न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान तथा निस्सा वितरण कार्यक्रम

पाल्पा, निस्दी गाउँपालिका-२ सहलकोटमा न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान र निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिका-२ नं.वडाका कार्यवाहक अध्यक्ष टेकबहादुर चुहानकाे अध्यक्षतामा भएको श्रमिक सम्मान तथा निस्सा वितरण कार्यक्रमका प्रमुख अतिथि एवं भुमि समस्या समाधान आयोग पाल्पा सदस्य देविलाल लामिछानेले कार्यक्रम उद्घाटनमा मन्तब्य राख्नुहुँदै भूमि समस्यामा रहेका नागरिककाे सत्यतथ्यमा आधारित रहि त्यसको छानवीन र समाधानका लागि भूमिविहिन नागरिकहरूलाई जग्गा वितरण हुने बताउँनुभयो । उहाँले अहिले नेपालमा कुल एघार लाख सुकुम्बासी तथा अव्यवस्थित जग्गा रहेको र पाल्पामा पनि नाै हजार रहेको जानकारी दिनुभयो । साथै २२ गतेसम्म निस्सा वितरण गर्नेगरी काम अघि बढेको बताउँदै त्यसका लागि पैँतीसदिने सूचना प्रकाशन गर्ने र छुटेका नागरिकहरुलाइ पुन निस्सा वितरण गर्ने बताउँनुभयो ।

निस्दी गाउँपालिका बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले भुमिहिन व्यक्तिहरुलाई निस्सा प्रदान गर्नुभनेको आयोगले एउटा चरण पूरा गरेको बताउँनुभयो । उहाँले श्रम ठुलो सानो नहुने हुँदा श्रमको सम्मान गर्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सम्मिलित श्रमिकहरुलाई सम्मान गरेकोमा निस्दी गाउँपालिकालाई समेत धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर २ सहलकोटका नौ जना श्रमिकहरुलाई सम्मान-पत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो । साथै २ नम्बर वडा सहलकोटका सैतीस जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो । कार्यक्रम निस्दी गाउँ कार्यपालिका सदस्य खुमिसरा पुलामीको स्वागत तथा गाउँपालिका रोजगार शाखा प्रमुख हरिबहादुर आलेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *