकाे पदस्थापन तथा पहिलो बैठक सम्पन्न भएको छ । नेपालकाे संविधान-२०७२ काे धारा २२१(१) र (२) तथा अनुसूची-८ (२२) र स्थानीय सरकार सञ्चालन ऐन-२०६४ काे दफा १०२ बमोजिम प्राप्त अधिकारकाे प्रयोग गरि तानसेन नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठनका लागि बनाएको नगर प्रज्ञा प्रतिष्ठान ऐन-२०८१ अन्तर्गत गठन गरिएको तानसेन नगर प्रज्ञा प्रतिष्ठानकाे पदाधिकारी प्राज्ञ सदस्यहरूकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय सरकार ऐन अन्तर्गत गठन गरिएको तानसेन नगर प्रज्ञा प्रतिष्ठानले स्थानीय रूपमा रहेका साँस्कृतिक सम्पदा,भाषा,कला,साहित्य,संस्कृति,पर्यटन,शिक्षा,जात्रा,ललितकला,नाट्यकला,रीतिरिवाज,रहनसहन,साँस्कृतिक परम्परा तथा संम्पदाकाे संरक्षण एवं प्रवर्द्धन गर्दै स्थानीय रूपमा रहेका भाषा साहित्य संगीत संस्कृति,सम्पदा विकास तथा खाेज अनुसन्धान गरि कृति प्रकाशन गर्दै नगरलाई मध्य युगीन साँस्कृतिक शहरकाे रूपमा विकास गर्ने र स्थानीय कला भाषा संस्कृतिको संरक्षण गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कार्य गर्नका लागि नगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको तानसेन नगरपालिका नगर प्रमुख एवं प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोष लाल श्रेष्ठले बताउँनुभयाे ।
गठित नगर प्रज्ञा प्रतिष्ठानकाे पदाधिकारीहरूमा उप-कुलपति चाेलेश्वर शर्मा,सदस्यमा प्राज्ञ मनमाेहन श्रेष्ठ,जीवन बहादुर थापा,डा.शंकर प्रसाद गैरे,डा.राजु श्रेष्ठ,निर्मल श्रेष्ठ,पदमराज न्याैपाने,राजन श्रेष्ठ,धनकला गाहा,गणेश राज ज्ञवाली,दीपक प्रसाद ज्ञवाली ,केहरसिंह राना,अर्चना शाक्य,अनुष्का गहतराज, राम कुमारी थापा र भगवती बस्याल रहनुभएको छ । तानसेन नगरपालिकाबाट गठित नगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारीकाे पदस्थापन कार्यक्रममा पदभार ग्रहण संगै सपथ ग्रहण गर्नुभएको थियोे । पदभार ग्रहणसंगै बसेकाे प्रज्ञा प्रतिष्ठानकाे पहिलो बैठकले नगर प्रज्ञा प्रतिष्ठानकाे ऐनमा भएको व्यवस्था अनुसार कार्य अगाडि बढाउन महत्त्वपूर्ण छलफल गर्दै काम अघि बढाउने रणनीतिक याेजना सहितको निर्णय गरेकाे तानसेन नगर प्रज्ञा प्रतिष्ठानका उप-कुलपति चाेलेश्वर शर्माले बताउँनुभयाे ।
पदस्थापन कार्यक्रममा तानसेन नगरपालिका नगर प्रमुख तथा प्राज्ञ कुलपति सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाको भाषा कला,साहित्य,संस्कृति संम्पदाकाे संरक्षण साँस्कृतिक महत्त्वका जात्रा र कुटीर उद्योग संग रहेर स्थानीय संस्कृतिको विकास गर्न गठित तानसेन नगर प्रज्ञा प्रतिस्ठानले कार्य गर्ने बताउँनुभयाे।तानसेन नगर प्रज्ञा प्रतिष्ठानकाे स्थापना र गठन बारेमा तानसेन नगरपालिकाका नगर प्रमुख श्रेष्ठले आगामी दिनमा नविनतम कार्यक्रम गर्दै तानसेनलाई विश्वमा परिचित गर्ने उद्देश्यले स्थापना गरिएको प्रज्ञा प्रतिष्ठानलाई रैथाने भाषा कला संस्कृतिको विकास गरी सभ्य समाजको रुपमा विकसित गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
पदस्थापन कार्यक्रममा उपप्रमुख प्रतीक्षा गाहा सिंजाली,प्रवक्ता यादवसिंह कार्की,प्रतिष्ठानका उप-कुलपति चोलेश्वर शर्मा, नगर कार्यपालिका सदस्य सविता भट्टराई,योजना शाखा प्रमुख दुर्गा बहादुर थापा,प्रज्ञा प्रतिष्ठानका सदस्य धनकला गाहा लगायतले बोल्दै तानसेन धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको र यसलाई जीवन्त राख्नुपर्ने दायित्व नगर सरकारको भएकाले तानसेन नगरपालिका भित्रका भाषा,कला,साहित्य,संस्कृतिकाे संरक्षण,सम्वर्द्धन गर्दै यहाँका मौलिक सिर्जना तथा प्रतिभालाई उजागर गर्न सामाजिक शास्त्रको अध्ययन,खाेज अनुसन्धान र कृति प्रकाशन गरि स्थानीय भाषाकाे प्रभावकारी ढंगबाट कला साहित्यकाे विकास हुने भएकाले नगर प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताउँनुभयो।
प्रज्ञा प्रतिष्ठान लागि बनेको ऐन-२०८१ तानसेन नगरपालिकाको पन्ध्रौं नगर सभाले पारित गरेसंगै तानसेन नगर प्रज्ञा प्रतिष्ठान ऐन अनुसार एक उप-कुलपति सहित १६ जना सदस्य रहेको प्रज्ञा प्रतिष्ठान गठन भएको हो । यहाँकाे भाषा कला साहित्य र संस्कृति संरक्षणकाे काम गर्ने योजना बनाएको नगर सरकारले प्रज्ञा प्रतिष्ठानलाई यो वर्षको लागि पन्ध्र लाख बजेट विनियोजन समेत गरेको छ ।