नवराज ज्ञवाली पाल्पा, आरूङ्गखाेला, मध्यबिन्दु-१०, नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर गण्डकी प्रदेशमा केन्द्रीय कार्यालय रहेको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सत्ताईसाैँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशकाे ग्रामीण क्षेत्रमा सेवा केन्द्र मार्फत काराेजार गर्दै आएको नवप्रतिभा साकाेसले पाल्पाको बाँसटारी र रूपन्देहीकाे बुटवल सेवा केन्द्रकाे इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरेको हाे। नवप्रतिभा साकाेसले बचत तथा ऋणकाे कारोबारसंगै सदस्य केन्द्रीत रहेर कृषि उत्पादन, ग्रामीण पर्यटन प्रवर्द्धन, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य, उत्पादित बस्तुकाे बजारीकरण गर्नलाई सदस्यहरूकाे आत्मनिर्भर बनाउनका लागि सीप विकास जस्तामहत्त्वपूर्ण तालिमहरू सञ्चालन गर्दै आएको छ ।
गरिबी न्यूनीकरण र समाजवादकाे लागि विश्वकै उत्कृष्ट माेडेल सहकारी भएतापनि सहकारीहरूले आफ्नो नीति कार्यक्रममा यसको प्रवर्द्धन र संवर्द्धनमा मुख्य भूमिका निर्वाह गर्न सक्नुपर्ने भन्दै नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाकाे सत्ताईसाैँ वार्षिक साधारणसभामा सहकारीको वार्षिक नीति कार्यक्रम तथा प्रगति प्रतिवेदनलाई प्रस्तुत गर्नुहुँदै संस्था अध्यक्ष माेहन सिंह बाकाबलले बताउँनुभएकाे हाे। उहाँले संस्थाकाे सत्ताईसाैँ वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीबाट समुदायमा रहेको स-सानो पूँजीलाई एकीकृत गरि सदस्य मार्फत संकलित पूँजीकाे परिचालन गरि समृद्ध समाज निर्माणका लागि सदस्यहरूकाे आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्दै सीप परिचालन, व्यवसायिक प्रवर्द्धन र स्वराेजगार सृजना गर्दै “स्वालम्बी र समृद्ध समाजकाे निर्माण” गर्ने उद्धेश्य अनुरूप विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँनुहुदै उहाँले विभिन्न आराेह-अवराेहकाे सामना गर्दै वर्तमान अवस्थामा आएको बताउँनुभयाे । उहाँले संस्थाकाे वार्षिक साधारणसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सत्ताईस वर्षको अवधिमा थुप्रैनै संघर्ष र चुनाैतीका बीच सफलता हासिल गरेको बताउँनुभयो ।नवप्रतिभा बचत तथा ऋण सहकारीले आफ्नो गतिविधिहरूमा उत्कृष्टता प्राप्त गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान,पुरस्कारहरूबाट सम्मानित हुने अवसर प्राप्त गरेको सन्दर्भलाई बताउँदै राष्ट्रिय सहकारी महासंघ ललितपुरबाट गण्डकी प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, नेफ्स्कुनबाट सर्वाेत्कृष्ट सहकारी संस्थाकाे सम्मानित, आन्तरिक राजश्व कार्यालय कावासाेतीबाट समेत सम्मान भएको संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले बताउँनुभयाे । उहाँले वार्षिक साधारणसभा समक्ष प्रस्तुत नीति तथा कार्यक्रममा सहकारीबाट भएको असल अभ्यास बारेमा जानकारी दिदै आर्थिक संकटले सिंङ्गाे राष्ट्रकाे अर्थतन्त्र तरङ्गित बनेको वर्तमान अवस्थामा सहकारीहरू शहर केन्द्रीत हुँदा आफ्नो सहकारी संस्था ग्रामीण तथा शहरउन्मुख क्षेत्रमा पुगेको बताउँदै ग्रामीणस्तरमा सदस्य केन्द्रीत भएर काम गरिरहेको समेत बताउँनुभयाे ।
संस्थाकाे सत्ताईसाैँ वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले सहकारीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सूचना प्रविधि, ग्रामीण पर्यटन, विपन्नसंग नवप्रतिभा, सुनाैलाे विहानी, पढ्दै कमाउदै, कमाउदै पढ्दै, कृषि, पशुपालन प्रवर्द्धन, सदस्य शिक्षा, प्रविधि शिक्षा तथा व्यवसायी शिक्षा र सामाजिक कार्य अन्तर्गत शुन्य कार्वन, शुन्य गरिबी एवं शुन्य प्रदुषणका लागि स्थानीय समुदायसंग सहकार्य र विद्यालयमा जिराे क्लब गठन गरि काम गर्दै आएको समेत बताउँनुभयाे । प्रमुख कार्यकारी निर्देशक काफ्लेले नेपाल सरकार युवा स्वराेजगार काेषसंगकाे सहकार्यमा सहुलियत दरमा कृषि तथा पशुपालन क्षेत्रमा कर्जा लगानी गरेको बताउँदै सहकारीले सामाजिक कार्यमा दुई कराेड रूपैयाँ वरावर वार्षिक सामाजिक याेगदान गरेको सहकारी संस्थाका प्रमुख कार्यकनरी निर्देशक काफ्लेले बताउँनुभयाे । सहकारी संस्था सचिव जाेगमाया महताेले तयार गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनलाई सह-सचिव हाेमनाथ पाेखरेलले सत्ताईसाैँ वार्षिक साधारणसभामा प्रस्तुत गर्दै संस्थाले प्राप्त गरेको प्रगति एवं हासिल उपलब्धिलाई सभामा प्रस्तुत गर्नुहुदै उहाँले अहिले राष्ट्रव्यापीरूपमा देखिएको आर्थिक मन्दीले समग्र सहकारीक्षेत्रमा पुर्याएकाेले असरले सहकारीकाे गतिविधिमा समस्या परेको बताउँनुभयाे । उहाँले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अहिले व्यापार, व्यवसाय उद्योगक्षेत्रमा देखिएको सङ्कुचन र स्वदेशकाे अवसर भन्दा अन्य राेजगारीकाे नाममा अन्य राष्ट्रप्रति देखिएको युवाहरूकाे वैदेशिक राेजगारकाे माेह र आकर्षक बढ्नुले पनि ढुक्कसँग लगानीकाे अवस्था नरहेको सह-सचिव पाेखरेलले बताउँनुभयाे । उहाँले आयात निर्यातमा समेत असन्तुलन रहेको र लगानीका क्षेत्रहरूमा समेत सङ्कुचन ब्याजदरमाअस्वाभाविक उतारचढावकाे आउनुले सहकारीमा प्रत्यक्ष देखिएको समस्या रहेको बताउँदै वार्षिक प्रगति प्रतिवेदन एवं आगामी आर्थिक वर्षका प्रस्तावित नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै हामीले गत वर्षको वार्षिक साधारण सभाले पारित गरेका नीति कार्यक्रमहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्न नसकिएकोले गत वर्षमा पारित भएका नीति कार्यक्रमलाई चालू आर्थिक वर्षमा पूर्ण निरन्तरता दिई अघि बढ्ने संस्थाकाे वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै बताउँनुभयाे । संस्थाकाे वार्षिक साधारणसभामा उहाँले सदस्यहरूकाे साथ, सहयोग एवं सक्रियताका कारण पनि सहकारी संस्थाबाट भएका गतिविधिहरू परिस्थितिकाे प्रभावलाई चिर्दै महत्त्वपूर्ण र सन्तोषजनक उपलब्धि हासिल गर्न सफल भएकाे र आन्तरिक स्राेत बृद्धि गर्दै नेपाल सरकारकाे सहुलियत कर्जा बाहेक कुनै पनि बाह्य कर्जा नरहेको जानकारी गराउँनुभयाे । उहाँले संस्थाकाे दिगोपना एवं सक्षमता विकासका लागि निर्दिष्ट ऐन नियम,नियमावली,नियमन निकायका बेलाबखतमा प्राप्त हुने नीति निर्देशन,परिपत्र,संस्थाकाे विनियम निति र कार्यविधि तथा सदस्यहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई लिएको वार्षिक साधारणसभामा जानकारी गराउँनुभयाे । संस्थामा आवद्ध शेयर सदस्यलाई सहकारीले हरेक सुखदुःखमा प्रत्येक्ष साथ सहयोग सहभागीता जनाउँदै आएको र संस्थाकाे मजुदा जनशक्तिको क्षमता अभिवृद्धि विकासका लागि तालिम, भ्रमण गाेष्ठी लगायत कार्यक्रममा सहभागी गराउँदै समय सापेक्ष सेवा सुविधा प्रदान गर्दै आएकाे समेत बताउँनुभयाे।
त्यस्तै वार्षिक साधारणसभामा संस्थाका काेषाध्यक्ष काैशिला सापकोटाले तयार गर्नुभएको आर्थिक प्रतिवेदन काेषाध्यक्षकाे अनुमतिमा संस्थाका सञ्चालन समिति सदस्य लेखनाथ भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकाे वित्तीय सक्षमता विकास गर्नलाई सदस्यहरूकाे आर्थिक एवं सामाजिक र साँस्कृतिक रूपान्तरण जरुरी रहेको बताउँदै प्रस्तुत कार्यक्रममा नीति विधि र प्रविधिमाजाेड दिदै आफ्नो गतिविधिहरूमा उचित व्यवस्थापन र आर्थिक क्रियाकलापलाई चुस्तदुरुस्त, मितव्ययी, पारदर्शी र सुरक्षित तथा उचित पूँजीकाे परिचालन गरि व्यवस्थित बनाइराख्न सहकारीलेकाम गरेको बताउँनुभयाे । उहाँले संस्थाकाे उपलब्धि प्राप्त गर्नकालागि सेवा सुविधालाई समय सापेक्ष परिमार्जन गर्दै सदस्यकाे उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन, स्वराेजगार बन्न प्रेरित गर्ने,विभिन्न निकायहरूसंग सहकार्य र साझेदारीमा गतिविधिहरूकाे सञ्चालन गर्ने प्रविधियुक्त सेवा प्रदान गर्ने र सदस्य केन्द्रीत रहीकाराेवार गरिरहेको बताउँदै आर्थिक वर्षकाे लागि वार्षिक नीति तथा बजेट प्रस्ताव सहित ३ अरब ८४ कराेड ६७ लाख ६६ हजार ३२१ रूपैयाँकाे आयव्यय प्रस्तुत गर्नुभएको थियोे ।
वार्षिक साधारणसभा कार्यक्रममा संस्थाकाे लेखा सुपरिवेक्षण समितिकाे तर्फबाट लेखा संयाेजक विजय प्रसाद पाठकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुहुदै लेखा सुपरिवेक्षण समितिद्वारा नियमित रूपमा संस्थाका कार्यालय तथा सेवा केन्द्रहरूकाे स्थलगत रूपमा अनुगमन निरिक्षण गरि गतिविधिमा देखिएका सबल पक्ष तथा सुधार गर्नुपर्ने कार्यलाई लेखा समितिकाे तर्फबाट त्रैमासिकरूपमा सञ्चालक समितिलाई सुझाव प्रस्तुत गर्ने गरिएको कुरा साधारणसभामा जानकारी गराउँनुभयाे । संयाेजक पाठकले संस्थाले प्राप्त गरेका उपलब्धिहरूकाे समीक्षागत टिप्पणीले एवं लेखाले दिएको सुझावलाई कार्यान्वयन गरेको र समयसापेक्ष आफ्ना नीति तथा कार्यविधिहरू संसाेधन गरि कार्यान्वयन गर्दै आएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बुटवल उपमहानगरपालिका उप-प्रमुख सावित्रा देवी अर्यालले शुभकामना मन्तब्य दिनुहुदै सहकारी संस्थाले महिलाहरूकाे आत्मनिर्भर बनाउने नीति तथाकार्यक्रम प्रस्तुत गरेको बताउँदै सहकारीकाे गतिविधिमा आफूले स्थानीय सरकारबाट गर्ने कार्यक्रम यश सहकारीलेमा प्रसंसा गर्दै लाेक कल्याणकारी काम र सरकारकाे समाजवाद उन्मुख लक्ष्य अनुसारको नागरिककाे जीवनस्तर सुधारका लागि प्रभावकारी एवं प्रविधियुक्त वित्तीय सेवा र उत्पादन केन्द्रीत रहेको बताउँदै संस्था अब्बल रहेको हरेक गतिविधि निर्देशन अनुसारको नीति नियममा रहेको पाइएकोले पनि यसमा जाेडिनुभएका सदस्यलेबचत गर्नुभएको रकम सुरक्षित रहेको आफुले संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गरि समयमै फिर्ता गर्ने परिपाटी विकास हुनेहाे भने जाेखिम नरहने समेत उहाँले बताउँनुभयाे ।
कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका प्रवक्ता शिव राना, वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, बलु पुन, बिष्णु ढकाल, राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासे, उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई र अतिथि बिष्णु पाण्डे, संगीता धिताल, लेखनाथ भण्डारी, राजु लिगल, कृष्ण चाैहान, दया बहादुर सिलवाल, कृष्णबहादुर चाैधरीले आ-आफ्नोधारणा सहितको मन्तब्य राख्नुहुदै शुभकामना दिनुभएको थियोे । सहकारी संस्थाले सत्ताईसाैँ वार्षिक साधारणसभामा बाँसटारी सेवा केन्द्र र बुटवल सेवा केन्द्रका विद्यार्थी,एकल महिला तथा उत्कृष्ट बचतकर्ता सम्मान गरेको छ। बाँसटरी सेवा केन्द्रबाट उद्धव नेपाली, पुनम थापा, कल्पना सार्की र सुस्मिता रानालाई विद्यार्थीकाे सम्मान गरेको हाे । त्यस्तै संस्थाकाे उत्कृष्ट बचतकर्तालाेक बहादुर भण्डारी र संस्थाकाे पूँजी बृद्धिमा याेगदान गरेकोभन्दै चाेलाकान्त अर्याललाई सम्मान गरिएको सेवा केन्द्र प्रमुख सपना केसीले बताउँनुभयाे।
त्यसै गरि बुटवल सेवा केन्द्रबाट विद्यार्थीमा सिसन राना, सलिन आले रिजल थापा सम्मानित हुनुभएको छ। उत्कृष्ट व्यवसायमा हरिमाया श्रीष, उत्कृष्ट बचतकर्ता प्रतिक्षा गैरे सम्मानित हुनु भएको बुटवल सेवा केन्द्र सहायक प्रमुख माया पाण्डेले बताउँनुभयाे । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २७औँवार्षिक साधारणसभाकाे संस्थाका अध्यक्ष माेहनसिंह थापा बाकाबलकाे अध्यक्षता र बुटवल सेवा केन्द्र संयाेजक शिव राज पाेखरेलकाे स्वागत तथा बिमला पाठककाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।