पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो । अधिवेशनबाट अध्यक्षमा कमलराज तिमिल्सिना, उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा बन्दना पोखरेल, सचिवमा रामचन्द्र रायमाझी, सह–सचिवमा खुलातर्फ दुर्गेश मल्ल, सह–सचिवमा समावेशीतर्फ दानबहादुर हिस्की, कोषाध्यक्षमा विजय वौडेल निर्वाचित हुनुभएकाे थियोे । त्यस्तै महासंघको सदस्यहरूमा नेत्र गैरे,दयाराज न्यौपाने,दिपक ढुङ्गाना,सुनिल कार्की,सुशीला रेग्मी,हरिबहादुर विक र धनबहादुर ठाडा अधिवेशनबाट निर्वाचित हुनुभएको छ।
नेपाल पत्रकार महासंघ पाल्पाको नवनिर्वाचित कार्य समितिको पदस्थापन सम्पन्न भएसंगै बसेकाे कार्यसमितिकाे पहिलो बैंठकबाट सदस्यमा रेडियो नेपालका पाल्पा संवाददाता विष्णु प्रसाद खनाललाई मनोनित गरेको हाे । यसैगरी नेपाल पत्रकार महासंघकाे केन्द्रीय परिषद सदस्यमा यज्ञमूर्ति तिमिल्सिना, राजेन्द्र लिगल,सीता डोटेल निर्विरोध निर्वाचित हुनुभएको छ । महासंघ लुम्बिनी प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोख्रेल, दीपक भट्टराई, इमानसिंह राना र पवित्रा घिमिरे निर्वाचित हुनुभएको हाे। निर्वाचित नेतृत्वलाई पदस्थापन तथा बधाई ज्ञापन गरिएको छ।
नेपाल पत्रकार महासंघ पाल्पाको पदस्थापन कार्यक्रममा प्रमुख अतिथि एवं महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा संरक्षक मेघराज शर्माले निर्वाचित हुनुहुने सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई कार्य सफलताको शुभकामना दिर्दै बधाई ज्ञापन व्यक्त गर्नुभयो ।उहाँले महासंघको गौरवमय इतिहासलाई कायम राख्न आग्रह गर्नुहुदै पत्रकारहरुको हकहितमा समर्पित भएर संस्थागत विकासमा लाग्नलाई निर्वाचित नेतृत्वमा समेत जोड दिनुभएकाे थियोे । त्यस्तै नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्षहरु झपेन्द्र गहिरे, गोविन्द भट्टराईले पदस्थापन कार्यक्रममा बाेल्दै अग्रज पत्रकारहरुको सम्मान गर्दै महासंघलाई थप बलियो र संस्थागत बनाई लैजान जिल्ला नेतृत्वलाई सुझाव दिनुभएकाे थियोे ।
नवनिर्वाचित महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले सबैलाई साथमा लिएर पत्रकार महासंघको गरिमा एवं साखलाई कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकारहरुलाई विदेश पलायन हुने अवस्थाबाट रोक्ने दिशामा महासंघले योजना बनाएर अगाडि बढ्नुपर्नेमा धारणा ब्यक्त गनुभयाे ।
त्यस्तै महासंघको पदस्थापन कार्यक्रममा प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका जिल्ला अध्यक्ष कृष्ण दर्नाल,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी प्रदेश इन्चार्ज देव पचाभैया,समाजवादी प्रेस संगठनका पाल्पा अध्यक्ष पदम गैरे लगायतले आ-आफ्नो धारणा राख्नुहुँदै निर्वाचित नयाँ नेतृत्वको कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियोे । पदस्थापन कार्यक्रममा निर्वाचन समिति सदस्य भरत आचार्यले नवनिर्वाचित समितिलाई प्रधान गरिएको प्रमाणपत्रलाई वाचन गर्नुभएको थियाे ।नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाको अध्यक्षता,निवर्तमान उपाध्यक्ष भरत शर्माको स्वागत र निवर्तमान सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा बधाई तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो ।

