नवराज ज्ञवाली पाल्पा, त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फर्म रिब्दीकाेट गाउँपालिका-७ बाँसटारी, मैनादीका प्राेपाइटर जनक आचार्यले शिक्षण पेसासंगै विगत दस वर्षदेखि कृषि पेसामा कर्म गर्दै आउँनुभएकाे छ । उहाँले १३५ रोपनी जग्गामा सुन्तला एवं अकबरे खुर्सानीकाे व्यवसायीक खेतीकाे गर्दै आउँनुभएकाे छ । पेसाले शिक्षक रहनु भएका उहाँ प्रभात माध्यमिक विद्यालयमा प्रधानाध्यापककाे जिम्मेवारी समेत निर्वाह गर्दै आउँनुभएकाे छ । विद्यालयकाे शिक्षणसंगै उहाँले स्वदेशमा अवसर छैन भन्नेहरू धेरै छन् । तर राेजगारी छैन भन्नेहरूका लागि उहाँले कुराकानीमा भन्नुहुन्छ “राेजगारी आफ्नो आफै सिर्जना गर्ने हाे।” राेजगारी त काेही कसैले दिने पक्कै हाेइन” । राेजगारीका नाममा स्वदेशका युवाहरू विदेश पलायन भएर राेजगरी सिर्जना हुने हाेइन बरू विदेशकाे सीपलाई यहीँ स्वदेशमा प्रयाेग गरेर राेजगारी सिर्जना हुने उहाँले भन्नुहुन्छ।
कुराकानीमा आचार्यले भन्नुभयो, “युवाहरू स्वदेश बसेर केही गर्ने चाहाना राख्दैनन् अनि कहाँबाट राेजगारीकाे सिर्जना हुन्छ ?” राेजगारीका नाममा विदेश जानका लागि खर्चिने रकमले आफ्नै स्वदेशकाे यहीँ माटोमा रकम खर्चिएर लगानी गर्ने हाे भने वा कुनै पेसा व्यवसाय कृषि उद्यममा लगानी गरेर युवाहरूले आफ्नो माटोमा स्वराेजगार बन्न सकिन्छ उहाँले कुराकानीमा बताउनुभयो। “केवल सरकारले केही गरेन भनेर विदेश पलायन भएर मात्र समस्या हल हुने हाेर ? यहीँ केही व्यवसाय कुनै पनि पेसा कर्म गरे स्वराेजगार बन्न सकिन्छ।सरकारले केवल वातावरण मिलाइ दिने मात्र हाे, गर्ने त आफैंले हाे” उहाँ भन्नुहुन्छ ।
“अहिले युवाहरूकाे विदेशीने माेह निक्कै बढ्दाे छ, गाउँ घर रित्तो हुदै छ । याे क्रम राेकिएन भने भाेलीका दिनमा भयावह स्थिति पनि आउन सक्छ । गाउँमा केही पनि हुदैन दु:ख विमार पर्दा समेत सहयोग पाउन कठिन हुने अवस्था बढ्दो छ।” आचार्यले कुराकानीमा भन्नुभयो । सरकारले यसलाई बेलैमा साेच्न जरुरी छ, मैले त यहाँ केही हुँदैन अवसर छैन भन्नेहरूका लागि गरे के हुँदैन ?भन्नेलाई उदाहरण दिन सकिन्छ कि भनेर यस कृषि कर्म गर्न व्यवसायीक कृषि फर्म मार्फत सुन्तला, अकबरे खुर्सानी, बेसार, अदुवा, धानबाली लगायतकाे खेती गर्दै आएको उहाँ बताउँनुहुन्छ । आफूले गरिरहेकाे कृषि कर्मबाट नयाँ पुस्ताले पनि केही सिकाे गर्छन् कि भनेर आफूले कृषिमा सक्रिय भएको आचार्य बताउँनुहुन्छ ।
“मैले कृषि खेती नगरे पनि पुग्थ्यो, आफ्नो स्थायी जागिर छदैछ तर पनि म अहिले कृषि कर्ममा नै छु। मैले गरेको कृषि खेतीबाट गरे स्वदेशमा पनि अवसर छ,भन्ने सन्देश दिनका लागि मैले याे खेती गरेको हुँ “उहाँले भन्नुभयाे । केही छैन भन्ने युवाहरूका लागि याे मेरो कृषि कर्मले प्रेरणा मिल्छ कि उहाँ भन्नुहुन्छ । यहीँ साेँचले गर्दानै उहाँले व्यवसायिक खेती गर्नलाई याे त्रिपुट बहुउद्देश्यीय कृषि तथा पशु फर्म दर्ता गरेर कृषि व्यवसाय उद्यमका लागि कृषि कर्म गरिरहेकाे बताउँनुहुँन्छ ।
पेसाले सरकारी शिक्षक समेत रहनुभएकाे उहाँ शिक्षण पेसासंगै गरिरहनुभएकाे कृषि कर्मले नयाँ पुस्तालाई आफ्नो माटोमा केही गर्नुपर्छ,भन्ने प्रेरित गरेको छ र सन्देश दिएको छ । यहीँ केही गर्छु भन्नेका लागि प्रेरणा दिएको छ। उहाँले गरेको सुन्तला,अकबरे र कृषि खेतीकाे कर्मले युवाका लागि अवसरमा विदेश गएर हाेइन यही आफ्नै स्वदेश र जन्मभूमिकाे माटोमा केही गरेर खाेज्नुपर्छ भन्ने प्रेरणा शिक्षक आचार्यले गर्नुभएको कृषि कर्मले दिएको छ । आचार्यले आफ्नो ४५ राेपनी जग्गामा १ हजार बढी सुन्तला खेती गरिएकोमा अहिले ४२८ बाेट सुन्तलाले आम्दानी दिएको छ भने २५० बाेट सुन्तला हुर्किदै छन् । केही पुराना बाेटहरू पनि रहेका छन् ।
यसका साथै १३५ राेपनी जग्गा लिजमा लिएको बताउँदै टारी खेतमा धान खेती गरेको छु, टारी खेतमा लगाएको धानबालीले ४० मुरी बढी धान उब्जाएको समेत उहाँले बताउँनुभयाे । त्यस्तै अरू जग्गामा अदुवा र बेसार सहित अन्य कृषि उद्यममा तरकारी समेत खेती लगाएको उहाँ बताउँनुहुन्छ। अहिले उहाँको घरबारी सहित अन्य वारी गरि करिब १००० बोट सुन्तला रहेकोमा ४२८ बाेटले फल दिइरहेका छन् ,भने केही बाेट फल दिने क्रममा छन् उहाँ भन्नुहुन्छ । यसवर्ष सुन्तलाले १७ टन उत्पादन दिएको बताउँदै सुन्तलाकाे बिक्रीबाट १८ लाख रूपैयाँ, अघिल्लो वर्ष अकबरे खुर्सानीकाे उत्पादनबाट अकबरे खुर्सानी बिक्रीबाट ८ लाख रूपैयाँ रहेको बताउँनुभयाे । साथै उत्पादन भएको सुन्तला र अकबरे खुर्सानीकाे बिक्रीबाट २५ लाख रूपैयाँकाे आम्दानी रहेको बताउँनुभयाे ।
आचार्यले त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फर्ममा ३ जना स्थायी रूपमा र केहीलाई ज्यालादारी गरि वार्षिक ३५ देखि ४० जना सम्मलाई राेजगारी समेत दिनुभएको छ। पेशाले शिक्षक रहनुभएका उहाँ घर नजिकैको प्रभात माध्यमिक विद्यालयमा प्रधानाध्यापककाे जिम्मेवारी संगै शिक्षण कार्यमा हुनुहुन्छ । रिब्दीकाेट गाउँपालिका-७ बाँसटारी, मैनादीका जनक आचार्यले गाउँमै बसेर व्यवसायिक कृषि खेतीकाे कर्म विगत दस वर्षदेखि सुन्तला खेत गर्दै आएको र चार वर्ष अघि देखि अकबरे खुर्सानी खेती गरिरहेको बताउँनुभयाे। अध्यापनकाे अलावा आचार्यले आफ्नो मुख्य समय कृषि कर्ममा दिने गरेकाे बताउँनुहुन्छ ।
इ-उत्तरदायित्व डटकमसंग कुराकानी गर्दै उहाँ भन्नुहुन्छ,”कृषि उद्यम कर्ममा लागेको पनि पन्ध्र वर्ष बढी भएछ ।” आचार्यले विद्यालयकाे समय पछि बाँकी समय आफ्नै सुन्तला बगैंचामा बताउनुभयो ।सुन्तला उत्पादनका लागि रिब्दीकाेट उपयुक्त ठाउँ हो । त्यसैले त आचार्यकाे बगैंचामा सुन्तलाकाे राम्रो उत्पादन हुने गरेको छ । आचार्यले यसपटक मात्रै १७ लाख बढी बिक्री र (२७ टन)को सुन्तला उत्पादन भएको बताउँनुभयाे । उहाँले २९ रोपनीमा एक हजार बाेट सुन्तला लगाउँनुभएकाे छ। अहिले १०० बोट मध्ये ४२८ बाेटले उत्पादन दिइरहेकाे अन्य बाेटले उत्पादन दिने क्रममा छन्। सुन्तला पाल्पा सहित बुटवल, कपिलवस्तु, पाेखरा, नारायणघाट हुँदै काठमाडौंसम्म बिक्री हुने गरेको छ उहाँले बताउनुभयो। यसपटक उत्पादन र भाउ दुवै राम्रो भएको आचार्यले बताउँनुभयाे । घरबाटै होलसेलमा ६० देखि १२५ रुपैयाँ प्रति किलोमा सुन्तला बिक्री गरेको आचार्यले बताउँनुभयाे ।
आचार्य गाउँका युवाहरुका लागि प्रेरणाकाे स्रोत बन्नुभएकाे छ । उहाँको कर्म देखेर गाउँका अरुले पनि सुन्तला खेती गर्न थालेका छन् । उहाँको सुन्तला बगैंचा जिल्लामै व्यवस्थित र उत्कृष्ट मध्येमा पर्दछ । उहाँले सुन्तलासँगै अकबरे खुर्सानी, अदुवा, बेसार, धान लगायत अन्य खेती पनि गरिरहनुभएको छ ।