नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका-४, सिलखानटाेलमा रहेको तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको वार्षिक साधारणसभालाई उद्घाटन गर्नुहुँदै पाल्पा क्षेत्र नं.- २ का सांसद ठाकुरप्रसाद गैरेले सहकारीको विकास विना देशकाे आर्थिक क्रान्ति एवं समृद्धि सम्भव नरहेको बताउँनुभएकाे छ । उहाँले तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै उहाँले नेपालको तीन खम्बे अर्थतन्त्रमध्ये सहकारी एउटा खम्बा भएकाले बताउँदै सहकारी विकास विना आर्थिक क्रान्ति हुन नसक्ने बताउँनुभएकाे छ ।
साधारणसभाकाे उद्घाटन मन्तब्य राख्नुहुँदै सांसद गैरेले देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेकाेले पनि यसको विकास हुनु अहिलेको आवश्यकता रहेको कुरा उल्लेख गर्नुभयाे। राज्य निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याड्ढन समिति सभापति रहनुभएकाे उहाँले सरकारी तथा सहकारी र निजी क्षेत्रको एकता समन्वय एवं सहकार्यबाट देशकाे आर्थिक चलायमान गर्न सकिने धारणा व्यक्त गर्नुभयाे । संस्थाकाे कार्यक्रममा बाेल्नुहुँदै सांसद गैरेले अहिले देशमा सकारात्मक कुरालाई भन्दा पनि नकारात्मक कुरालाई बढी प्रचार-प्रसार गराएर मुलुकबाट युवाहरुलाई विदेश धकेल्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयाे ‘केही सहकारीहरूले गरेको बदमासीको कारण राम्रा सहकारीले गरेका राम्रा कामहरू समेत ओझेलमा पर्ने गरेको बताउँनुभयाे । सांसद गैरेले यस्ता राम्रा काम गरिरहेका सहकारीहरुको हामीले प्रचार हुनुपर्छ ।’ गलत काम गर्ने सहकारीलाई राज्यले नियमन गरी कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे । आफू पनि सहकारी संस्थाको शेयर सदस्य रहेकोले सहकारी संस्थालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा सचेत रहेको र सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि आफ्नो हरदम सहयोग रहने उहाँले कार्यक्रममा बताउँनुभयाे ।
पूर्व उद्योगमन्त्री एवं संस्थाका सेयर सदस्य सोमप्रसाद पाण्डेले सहकारीबाट नै स-सानो पुँजीलाई संकलन गरी उद्यमशीलता र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताउँनुहुँदै उहाँले सहकारी संस्थाबाट गरिने गतिविधिले मात्र मुलुकको आर्थिक स्थितिलाई बलियो, सबल र सक्षम बनाउन सकिने र समाजमा छरिएर रहेको सानो-सानो पुँजीबाट स-साना उद्योग व्यवसायलाई ठाउँठाउँमा सञ्चालन गर्न सकिने धारणा व्यक्त गर्नुभयाे । आगामी दिनमा सहकारीले बचत र ऋणको कामसँगै उत्पादन र आयआर्जनको लागि विविधिकरणमा जोड दिनुपर्ने बताउँदै पूर्व मन्त्री पाण्डेले वार्षिक साधारण सभामा आफ्नो धारणा सहितको विचार राख्नु भएको थियोे । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवं संस्थाका सेयर सदस्य खेमबहादुर सारुले सहकारी भनेको स-सानो पूँजी संकलन गर्ने शेयर सदस्यहरूलाई फाइदा पुग्ने गरी सहकारीबाट काम गर्ने एउटा अभियान भएको बताउँनुभयाे । तानसेन बचत तथा ऋण सहकारी संस्थाले यस अभियानमा पूर्ण इमान्दारिता देखाउँदै अघि बढेको र काम गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयाे । तानसेन सहकारीको वार्षिक साधारणसभामा जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले सहकारी संस्था भित्रका शेयर सदस्यहरूको भूमिका र जिम्मेवारी सञ्चालकहरू जस्तै बराबर भएकोले पनि सबैले आ-आफ्नो क्षेत्रबाट सदस्यहरूले काम गरे सहकारी नमुना हुने बताउँनुभयाे ।
संस्थाकाे १६ औँ वार्षिक साधारण सभामा संस्था अध्यक्ष भोजराज पोखरेल (रामजी) ले वार्षिक नीति कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी एक करोड दस लाख,सहकारी बैंकमा दुई लाख पचासी हजार रूपैयाँकाे लगानी रहेको समेत वार्षिक साधारणसभामा जानकारी दिनुभयाे । उहाँले सहकारीको बचततर्फ बाह्र करोड बाईस लाख रूपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनुभयो । संस्थाकाे कर्जा लगानीमा रहेको तेह्र करोड एकतीस लाख रूपैयाँ मध्ये आर्थिक वर्ष २०८०/०८१ मा कर्जा असुलीतर्फ दुई करोड चाैसठ्ठी लाख पच्चीस हजार छ सय चाैवालीस रूपैयाँ असुल भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । तानसेन बचत तथा ऋण सहकारी संस्थाले कुल दुई करोड पैसठ्ठी लाख बहत्तर हजार पाँच सय पैँतीस रुपैयाँ यसवर्ष खुद आम्दानी गरेको छ भने शुद्ध नाफा भने चाैध लाख चाैध हजार नाै सय अठचालीस रूपैयाँ रहेको बताउँनुभएकाे हाे । उहाँले प्रस्तुत प्रगति प्रतिवेदनमा संस्थाको जगडा कोषमा सच्चालीस लाख उन्नतीस हजार पाँच सय उन्नचालीस रहेकाे र अन्य कोषमा पन्चानब्बे लाख एकतीस हजार एक सय अढचालीस रूपैयाँ रहेको बार्षिक प्रगति प्रतिवेदनमा मार्फत जानकारी गराउँनुभयाे । संस्थाले आफ्ना कुनै शेयर सदस्यको मृत्यु भएमा दस हजार काज क्रिया खर्च नगद उपलब्ध गराउँदै आएको बताउँनुभयाे। शेयर सदस्यहरूकाे हेरचाह गर्ने उद्धेश्यले क्यान्सर प्यारलाइसिस जस्ता जटिल प्रकृतिका रोगहरू लागेमा पनि अवस्था हेरिकन आर्थिक सहयोग गर्ने निति लिएको जानकारी गराउँनुभएकाे छ ।
सहकारी संस्थाकाे वार्षिक साधारणसभाकाे अवसरमा उत्कृष्ट बचतकर्ताको रूपमा शेयर सदस्य नारायणी शर्मा घिमिरे, उत्कृष्ट ऋणीको रूपमा दुग्ध व्यवसाय गर्दै आउँनुभएका शेयर सदस्य यादवराज घिमिरे र संस्थाकाे पूँजी बृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सबै भन्दा बढी शेयर सदस्य बनाउने संस्था सञ्चालन समितिका सदस्य भरतराज न्यौपानेलाई पुरस्कृत गरिएको थियो । संस्थाले संस्थाका शेयर सदस्यहरु ठाकुरप्रसाद गैरे राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याड्ढन समितिको सभापतिमा निर्वाचित, कमलराज तिमिल्सेना नेपाल पत्रकार महासघंको अध्यक्षमा निर्वाचित र खेम बहादुर सारु लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त, डा.राम बहादुर राउत लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री जनसम्पर्क सल्लाहकार नियुक्त र विष्णु बहादुर कार्की पाल्पा व्यापार संघको अध्यक्षमा निर्वाचित भएकोमा सहकारी संस्थाले हार्दिक बधाई सहित सम्मान गरको छ ।
सञ्चालन समिति कोषाध्यक्ष दीपक विश्वकर्माले आर्थिक वर्ष २०८०/८१ काे आय -व्यय विवरण र आगामी वर्ष २०८१/०८२ को अनुमानित आय विवरण सहितको आर्थिक प्रतिवेदन वार्षिक साधारण सभामा प्रस्तुत गर्नुभएको थियाे । लेखा सुपरिवेक्षण समितिका संयोजक गुराँस आत्रेयले संस्थाकाे नीति कार्यक्रम र आर्थिक गतिविधिमा गत वर्ष पारित भएका नीति कार्यक्रम सञ्चालन समितिले गरेको काममा सुझाव सहितको लेखा प्रतिवेदन प्रस्तुत गर्दै आवश्यक सुझावहरु वार्षिक साधारणसभामा प्रस्तुत गर्नुभएको थियाे । वार्षिक साधारण सभामा सहकारी संस्थाका प्रमुख सल्लाहकार भेषराज सुवेदी, मुख्यमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउत,संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे संस्थाका पूर्व अध्यक्षहरु धनेन्द्रराज घिमिरे,देवीप्रसाद बस्याल यादव रायमाझी,पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,शेयर सदस्य लक्ष्मी ढुङ्गाना,सन्तोष खनालले वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन माथि महत्त्वपूर्ण सुझाव राख्दै प्रस्तुत प्रतिवेदनलाई पारित गरिएको थियो ।संस्था सञ्चालक समिति अध्यक्ष भोजराज पोखरेल (रामजी) को अध्यक्षता एवं उपाध्यक्ष शान्ति बस्याल पाण्डेको स्वागत र सचिव धनेश्वर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।