नगर प्रमुख श्रेष्ठद्वारा साप्ताहिक बजारकाे शुभारम्भ

पाल्पा, तानसेन नगरपालिका -४, मखनटाेलमा शुक्रबार लाग्ने साप्ताहिक बजारकाे नगर प्रमुख सन्तोष लाल श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । मखनटाेलस्थित तेर्साे सडकमा साप्ताहिक रूपमा प्रत्येक शुक्रबार लाग्ने साप्ताहिक बजारकाे शुभारम्भ गर्नुहुँदै तानसेन नगरपालिका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ र युनाेस्पका कन्ट्रि म्यानेजर कमल कार्कीले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हाे ।

ऐतिहासिक एवं साँस्कृतिक शहरकाे रूपमा रहेको तानसेनको मखनटोलमा साप्ताहिक रूपमा लाग्ने बजारकाे शुभारम्भ भएसँगै स्थानीय अर्थतन्त्र र व्यापारमा नयाँ उत्साह थप्ने र तानसेन सांस्कृतिक सम्पदा एवं मनोरम प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको बताउँनुभयाे । यो महोत्सवले स्थानीय उत्पादन र परम्परालाई उजागर गर्दै थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको तानसेन वडा नं. ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले बताउँनुभयो । महोत्सवले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने मात्र होइन,समाजमा आपसी सहकार्य र मेलमिलापको भावना पनि प्रवर्द्धन गर्नेछ। हरेक शुक्रबार जमघट हुने यो महोत्सवले ताजा उत्पादन, सांस्कृतिक प्रस्तुतिहरू र सामाजिक संवादको थलो उपलब्ध गराउने वडा अध्यक्ष शाक्यले बताउँनुभयो । महिला नेतृत्वकाे बजार, संयुक्त अर्थतन्त्रकाे आधार भन्ने मूल नाराका साथ वडा नं. ४ संग मिलेर मखनटाेल टाेल विकास संस्थाकाे आयाेजनामा हुने साप्ताहिक बजारका लागि युनाेस्प (सिट फर वाेमेन) सहयोग रहनेछ ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका नगर प्रमुख श्रेष्ठले सडक महोत्सवले तानसेनको आर्थिक विकास सामाजिक एवं सांस्कृतिक विकासमा ठूलो भूमिका निर्वाह गर्नेमा आफुले विश्वास लिएको बताउँनुभयाे । नगर प्रमुख श्रेष्ठले विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यो कार्यक्रमले तानसेन नगरलाई आत्मनिर्भर तथा सशक्त बनाउने दिशामा प्रेरणा दिने अपेक्षा नगरपालिकाले राखेको उहाँले बताउँनुभयो । महोत्सवले केवल स्थानीय उत्पादन तथा व्यवसायलाई प्रोत्साहन मात्र नगरि हाम्रो संस्कृतिलाई पनि संरक्षण गर्ने महत्वपूर्ण कार्य गर्ने बताउँनुभयो ।महिलाहरूकाे नेतृत्वमा हुने साप्ताहिक बजारले समाजलाई समेत उदाहरण प्रस्तुत गर्नुकाे बताउँदै नगर प्रमुख श्रेष्ठले समग्र आत्मनिर्भरता एवं सिर्जनशीलताकाे विकास हुने बताउँनुभयो । बजारले स्थानीय महिला उद्यमी र साना व्यवसायीलाई आफ्नो उत्पादन विक्री गर्न सहयोग पुर्‍याउने छ। साथै यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्धत पुर्‍याउने र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँनुभयो ।

कार्यक्रममा नगरपालिका उप-प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले साप्ताहिक रूपमा लाग्ने बजारले तानसेनकाे व्यापारिक केन्द्र र सांस्कृतिक विकासलाई नयाँ उचाईमा पुर्‍याउने बताउँनुभयो । उहाँले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा यो एउटा महत्वपूर्ण कोशेढुंगा हुने बताउँनुभयो । विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यस कार्यक्रमले नगरलाई आत्मनिर्भर एवं सशक्त बनाउने दिशामा प्रेरणा दिएको समेत नगर उप प्रमुख सिङ्जालीले बताउँनुभएको छ । नगरपालिकाको तर्फबाट यस महोत्सवलाई अझ व्यापक एवं प्रभावकारी बनाउनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।स्थानीय ज्ञान माया शाक्यले साप्ताहिक बजारले तानसेनकाे कला सस्कृति संरक्षण र प्रवर्द्वनमा टेवा पुग्ने बताउँनुभयो ।सडक महोत्सवले स्थानीय उत्पादन विक्री गर्नलाई र स्थानीय महिलाहरूकाे आयआर्जनमा समेत वृद्धि गर्न टेवा पुर्‍याउने सिंजालीले बताउँनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, नगरपालिकाका प्रवक्ता यादब सिंह कार्की, वडा न ३ का वडा अध्यक्ष बाबूरत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्तराज शाक्य, वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनी, वडा न १४ का वडा अध्यक्ष शाेभाकर भट्टराई लगाएतकाे उपस्थिति रहेको थियाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *