न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा,न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं.४ देविस्थानमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण हिंसा संगै विभिन्न नकारात्मक घटना बढ्दै गएको भन्दै यसको निराकरण गर्नु पर्ने बताउनुभयो । उहाँले मानिसमा नैतिक ज्ञानको कमीका कारण अपरधिक क्रियाकलाप संगै हिंसाका घटना हुने बताउनुभयो । समाजमा रहेका विकृति विसंगती हटाई शान्त र हिंसा रहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाले विवाद र अपराध दुवैले समाजिक मेलमिलापलाई असर पार्ने बताउनुभयो । न्यायीक र शान्त समाज निर्माणका लागि विवाद ,अपराध र हिंसाको अन्त्य हुनु पर्ने भन्दै विवाद,अपराध र हिंसालाई कानुनी उपचारको माध्यमबाट समाधान गर्नु पर्ने बताउनु भएको छ । साथै उहाँले समाजमा हुने विभिन्न हिंसा र अपराधलाई नलुकाउन आग्रह गर्दै विभिन्न विवादको न्यायोचित रुपमा समाधानका लागि न्यायीक समिति र आफू संधै प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

यसैगरी रामपुर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर रानाले विभिन्न हिंसा र अपराध नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले हिंसा र अपराध रहित समाज निर्माणका लागि सबैले दायीत्व बोध गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक राम बहादुर नेपालीले जुनसुकै अपराध र हिंसालाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । रामपुर ४ देविस्थानमा भएको कार्यक्रममा विभिन्न अपराध,लागु औषध,सडक सुरक्षा,साईबर क्राईम,यसको कानुनी उपचार, विभिन्न हिंसा र यसको अवस्था,न्यायीक समितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख राम बहादुर नेपाली,रामपुर नगरपालिकाका न्यायीक समिति सचिवालय सचिव पार्वती परियार र सञ्जु परियारले गर्नु भएको थियो ।रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयाेजक बाल कुमारी थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *