प्रदेश संवाददाता बुटवल, रुपन्देही, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा पाँच जिल्लामा सञ्चालनमा रहेका सहकारीहरुका लागि धितो मूल्यांकन तथा प्रविधि प्रशिक्षण तालिम सम्पन्न भएको छ ।नेफ्स्कून केन्द्रीय सञ्चालक एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य ज्ञानु पौड्यालको अध्यक्षतामा भएको धितो मूल्यांकन प्रविधि प्रशिक्षण तालिममा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र अर्घाखाची जिल्लाका बचत तथा ऋण सहकारी संस्थाबाट चालिस जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक एवं इञ्जिनियर जिवन अर्यालले गर्नुभएको थियो ।
नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको प्रमुख आम्दानीको स्रोत नै ऋण सेवा भएकोले पनि संस्थाले सदस्यहरुलाई ऋण लगानी गर्दा सुरक्षित लगानीलाई ध्यान दिनुपर्ने बताउँनुभयो । सदस्यलाई ऋण लगानी गर्दा ठूलो लगानी एकसाथ गर्नु,ऋण उपसमितिबाट निर्णय नगराई लगानी गर्नु,ऋण नीति अनुरुप सम्बद्ध प्रक्रियालाई पुरा नगरी ऋणकाे लगानी गर्नुले सुरक्षित लगानी हुन नसकेको बताउँनुहुँदै धितोकाे बारेमा राम्रोसंग जानकार भइ लगानीकाे विषयमा सहभागीको ध्यानाकर्षण गराउँनुभएको थियो । उहाँले संस्थाले ऋण लगानी प्रक्रियामा भएको असावधानीका कारणले लगानी भएको ऋण सुरक्षित हुन नसकेको भन्दै दिनुहुँ ऋणको जाेखिम बढ्दो छ।
त्यसैले यस्ता तालिमबाट ऋण लगानी सम्बन्धी विषयहरुमा आधारभूत सीप तथा ज्ञान आर्जन गरेर सुरक्षित लगानी गर्नलाई समेत अनुरोध गर्नुभयो । कार्यक्रमकाे व्यवस्थापन कार्यालयका कर्मचारीहरु नेत्रप्रसाद सापकोटा,कल्पना भण्डारी र प्रकाश लुहारले गर्नुभएको थियो । तालिममा सहभागीहरुले तालिम अत्यन्त उत्कृष्ट,समय सान्दर्भिक भएकोले व्यवहारिक ज्ञानमा आधारित रहेको बताउँदै तालिम पश्चात सिकेका कुराले साकोसबाट अवका दिनहरूमा गरिने ऋण लगानीका सम्पूर्ण प्रक्रिया पुरा गरेर मात्र लगानी गरिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रम रूपन्देही सदस्य सेवा कार्यालयका इन्चार्ज पवनजंग मल्लकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

