पाल्पा, जिल्ला अस्पताल पाल्पाले न्युनतम सेवा मापदण्डको आधारमा ६४ प्रतिशत अंक प्राप्त गरेको छ । सेवा सम्पादनका विभिन्न सूचकका आधारलाई मापन गर्दा उक्त अंक प्राप्त गरेको हो । पाल्पा अस्पतालले यो अंक प्राप्त संगै गतवर्षकाे तुलनामा सेवाकाे सुधारमा सुधारोन्मुख अंक प्राप्त गर्नमा सफल भएको हो ।
पाल्पा अस्पतालकाे अघिल्लो वर्षको मापन अनुसार ५४ प्रतिशत रहेकोमा यसवर्ष भने १०प्रतिशतले बढेको छ । २०२१ मा गरिएको मुल्यांकनमा पाल्पा अस्पतालले ४४ प्रतिशत अंक प्राप्त गरेको थियो । पाल्पा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा सम्वन्धि सुचक र कार्य सम्पादन हेर्दा अस्पतालले सरसफाइ,वहिर सेवा,इमर्जेन्सी सेवा,प्रयोगशाला,फार्मेसी,व्यवस्थापन लगायत विषयहरूलाई मुख्य आधार बनाएर मुल्यांकन गरिएको थियोे । अस्पतालबाट भएको कार्य सम्पादन हेर्दा साे न्यूनतम सेवा मापदण्ड एवं कार्य सम्पादनका आधारमा अस्पतालले यस वर्ष कुल ६४ अड्ढ प्राप्त गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको हो ।
पाल्पा अस्पताल विकास समितिको आयोजनामा बुधबार तानसेनमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत गरिएको कार्य सम्पादन, मुल्यांकन र समीक्षा गाेष्टीमा कार्यक्रममा पाल्पाअस्पतालको अनुगमन मूल्याङ्कन तथा समिक्षा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका डा.अच्युत शर्मा न्यौपानेले प्रस्तुत गर्नुभएको तथ्याड्ढमा उक्त अंक प्राप्त गर्न पाल्पा जिल्ला अस्पताल सफल भएको हाे । डा.शर्मा न्याैपानेले सेवा सम्पादन तथा मुल्यांकन समीक्षा गाेष्टीमा प्रस्तुत गर्नुभएकाे सूचकांक अनुसार गत वर्षका केही सीमाहरुलाई फलो गरेका कारण दस प्रतिशत अंक सुधार गर्न पाल्पा अस्पताल सक्षम रहेको उहाँले बताउँनुभयाे । कार्यक्रममा डा.शर्मा न्यौपानेले उक्त नतिजामा सुधार देखिए पनि पाल्पा अस्पतालले अझै धेरै काम गर्न बाँकी रहेको कुरा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,पाल्पा अस्पतालको आफ्नै अप्रेसन मेसिन हुनुपर्ने,इलेक्ट्रोनिक हाजिरी राख्नुपर्ने,नागरिक बडापत्रलाई स्पष्ट देखिने स्थानमा राख्नुपर्ने, सेवा सम्पादन भएका कामहरूको डकुमेसन गर्नुपर्ने,स्वास्थ्यका सूचकमा रहेर कामहरू गर्नुपर्ने,सामाजिक परीक्षणकाे कामलाई गर्नुपर्ने,फिजियो थेरापीको सेवा विस्तार लगायतका विषयहरुमा अस्पतालले विशेष ध्यान दिनुपर्ने उहाँले बताउँनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले विगतका वर्षहरूमा भन्दा पाल्पा अस्पतालको सेवामा सुधार हुँदै गएको बताउँनुभयाे । उहाँले आगामी दिनमा अस्पतालको सेवालाई थप गुणस्तर एवं सहज बनाउँदै लैजान पनि आग्रह गर्नुभयो। स्वास्थ्य मन्त्री सारुले गाेष्टी कार्यक्रममा बाेल्नुहुदै स्वास्थ्यका मापदण्डहरुलाई पालना गरेर काम गर्न सकेमा स्वास्थ्यमा व्यापक सुधार गर्न सकिने बताउँभयाे । उहाँले सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा प्रवाह गर्न समेत पाल्पा अस्पतालका स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिनुभयाे । स्वास्थ्य मन्त्री सारुले भन्नुभयाे, ‘ पाल्पा अस्पताल आउने विरामीहरुलाई मुसुक्क हाँसेर सेवा दिनुहोस्,त्यसले अस्पतालप्रतिकाे विश्वास अझ जागेर आउन्छ ।’ उहाँले अवाञ्छित कार्य गर्ने जो कोही कर्मचारीलाई तत्काल कारवाही गरिने समेत बताउँनुभयाे । स्वास्थ्य मन्त्री सारुले अस्पतालको जग्गा विवादको विषयमा समेत बोल्नुहुँदै याे छिट्टै मिल्नेछ भन्दै त्यसका लागि आफु प्रतिवद्ध भएर लागेको कुरा उल्लेख गर्नुभयाे । स्वास्थ्य मन्त्री सारुले अस्पतालको ओटीको लागि प्रदेश सरकारबाट पचास लाख रूपैयाँ बजेट विनियोजन गरेको समेत बताउँनुभयाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अस्पताल भवनको जग्गा व्यवस्थापनमा आफु गम्भीर भएर लाग्ने बताउँनुभयाे । कार्यक्रममा पूर्व सांसद यादवबहादुर रायमाझी,नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती, नेपाली काँग्रेसका प्रतिनिधि तथा युवा नेता सुरेश बोहोरा,नेकपा माओवादीका जिल्ला संयाेजक राजेन्द्र विक,राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति सुमन गैरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामी, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले अस्पतालको सेवाबारेमा बाेल्नुहुँदै थप चुस्त र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभएकाे थियोे । उहाँहरुले स्वास्थ्य संवेदनशील विषय भएकाले अस्पतालको विकासमा आफुहरुको साथ सहयोग सधैव रहने बताउँनुभएकाे थियोे ।
कार्यक्रममा पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले मूल्याङ्कनमा आफुहरु कमजोर भए पनि मानवीय विषयमा गम्भीर भएर अस्पतालकाे सेवा प्रवाहमा लागिएकोले पनि सेवा प्रवाहमा उत्तम बन्न स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले आफ्नो जिम्मेवारी जे हो त्यही गरेमा अवश्य सफलता प्राप्त हुनेमा उहाँको भनाई रहेको छ । अस्पताल विकास समितिका अध्यक्ष आत्रेयले छिट्टै भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्ने गरी आफुहरुले काम गरेको बताउँनुभयाे ।
कार्यक्रममा पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरीडेण्ट डा.लोकरन्त ज्ञवालीले अस्पतालले गरेकाे गतिविधि र भावी योजना लगायत विषयमा प्रस्तुत गर्नुभएको थियाे । उहाँले अस्पतालमा कार्यरत डाक्टर,स्वास्थ्यकर्मी तथा कर्मचारीहरू एवं व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्वपूर्ण भूमिकाका कारण विगतमा भन्दा अहिले केही सेवाफसुधारको नतिजा आएको उहाँले प्रस्तुतिमा बताउँनुभयाे । डा.ज्ञवालीले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिनलाई अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर खटेर लागि रहेको बताउँनुभयाे ।
स्वास्थ्य निर्देशनालयको एमएसएस फोकल पर्सन अस्मिता नेपालले एमएसएस सम्बन्धी जानकारी गराउँनुभएको थियाे । अस्पताल विकास समितिका अध्यक्ष आत्रेयको अध्यक्षता,नर्स विभाग प्रमुख लक्ष्मी जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।