तिनाउकाे-३ काे वडा कार्यालयद्वारा “गरिबको घर वडाको भर” अभियान: बाह्र घर निर्माण गरि विपन्न परिवारलाई हस्तान्तरण

पाल्पा, तिनाउ गाउँपालिका वडा नम्बर-३ का अति विपन्न तथा गरिब परिवारका लागि वडा कार्यालयले “गरिबको घर वडाको भर” अभियान कार्यक्रम अन्तर्गत वडा कार्यालयले ६ वर्षको अवधिमा बाह्रवटा विपन्न परिवार हरूका लागि घर निर्माण गरी हस्तान्तरण गरेको छ। “समृद्ध समाजको आधार सबैको लागि सुरक्षित आवास” तिनाउ गाउँपालिका वडा नम्बर-३ को “गरिबको घर वडाको भर” कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो।

तिनाउ वडा नम्बर -३ ले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण गरेको हो ।वडा कार्यालयले वडाका नागरिकहरु तिलविर गाहा, तिलक सर्वुजा, रेशम पाइजा, चन्द्र बहादुर रम्जाली, हरि पाण्डे, रामकली विक, फुलमाया विक, भिमबहादुर सारु, हरि खाम्चा, धनबहादुर दर्लामी, गङ्गा देवि सुनार र टुक बहादुर दिशाको घर निर्माण गरि हस्तान्तरण गरेको हो।

तिनाउ गाउँपालिकाकाे वडा नम्बर -३ का अध्यक्ष चित्रबहादुर थापाका अनुसार “गरिबको घर वडाको भर” अभियान अन्तर्गत गत आर्थिक वर्षदेखि २०७६/०७७ देखी घर निर्माण अभियान निरन्तर संचालन गरिएको बताउँदै हाल सम्म बाह्र वटा आवासीय घर निर्माण गरेर नागरिकलाई हस्तान्तरण गरिएको बताउँनुभयो । उहाँले वार्षिक रुपमा दुईवटा विपन्नको घर निर्माण गर्ने योजना अनुरुप चार लाख रुपैयाँ विनियोजन गरिएको र आर्थिक २०७६ देखि ०७९ सम्म वडाअध्यक्ष प्रेम प्रसाद पाण्डेको कार्यकालमा ६ वटा र २०७९ को स्थानीयतहकाे निर्वाचन सम्पन्न पश्चात् तीन वर्षकाे अवधिमा ६ वटा गरि कुल १२ वटा घर बनाइ विपन्न परिवारलाई हस्तान्तरण गरि सकिएको बताउँनुभयाे । तिनाउ गाउँपालिका ३ नम्बर वडा कार्यालयबाटप्रति घर दुई लाख नगद,जनप्रतिनिधि र स्थानीयको श्रमदानमा दुई कोठे आवासीय घर निर्माण गरि हस्तान्तरण गरिएको वडा सदस्य टंकनाथ बस्यालले कुराकानीमा जानकारी दिनुभयो ।

आर्थिक रुपमा कमजोर, घरविहीन तथा जोखिमपूर्ण घरमा बस्दै आएका अति गरिव तथा विपन्न परिवारलाई सुरक्षित बस्न योग्य आवास उपलब्ध गराउने उद्धेश्यले वडा कार्यालयले यो “घरवास” अभियान सञ्चालन गरेको हो। घर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष चित्रबहादुर थापा, गाउँ कार्यपालिका सदस्य पम्फा थापा मगर,वडा सदस्य टंकनाथ बस्याल, किसान विश्वकर्मा तथा वडा कार्यालयका सचिव तिलक जिसि सहित स्थानीयको सहभागीता रहेको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *