त्रिभुवन शिक्षण हस्पिटलका वरिष्ठ डा.माेहन भुषाल पाल्पामा

पाल्पा, तानसेन नगरपालिका-४ सिलखानटाेलमा रहेको सन्चो हेल्थ केयर प्रालिमा यही माघ १२ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौबाट अध्ययन तथा अनुभब प्राप्त बरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यानकृयाज रोग बिशेषज्ञ डा.मोहन भुसाल (DM Gastroenterology & Hepatology; TUTH, IOM) आउनुहुने भएको छ। सन्चो हेल्थ केयर प्रा.लि.तानसेन -४ सिलखानटाेल, पाल्पामा माघ १२ गते एक दिनकाे लागि आउनुहुनेछ ।

पेट,आन्द्रा,कलेजो तथा प्यानकृयाज सम्बन्धि कुनै पनि समस्या भएका बिरामीहरूले नाम दर्ता गर्न सम्पर्क गर्न सक्नुहुनेछ।पेट सम्वन्धि कुनै पनि समस्या रहनुभएका बिरामीहरूका लागि याे अबसर हुने सन्चाे हेल्थ केयर प्रालिका सञ्चालक मदन भण्डारीले बताउँनुभयाे । उहाँले यी समस्याहरूकाे उपचार तथा परामर्श सेवा लिन र लाभलिनका लागि अनुरोध समेत गर्नुभयो । उहाँले खानु मन नलाग्ने; खाना निल्दा गारो हुने; वाक-वाकी लाग्ने; बान्ता हुने; भोक नलाग्ने; थकाइ लाग्ने; वजन घट्ने दुब्लाउने; मुखमा अमिलो पानि आउने; पेट, छाती तथा मुटु पोल्ने दुख्ने; पेटमा पानि जम्मा हुने; पेट फुल्ने; खुट्टा हरु सुन्निने; पेट भित्र गानो-गोला (ग्यास भरिएको) भएको महसुस हुने; खाना नपच्ने; कब्जियत तथा पातलो दिसा हुने; दैनिक दिसा नहुने; दिसा मा रगत जाने; रगत बान्ता हुने; शरीरमा रगतको कमि हुने; गाढा पहेलो पिसाब आउने; छाला तथा आँखा पहेलो (जन्डिस) देखिने; पेट तथा आन्द्रामा घाउ/अल्सर हुने; कलेजो फुल्लिने/ सुन्निने; कलेजो वरि-परि बोसो (Fatty Liver) जम्मा हुने; कलेजोमा कडापन (Liver Cirrhosis) हुने; शरीर चिलाउने ; भाइरस को संक्रमण (Hepatitis A, B, C, D, E); मदिरा सेवन कारणले हुने कलेजोमा वरि-परि बोसो जम्मा हुने(Alcoholic Fatty Liver Disease) ; मदिरा नपिउनेमा मोटोपनको कारणले कलेजोमा वरि-परि जम्मा हुने बाेसाे (Non-Alcoholic Fatty Liver Disease) ; पेट,आन्द्रा, प्याङ्क्रियाज तथा कलेजोको क्यान्सर; Gastroesophageal Reflux Disease (GERD), Esophageal Varices, Barrett’s Esophagus, Stricture, Celiac Disease, Ulcerative Colitis/Crohn’s Disease, Diverticulosis लगायत पेट,आन्द्रा तथा कलेजो सम्बन्धि कुनै पनि समस्या भएका बिरामीहरूले सम्पर्क गर्न सक्नुहुनेछ भण्डारीले भन्नुभयो ।

उहाँले ओ.पी.डि. नाम दर्ता, इन्डोस्कोपी, इन्डोस्कोपीक तथा कोलोनोस्कोपीक बायोप्सी, भेरिसियल ब्यानडिङ्, पोलिपेक्टोमी लगायत का सेवाहरुको लागि अग्रिम नाम दर्ता गर्नुहुन समेत अनुरोध गर्नुभयो । सम्पर्क: सन्चो हेल्थ केयर प्रा लि तान्सेन-४ पाल्पा, माथिल्लो पेट्रोल माथी मोहन कन्यास्कुल तल सिलखानटाेल, पाल्पा सम्पर्क नम्बर : 075-522613 / 9867023587

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *