पाल्पा, निस्दी गाउँपालिकाे आर्थिक एवं प्राविधिक सहयोगमा निस्दी गाउँपालिका वडा कार्यालय बाकामलाङ्गको आयोजना वडास्तरीय मिनि बाल मेला कार्यक्रम सम्पन्न भएको छ ।निस्दी गाउँपालिकाले गाउँपालिकाकाे विद्यालयस्तरमा अध्ययन गरिरहेका बालबालिकाकाे सिर्जनात्मक क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटन गर्नका लागि यस्ता गतिविधिमा संलग्न गराई उनीहरूकाे क्षमतालाई बाहिर ल्याउने उदेश्यले आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउँनुभयाे । उहाँले बालबालिकाे सिर्जनात्मक क्षमता प्रतिकाेसम्मान गर्दै “वडास्तरीय मिनि बाल मेला कार्यक्रम” काे आयोजना गरिएको बताउँदै सम्भवतः यस किसिमकाे कार्यक्रम जिल्लामा पहिलो भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत अर्यालले यीगतिविधिले बालबालिकाकाे शिक्षण सिकाईमा समेत महत्त्वपूर्ण याेगदान दिने र समुदायमा समेत एउटा नमुना सन्देश दिनेभएको हुँदा बालबालिकाकाे सिर्जनशील क्षमता प्रस्फुटन हुनुका साथै बालमैत्री गतिविधि, सहभागीता, मनाेरञ्जनलाई प्राथमिकता दिदै शिक्षण सिकाइहरूमा समेत उत्साह थप्ने बताउँनुभयाे ।




निस्दी गाउँपालिका वडा कार्यालय बाकामलाङ्गद्वारा आयाेजित वडास्तरीय मिनि बाल मेला कार्यक्रममा वडाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, अभिभावक, समुदायका सदस्य तथा वडा बाल क्लब, बाल संयन्त्रका प्रतिनिधिहरूको उपस्थितिरहेको कार्यक्रममा स्थानीय सामग्रीबाट बनाएका सामानहरूकाे प्रदर्शन, बालबालिकाकाे स्वास्थ्य चेकजाँच शिविर, कथा, कविता वाचन, चित्रकला प्रतियोगिता, खेलकुद (सडक दाैड, भेला खेल) खानाको परिकार, गीत, साँस्कृतिक नृत्य लगायतको प्रस्तुतिहरू सञ्चालन रहेको थियोे।
मिनि मेला कार्यक्रमले बालबालिकाकाे प्रतिभा प्रस्फुटन हुनुका साथै उनीहरूकाे सिर्जनात्मक क्षमताकाेअभिवृद्धि गर्ने र बाल सुरक्षा एवं बाल अधिकारकाे सन्देश प्रवाह सहित बालमैत्री वातावरणकाे प्रवर्द्धन गर्नलाई मेलाले महत्त्वपूर्ण याेगदान दिने विश्वास गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो ।



