पृष्ठभूमि ः—
“न्याय गरेर मात्र हुँदैन, न्याय गरेको जस्तो देखिनु पनि पर्दछ” न्यायीक अधिकारीहरु र न्याय क्षेत्रमा काम गर्ने जो कोही पनि मालिक होईनन्, जनताका सेवक हुन, सेवक जहिले पनि उत्तरदायी हुन्छ, त्यसैले अधिकार प्राप्तीको अहंकारबाट ग्रसित हुने होईन, जिम्वेवारी र कर्तव्यबाट उत्प्रेरित हुनुपर्दछ, कानून र पद्धती सँगसगै प्रवृत्ती र संस्कार महत्वपूर्ण हुने हुँदा त्यसलाई समयानुकुल बदल्न र परिष्कार गर्न तयार हुनुपर्दछ । प्रक्रियालाई कहिल्यै अवज्ञा नगर्ने र विवादका पक्षहरु प्रति समान व्यवहार गर्ने पक्षहरुको सम्मान गर्दै विवाद समाधानका लागी सहज वातावरण निर्माण गर्ने र मिसील संलग्न कागज प्रमाणहरुको कानून र प्रमाणको आधारमा व्याख्या विश्लेषण गर्दै न्यायीक मुल्यांकन गर्ने कुरामा न्यायीक अधिकारीहरु सदैव न्यायका सेवाग्राही प्रति कानून र न्यायको परिपालना गर्ने गराउने दृष्टीकोणबाट जवाफदेही हुनै पर्दछ ।
कानूनको शासनको ढाँचा भित्र न्यायीक जवाफदेहिता सुनिश्चित गर्ने कुरा आजको विषय होईन, प्राचिनयुगबाटै आ-आफ्नो तरिकाबाट हुँदै आएको थियो । प्राचिन रोमन कानून संहिता न्यायीक जवाफदेहिताका लागी संयन्त्र तथा कार्यविधि सम्वन्धी विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय छलफल परामर्श निष्कर्ष तथा निर्देशिका र सम्वन्धीत कानूनी व्यवस्था, विभिन्न विद्धानहरुका महत्वपूर्ण लेखरचना पुस्तक, न्यायीक जवाफदेहिताका लागी गठति संयन्त्रहरुले प्रभावकारी रुपमा काम गरे नगरेको समग्र कुराहरु तर्फ व्याख्या विश्लेषण गर्दै न्यायाधिश, कानून व्यवसायी र अभियोजनकर्ताहरुको स्वतन्त्रता र जवाफदेहिता, न्यायीक मिलोमतो र न्यायीक दुराचरणका विभिन्न स्वरुपहरुको विषयमा व्यापक छलफल अध्ययन, विश्लेषण भई न्यायीक अधिकारको प्रयोग गर्ने प्रत्येक व्यक्ती मालिक नभई जनताका सेवक भएकोले उत्तरदायी हुनै पर्दछ ।
स्वतन्त्र निष्पक्ष र जवाफदेही न्यायपालिका, कानून व्यवसायीहरुको स्वतन्त्रता र आचरण, सरकारी वकिलहरुको स्वतन्त्रता र आचरण लगायत प्रत्येक न्यायका अधिकारीहरुको जवाफदेहिता, पारदर्शिता र सदाचार सुनिश्चित गर्न कानूनको शासनमा अन्तरनिहित न्यायीक मूल्य मान्यता मानवअधिकारको सम्मान कानूनको शासनको अवधारणालाई पालना गर्ने गराउने नागरिकका अधिकार संरक्षण गर्ने दायित्वलाई आत्मसाथ गर्न सक्नुनै वास्तविक रुपमा न्यायको मकसद पुरा हुन गई जवाफदेही संस्कारको विकास हुन्छ ।
न्यायीक जवाफदेहिता र दायित्व :
ड्ड कानूनको पुर्ण रुपमा परिपालना ।
ड्ड क्षेत्राधिकार प्रति सदैव सचेत रहनु ।
ड्ड कानूनी प्रक्रियाको प्रभावकारी अवलम्बन र कार्यान्वयन ।
ड्ड मिसीलको गहन अध्ययन ।
ड्ड प्रमाणहरुको संकलन र विश्लेषण ।
ड्ड अधिकारप्राप्त मालिक नभई सेवामूखी न्यायका सेवाग्राहीको सेवक बन्ने ।
ड्ड निर्णय अभिलिखित र पारदर्शी हुनुपर्ने ।
ड्ड फैसला वा निर्णयमा चित्त नबुझ्ने पक्षलाई उपचार खोज्ने स्पष्ट बाटो देखाई दिनुपर्ने ।
ड्ड अधिकार प्राप्तीको अहंकारबाट होईन जिम्वेवारी र कर्तव्यबाट उत्प्रेरित हुनुपर्दछ ।
ड्ड निर्णय कार्यान्वयनको सुनिश्चिताड्ड मिसील प्रमाणको सुरक्षा ।
ड्ड न्यायमा सहज पहुँचका लागी उजुरी तथा निवेदनका ढाँचाहरु विकास र उपलव्धता ।
ड्ड अधिकार र उत्तरदायित्वको सन्तुलन ।
ड्ड न्यायीक स्वतन्त्रताको नाममा स्वछन्दतता र उत्तरदायित्वको नाममा नियन्त्रीत र कमजोर बनाउन नहुने ।
ड्ड स्वतन्त्र सक्षम र सुुशासनयुक्त न्यायप्रणाली ।
ड्ड निर्णयका लागी निर्णय र फैसलाका लागी फैसला भन्ने भावनाको अन्त्य ।
ड्ड उपस्थितिका लागी उपस्थित हुने संस्कारको अन्त्य ।
ड्ड न्यायको अुनभूति र सेवाग्राहीको सन्तुष्टी ।
ड्ड बोलीवचन, प्रश्नावली प्रस्तुती र लेखनमा मिठास, मिसील प्रमाणको कानून र न्याय संगत व्याख्या विश्लेषण । विवाद समाधानका सर्वोत्तम उपायहरुको खोजी ।
ड्ड मानवअधिकार तथा अन्तराष्ट्रिय मानविय कानूनको न्यायीक उलंघन गर्न मिलोमतो गर्न, पूर्वाग्राही बन्न नहुने ।
ड्ड सरकार र राजनैतिक दल वा तिनका नेताको शक्ती प्रतिको आदरभाव गर्न नहुने, निवृत्तीपछि उपयुक्त ठाउँको चाख राख्न नहुने ।
ड्ड बढुवा सूविधाको चाख र स्वार्थको द्वन्द ।
ड्ड साथीभाईको अनुकुलता र नातावाद, पूर्वाग्रह राख्न नहुनेन्यायीक जवाफदेहिताका स्वरुपहरु
ड्डपदिय आचरण र जिम्वेवारी प्रति कर्तव्यनिष्ठ ।
ड्ड न्यायका सेवाग्राही प्रति समान व्यवहार ।
ड्डकानून र प्रमाणको आधारमा न्याय निरोपण ।
ड्डकानूनको व्याख्या, तथ्यको लेखाजोखा, प्रमाणको मुल्यांकन ।ड्डअधिकार र कर्तव्य प्रति प्रतिवद्ध ।
ड्डमिसील अध्ययनमा अल्छीपना र लापरवाहीपूर्ण व्यवहार गर्न नहुने ।
ड्डन्यायीक आचरण सम्वन्धी बैगलोर सिद्धान्तको पालना ।
ड्डन्याय पालिकाको स्वतन्त्रता सम्वन्धी राष्ट्रसंघिय आधारभूत सिद्धान्त सन १९८५ को परिपालना ।
ड्डआ-आफ्नो आनी बानी व्यवहार तथा आचरण र सदाचारको आवश्यकता ।
ड्डजनआस्था र जनविश्वासलाई पुर्नर निश्चित गर्नु पर्ने ड्डन्यायीक कामहरुमा निस्पक्षता कायम गर्ने पुर्वाग्रह वा मोल मोलाहिजा गर्न नहुने ।
ड्डन्यायीक पदलाई जनआस्था र न्याय प्रणाली प्रतिको विश्वासको प्रर्वधनका लागी आदर सम्मानको रुपमा लिनु पर्ने ।
ड्डन्यायपालिकालाई पर्याप्त श्रोत साधनयुक्त बनाई सेवाग्राहीलाई सन्तुष्टी दिने ।
ड्डन्यायीक प्रक्रियामा कहीकतैबाट अनुचित वा आवाँन्छीत हस्तक्षेप हुन नहुने ।
ड्डअभियान र फैसलाको संख्या तर्फ भन्दा वास्तविक इन्साफ पर्यो परेन गुणात्मक फैसला भए भएनन, चेक लिष्ट र न्यायीक परिक्षण, सरुवा बढुवा
ड्ड पदस्थापन सोही अनुकुल गर्नु पर्ने ।
जवाफदेहीका लागी विभिन्न निकायहरु ः
न्याय क्षेत्रमा क्रियाशिल विभिन्न क्षेत्रका विभिन्न पद पेशाकर्मीहरुलाई प्रचलित कानून र देशको मूल कानून अनुसार न्यायीक पदहरुको प्रकृर्ति अनुसार न्यायीक जवाफदेहिताका लागी न्याय क्षेत्रमा काम गर्ने न्यायाधिश, सरकारी वकिल, कानून व्यवसायी, न्याय सेवा तथा सरकारी वकिल समूहका कर्मचारी लगायत सबैका लागी अधिकार कर्तव्य निर्धारण गरी जवाफदेही संयन्त्रको निर्माण गरी उत्तरदायी बनाउने प्रयास भएको पाईन्छ । ति निकायहरु निम्नानुसार रहेको पाइन्छ ।
(क) न्याय परिषद,
(ख) नेपाल बार काउन्सील,
(ग) संसदिय कार्यविधिहरु
(घ) तदर्थ न्यायाधिकरण तथा आयोगहरु
(ङ) अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
(च) राष्ट्रिय मानव अधिकार आयोग,
(छ) पेशागत संघ संगठनहरु
(ज) अन्तर्राष्ट्रिय जवाफदेहीता संयन्त्रहरु,
(झ) देवानी तथा फौज्दारी पुर्पक्ष
(ञ) नागरिक समाजबाट अनुगमन र प्रतिवेदन
(ट) सार्वजनिक खुलासा र पारदर्शिता
(ठ) सम्वैधानिक परिषद
(ड) न्याय सेवा आयोग,
(ढ) नेपाल बार एशोसिएशन
(ण) महान्यायाधिवक्ताको कार्यालय ।
यसरी न्यायीक जवाफदेहिता न्यायीक प्रक्रियाहरुको सार्वजनिक पारदर्शितानै हो भन्न अतियुक्ती नहोला, न्याय क्षेत्रमा काम गर्नेहरुको न्यायीक तथा पेशागत क्षमता, न्यायाधिश तथा कानून व्यवसायीहरुको स्वतन्त्रता सम्वन्धी संयुक्त राष्ट्रसंघिय प्रतिवेदनहरुले तिनीहरुको काममा जवाफदेहिता, विश्वासनियता र जनविश्वासलाई आत्मसाथ गर्न सक्नुपर्दछ भनिएको छ ।
कतिपय गम्भीर प्रकृर्तिका मुद्दामा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जवाफदेही संयन्त्रहरुले ठूलो भूमिका खेलेको पाईन्छ । खास गरी गम्भीर मानवअधिकार उल्ंघनका मुद्दामा न्यायीक जवाफदेहिता जेनेभा महासन्धी र त्यसबाट संरक्षीत पिडितका अधिकार एवं स्वच्छ पुर्पक्षका अधिकारमा नियतपूर्वक वंचित गरिएको र मिलोमतो भएको, न्याय दिन इन्कार गरिएको घटनामा अन्तर्राष्ट्रिय कानून अन्तर्गत उत्तरदायी वा जवाफदेही बनाउन सकिने स्पष्ट व्यवस्था रहेका छन । त्यसमा राज्यका विभिन्न जिम्वेवार पक्षमा रहेका जो सुकै जवाफदेही बन्नु पर्ने हुन्छ । त्यसै सन्दर्भमा केही देशहरुले विश्वव्यापी क्षेत्राधिकार ग्रहण गर्दै ति देशमा भ्रमण गर्दा पक्राउ गर्न र अनुसन्धान गर्न सक्ने अधिकार समेत ग्रहण गरेका छन् ।
अन्त्यमा, न्यायक्षेत्र पवित्र र आमजनताको आशा र भरोसाको केन्द्र हो । जनताको आशा र भरोसाको केन्द्र कानूनले अधिकार र कर्तव्यका अतिरिक्त उचित सेवा सूविधा प्रदान गरी जनताको सेवक बनी काम गर्ने महत्वपूर्ण निकाय न्याय क्षेत्र, त्यसका जिम्मेवार व्यक्ती वा अधिकारी जो सुकैले आ आफ्नो पदिय जिम्वेवारी र दायित्वप्रति जवाफदेही बन्नै पर्दछ । सरकारी काम कहिले जाला घाम, जागिर खान आएको पेन्सन पकाउने हो जस्ता कुरा गरेर काममा ढिलासुस्ती लापरवाही गर्नु कदापी हुँदैन । आमजनता र सेवाग्राहीको मन जित्ने गरी कानून सम्मत जवाफदेहीता देखाउन सकेमा न्यायीक निकाय र त्यसमा काम गर्ने सबै प्रति आशा भरोसा र जनविश्वास अभिवृद्धी हुन्छ ।
