नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँनुभएकाे छ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्नुहुँदै प्रदेश मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि सरकार दृढ रहेको स्पष्ट पार्नुभयाे। उहाँले प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्न प्रभावकारी व्यवस्था मिलाइने जानकारी पनि गराउँनुहुँदै मुख्यमन्त्रीले भन्नुभयो ।उहाँले सभामा, ‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई आगामी दिनमा क्रमिक ढंगले अघि बढाउन सकिने छ ।’ भन्नुभयो । ‘यहाँहरूका ती सुझावहरूलाई सरकारको तर्फबाट विषयगत मन्त्रालय मार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे ।

उहाँले नीति तथा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने प्रमुख दस्तावेज भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत सम्वोधन सहितको विनियोजन विधेयक प्रस्तुत गरिने जानकारी दिनुभयाे ।‘यसपटकको प्रस्तुत नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित छ, हामीले कार्यान्वयन गर्ने योग्य नीति तथा कार्यक्रम ल्याएका छौं सम्वाेधनमा भन्नुभयो । विगतका योजनाहरूको विश्लेषण, साधन (स्रोतको सीमा, अन्तरसम्वन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेका छौं,’ उहाँको भनाइ रहेको छ । मुख्यमन्त्री आचार्यले सरकार अहिले बस्तुनिष्ठ एवं कार्यान्वयन योग्य बजेट बनाउने तयारीमा रहेको पनि जानकारी दिनुभयाे । दुई दिनसम्म चलेको छलफलमा चालिस जना प्रदेश सभाका सदस्यहरूले सुझाव सहित आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *