पाल्पाको विकासको संभावनाहरु

प्रकृतिको एक अनुपम उपहार पाल्पा । जाति, भाषा र वहुसंस्कृतिको विशिष्टपहिचान अनि सेनवंशी र मगराती पृष्ठभुमी बोकेको जिल्ला पाल्पा । दक्षिणएसियाकै ठुलो त्रिशुल अनि भैरव मन्दिर भएको जिल्ला पाल्पा, नेपालकोमानचित्रमा लुम्विनी प्रदेशमा पर्ने, विश्वमै परिचत शान्तिका अग्रदुतगौतमवुद्धको जन्मस्थल लुम्विनी र पर्यटकीय स्थल पोखराको विचमा पर्दछ।पाल्पा जिल्लाको ऐतिहासिक राणाकालीन भवनहरू, अनि प्राचीन कला कौशलले भरिपूर्ण धार्मिकस्थल तथा पर्यटकीय अनेकौ रमणीय सुन्दर ठाउँहरुकोगुणगान जत्तिनै गरेपनि पुग्दैन । अझ पाल्पाली ढाका र पाल्पाली करुवाकोगरिमा र महिमा, झन कति छन् कति ?

विशिष्ट भौगोलिक संरचनाले सृजना गरेको यहाँको समशीतोष्ण प्रकारको हावापानी अनि जनजीवन, तथा सांस्कृतिक विविधता, र विश्वकै उच्चहिमश्रृङ्खलाहरूको रमणीय दृश्यले पनि पाल्पा पर्यटनको अनुपम उदाहरण हो। अनवरत बग्ने यहाँका कञ्चन कालीगण्डकी, खोला नदिनाला होस या छङछङवग्ने झरनाहरु र प्रकृतिको अनुपम सुन्दरताले वाह्य पर्यटक मात्रै नभई, देशभित्रैका आन्तरिक पर्यटकहरुसमेत लोभिने गरेका छन् ।भौगोलिक रुपमा नेपालको जस्तै नक्सा आकारमा, २७ डि.३४ मिनेट, देखि २७डि. २७ मि. सम्म उत्तरी आक्षांस र ८३ डि.१५ मि. देखि ८४ डि.२२ मी. सम्म पूर्वी देशान्तरमा फैलिएको यो पाल्पा जिल्ला मुलुकको ७७ जिल्लाहरुमध्ये एक हो । नेपालको कुल भुभागको ०.९३ प्रतिशत अर्थात १३७३वर्ग कि.मी. क्षेत्रफल ओगटेको यस पाल्पा जिल्लाको पूर्व पश्चिम दूरीसरदर ७० कि.मी. र उत्तर दक्षिण दूरी सरदर २० कि.मी. रहेको छ ।रामपुर, माडी, अर्गली, कचल, दर्पूक जस्ता फाँट र काली गण्डकीका तटकाक्षेत्रहरुले कृषि उत्पादनका दृष्टिले उर्वर मात्रै हैन अन्न भण्डारणको रुपमापनि लिईने गरिएको छ ।

त्यसैगरी मुख्य वनस्पतीमा साल, सिसौ, सिमल, जामुन, टुनी, चाप, हर्रो, वर्रो आदि वेसी तथा चुरे क्षेत्रमा पाइन्छ भने काफल, चिलाउने, कटुस, सल्लो, लालीगुराँस आदि लेक तथा महाभारत श्रृंखलामा पाइन्छन्।धार्मिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी नदीनागवेली झै वगेर लुम्विनी र गण्डकी अंचललाई कित्ताकाट गरिदिएको छ ।यहाँ रहेको सत्यवती ताल, सीता कुण्ड र प्रभासताल जस्ता मुख्य ताल तथाकुण्डहरुले पर्यटकीय महत्वलाई झन महंगो बनाईदिएको छ । अझ सत्यवतीताल पर्यटकीय मात्र नभई धार्मिक महत्वका हिसावले गरिमापूर्ण रहेको छ ।पर्यकीय क्षेत्रका दृष्टिले पाल्पा आफैमा चीर परिचित पर्यटकीय गन्तव्य हो। राणाकालका चार कमाण्डरहरु मध्ये पाल्पा जिल्लामा रहेको एक कमाण्डरकोव्यवस्थाले पनि पाल्पा ऐतिहासिक काल देखिनै प्रमुख प्रशासनिक क्षेत्रकोधरोहरको रुपमा परिचित हुदै आएको छ ।

पाल्पा तानसेनको श्रीपेंच “श्रीनगरडाँडा”को प्राकृतिक छटा, स्वच्छ हराभरा रप्राकृतिक सुन्दरताको पनि वर्णन गरी साध्य छैन ।तानसेनको श्रीनगरडाँडामा निर्माण गरिएको भ्युटावरबाट पहाडकी रानी तानसेन बजार, टुंडीखेल र माँडीफाँटकोे मनोरम दृश्यले यहाँ आउने जोकोही लालायित हुनेगर्छन् । यही श्रीनगरडाँडाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत नेपालका सवैजसो हिमश्रृंखलाहरुको सजिलै संग दृश्यावलोकन गर्न सकिन्छ ।

तानसेनको मध्यभागमा अवस्थित शीतलपार्टीको गोलघर, राणकालमै, परम्परागतकाष्ठकलाको भरपूर कला र कौशलता प्रयोग गरी बनाइएको, दक्षिण एसियाकैठूलो काठको “मूलढोका” अनि ऐतिहासिक पाल्पा दरवार प्राचीन, ऐतिहासिक तथागरिमापूर्ण छ । यहाँ रहेका ऐतिहासिक अमरनारायण मन्दिर, भगवतीटोलको रणउजेश्वरी भगवती मन्दिरको धार्मिक र ऐतिहासिक महिमा पनि कम छैन ।अग्रेजयुद्धमा वीरता प्रदर्शन गरी विजय हासिल गरेको खुसीयालीमा, विजयकोप्रतीक स्वरुप मनाउन सुरु गरिएको भगवती जात्राको मेलाले पनि धार्मिक,ऐतिहासिक महत्व अझ बढाएको पाईन्छ ।

यता कालीगण्डकीको सामीप्यमा रहेको रुरु क्षेत्र, नेपालको चार धाम मध्येको एक, गुल्मी,पाल्पा र स्याङ्जाको मुख्य संगमस्थल रुरु क्षेत्र पनि धार्मिकतिर्थस्थल मात्र नभई पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तब्य बनेको छ ।श्री ३ जुद्ध शम्शेर राणाले बनाएको अर्गलीको प्राचीन दरबार पनि यहाँकोअर्को ऐतिहासिक पर्यटकीय आधार हो ।नागवेली झै सलसल वगीरहेको कालीगण्डकीको छेवैमा शान्त, एकान्तवातावरणमा अवस्थित ‘रानीमहल’ दरबारको सुन्दरता आफैमा विशेष महत्वको छ । बेलायती दरबार शैलीमा खड्गशमशरेले रानी तेजकुमारीको सम्झनामा, प्राचिनकला कौशलताको प्रयोग गरी निर्माण गरिएको उक्त ‘रानीमहल’ ऐतिहासिकपुरातात्विक सम्पदा भएर पनि प्रकृतिले दिएको अनमोल उपहार भन्दा कमदेखिदैन । प्रेमको प्रतिकको रुपमा लिइएको उक्त रानीमहललाई केही दशकदेखी नेपालको ताजमहल पनि भन्ने गरिएको छ ।

जिल्लाका विविध धार्मिक सांस्कृतिक आयामका रुपमा ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी, माथागढी, बाकुमगढी रानीमहल, भैरवस्थान, मदनपोखरा, रम्भादेवी, पूर्वखोला, रामपुर, राम्दी सुनगुफा, कालीगण्डकी, दर्लममहाकाली, महामृत्युन्जय शिवासन बराङ्दी, अर्गली जस्ता पर्यटकीय तथा धार्मिकस्थलहरूको छुट छुट्टै महत्व रहेको छ । त्यसैले यहाँका धार्मिक तिर्थस्थल, ऐतिहासिक धरोधर र प्राकृतिक सुन्दरताको विविधतालाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गरी यसको अग्र र पृष्ठ सम्बन्धलाई अन्य आर्थिकआयामसंग आबध्द गर्न सकिने संभावना पाल्पा जिल्लासँग अथाहा रहेको छ ।चितवन, देवघाट, पोखरा, लुम्विनी , स्वर्गद्धारी, ढोरपाटन,अर्घाखांचीको सुपादेउराली लगायतका यी पर्यटकीय तथा धार्मिक स्थानहरु प्नि पाल्पाकोसमिपमै रहेकाले जिल्लाको पर्यटकीय संजालमा जोड्न सकिने सम्भावना पनि प्रवल रहेको छ ।

प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सवैजसो भूभाग पहाडी धरातलमा पर्ने भएको कारणले सिर्जित चुनौतीहरुलाई प्याराग्लाइडिंग, केवलकार, ट्रेकिङ रुटको रुपमा परिणत गर्ने दीर्घकालीन योजनाद्धारा सम्बोधन गर्न सकिने स्थिति छ । पाल्पाका अन्यदर्शनीय स्थलहरुलाई अन्य जिल्लाका पर्यटकीय स्थलहरुको यातायातमार्गसंग यी धार्मिक र दर्शनीय स्थलहरुलाई जोडेर आन्तरिक र बाह्यपर्यटक आकर्षित गर्न सक्ने संभावना देखिन्छ ।आफ्नै भाषा र कला संस्कृतिले धनी मगर जातिको बाहुल्यतालाई मगर संस्कृतिको केन्द्र बन्न सक्ने हैसियत पनि पाल्पा जिल्लालाई नै रहेको छ ।मगर सांस्कृतिक संग्राहलयको स्थापना गरेर मगर संस्कृतिको अध्ययनअनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटकीय संभावनाको वृध्दि गर्न सकिने प्रशस्त संभावना पाल्पामा विद्यमान रहेको छ ।

पाल्पाको गौरब पाल्पाको पहिचान पाल्पाली ढाका र पाल्पाली करुवाले पनि बोकेको छ । नेपाल भरकै उत्कृष्ट मानिएका पाल्पाली करुवा र पाल्पालीको ढाकाको आकर्षण देश भरी मात्र हैन, विश्वका विभिन्न मुलुकमा पनि परिचित छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाडाबर्तन निर्माणका उद्योगहरुले यस जिल्लाको आर्थिक विकासमा टेवा पुर्याइरहेका छन् । पाल्पाली ढाका र करुवाको देश भित्र र बाहिर रहेको प्रसिद्धिलाई व्यवसायिक अवसरको रुपमा रुपान्तरण गर्न सक्ने संभावनाहरु छन् । त्यसैले पाल्पाली करुवा, ढाका टोपी आदिलाई जिल्लाको पहिचान र ब्राण्डको रुपमा विकास गर्नुआवश्यक छ ।

सिद्धार्थ राजमार्गले यस जिल्लाको सम्बन्धलाई रुपन्देही जिल्ला हुदै भारतसंगको सीमानासंग जोडिदिएको छ भने पोखरा, पर्वत, म्याग्दी, मुस्तांग हुदै चीनसंगको सीमासंग पाल्पा जिल्लाको पहुंच कायम हुन पुगेको छ। उत्तर दक्षिणफैलिएको भूपी शेरचन मार्ग र सिध्दार्थ राजमार्गको यो अवसरको उपयोगवाट पाल्पाका उत्पादनहरुलाई निर्यात गर्न सक्ने मार्गको रुपमा समेतउपयोग गर्न सकिने मात्र होइन कि स्थलमार्गका पर्यटकहरुआई आकर्षितसमेत गर्न सकिन्छ । साथै कालीगण्डकी करिडोरलाई पर्यटकीय, आर्थिक रधार्मिक विकासमा उपयोग गर्न सकिन्छ ।

कृषिका दृष्टिले माडी, अर्गली ररामपुर फाँट धान खेतीको लागि प्रसिध्द छन् भने कफी र अदुवा सवै जसोठाँउमा राम्रो संग उत्पादन हुने गर्दछ । मदनपोखराले कृषिमा ल्याएकोपरिवर्तन अन्य जिल्लाको लागि पनि उदाहरणीय बनेको छ । त्यसैगरीआँखालाई नयाँ दृश्य, मनलाई आनन्दको अनुभूति अनि जिब्रोलाई खास परिकारपनि यही पाल्पामा भेटिन्छन् । पहाडकी रानी’ उपमा दिइएको तानसेनको खानामा चुकौनीको विशेष परिकार, सेलरोटी, पकौडा, झिनियाँ रोटी, बटुक, हाँसको छोइलाले पाल्पाको महत्व विशेष बनेको छ ।

पाल्पाका यी संभावनाहरुलाई अवसरमा बदल्न निम्न कार्यहरु गर्नुपर्ने देखिन्छ :

पाल्पाको विकासका सम्भावनाहरू धेरै छन्, किनभने यो ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र आर्थिक हिसाबले महत्त्वपूर्ण जिल्ला हो। यसको विकासकालागि विभिन्न क्षेत्रहरूमा ध्यान दिन सकिन्छ।

१. पर्यटन विकास

पाल्पा, विशेष गरी तानसेन, ऐतिहासिक र सांस्कृतिक रूपमा धनी छ। यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई व्यवस्थित गरी थप पर्यटक आकर्षित गर्न सकिन्छ।

रानीमहल: नेपालको ‘ताजमहल’ भनेर चिनिने यो महललाई प्रवर्द्धन गरीथप पर्यटक भित्र्याउन सकिन्छ।

तानसेन बजार: ऐतिहासिक, सांस्कृतिक र परम्परागत रूपमा धनी योबजारलाई हेरिटेज टाउनको रूपमा विकास गर्न सकिन्छ।

श्रीनगर डाँडा: प्राकृतिक सौन्दर्य तथा हिमाल दृश्यावलोकनका लागिलोकप्रिय यो स्थानलाई अझ व्यवस्थित बनाउन सकिन्छ।

• सत्यवती, राम्दी, रिडी , रानीमहल जस्ता धार्मिक तथा प्राकृतिकस्थलहरूको प्रवर्द्धन गर्न सकिन्छ।

होमस्टे तथा ग्रामीण पर्यटन: पाल्पाका गाउँहरूमा स्थानीय संस्कृति, खानपान, तथा जीवनशैली अनुभव गर्न सकिने गरी पर्यटन प्रवर्द्धनगर्न सकिन्छ।

२. कृषि तथा पशुपालन

कफी तथा अलैंची खेती: पाल्पाको माटो तथा जलवायुकफी उत्पादनकालागि उपयुक्त भएकाले कफी खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धनगर्न सकिन्छ।

जैविक कृषि प्रवर्द्धन: फलफूल, तरकारी तथा औषधिजन्य जडीबुटीउत्पादनमा जोड दिई निर्यातसमेत गर्न सकिन्छ।

दुग्ध उद्योग तथा माछापालन: पाल्पामा पशुपालन तथा डेरी उद्योगलाईप्रवर्द्धन गर्न सकिन्छ।

३. लघुतथा घरेलुउद्योग

ढाका कपडा उद्योग: पाल्पा नेपालका ढाका कपडाका लागि प्रसिद्ध छ।यस उद्योगलाई थप आधुनिक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनगर्न सकिन्छ।

हस्तकला तथा परम्परागत उद्योग: काठ, पित्तल, तथा अन्य हस्तकलाकाउत्पादनहरूलाई प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्न सकिन्छ।

खाद्य प्रसोधन उद्योग: लोकल उत्पादनलाई प्रवर्द्धन गरी अचार, मसलाजन्य उत्पादन, तथा अन्य स्थानीय परिकारलाई व्यावसायिक बनाउन सकिन्छ।

४. पूर्वाधार विकास

सडक तथा यातायात: पाल्पाको मुख्य पर्यटकीय तथा ग्रामीणक्षेत्रहरूलाई राम्रोसँग जोड्न सडक सञ्जाल विस्तार आवश्यक छ।

बिजुली, खानेपानी, तथा सञ्चार: आधारभूत पूर्वाधार विकासले अन्यआर्थिक गतिविधिहरूलाई सहज बनाउँछ।

डिजिटल पूर्वाधार तथा ई-गभर्नेन्स: सरकारी तथा व्यवसायिक कामलाईप्रविधिमैत्री बनाउन डिजिटल पूर्वाधार आवश्यक छ।

५. शिक्षा तथा स्वास्थ्य क्षेत्र

व्यावसायिक तथा प्राविधिक शिक्षा: स्थानीय युवाहरूलाई सीपमूलकशिक्षा दिई रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।

गुणस्तरीय स्वास्थ्य सेवा: अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई थपव्यवस्थित गर्दै ग्रामीण भेगसम्म स्वास्थ्य सेवा पुर्याउन सकिन्छ।

६. सहकारी तथा वित्तीय क्षेत्र

सहकारी प्रणाली: लघुउद्यम तथा कृषि व्यवसायलाई सहयोग पुर्याउनेसहकारीहरूको विस्तार गर्न सकिन्छ।

स्थानीय उत्पादनमा वित्तीय लगानी: कफी, ढाका, तथा अन्य उद्योगहरूमासहकारी तथा बैंकहरूको सहुलियतपूर्ण ऋण लगानी गर्न सकिन्छ।

७. उद्योग तथा व्यापार

मध्यम तथा साना उद्योगहरू: कृषि, हस्तकला, तथा पर्यटनसँग सम्बन्धितउद्योगहरू सञ्चालन गर्न सकिन्छ।

सीमावर्ती व्यापार विस्तार: पाल्पा भारत तथा अन्य जिल्लाहरूसँग व्यापारिक रूपमा महत्वपूर्ण क्षेत्र भएकाले व्यापार विस्तारका लागिविशेष नीति बनाउन सकिन्छ।

• ढाका कपडा र यसका अन्य उत्पादनहरुको प्रबर्ध्दन ।

• करुवा उद्योगलाई पुनर्जीवन दिने ।

८. पाल्पालाई लुम्विनी प्रदेशको मात्र होइन देशकै नमूना पहाडी पर्यटकीय र धार्मिक स्थलको रुपमा विकास गर्ने ।

९. शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्ण संभावना बोकेको यस जिल्लामाप्रदेशिक विश्व विद्यालय, प्रादेशिक शिक्षण अस्पताल र प्राज्ञिक तथाशैक्षिक उन्नयन केन्द्रको रुपमा विकास गर्ने । धवल पुस्तकालयलाईप्रादेशिक ऐतिहासिक पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमारुपान्तरण गर्ने ।

१०. जिल्लाका पर्यटकीय तथा दर्शनीय स्थलको विकास गर्दै यिनीहरुकोपर्यटकीय संभावनालाई दिगो बनाउन अन्य जिल्लाका पर्यटकीय स्थलहरुकोनेटवर्कमा आबध्द गर्ने ।

११. विभिन्न जात जातिको संस्कृतिको अतिरिक्त मगर संस्कृतिको उत्थान रव्यावसायिकता अभिवृध्दि गर्ने , मगर संस्कृति अध्ययन अनुसन्धान केन्द्रस्थापना गर्ने ।

१२. पहाडी भूवनौटको फाइदा लिन केवलकार, प्याराग्लाइडिंग र ट्रेकिङ रुटकाक्षेत्रहरुको पहिचान गरि विकास गर्ने । चलचित्र सुटिंगको आउटडोरकोप्रशस्त संभावनाको उपयोग र इनडोर सुटिंग सुविधा तथा चलचित्र प्रशोधनसुविधाको विकास गर्ने ।

१३. सिमेन्टको लागि चाहिने क्लिंकरको उपलब्धता पाल्पामा राम्रो देखिएकोलेप्राकृतिक सौन्दर्यतामा ह्रास नआउने र भूक्षय नहुने गरि सिमेन्ट उद्योगकोस्थापना गर्ने ।

१४. कृषि उत्पादन प्रणालीका वैकल्पिक संभावनाहरु खोजी गरी स्थानविशेषको लागि उपयुक्त हुने नयां कृषि प्रणालीको विकास गर्ने ।

१५. प्रत्येक स्थानीय तहमा एक विशिष्ट उत्पादनको पहिचान हुने गरि एकस्थानीय तह एक उत्पादन को अवधारणा अगाडी बढाउने ।

१६. कफी र अदुवा प्रशोधन केन्द्रको विकास गर्ने । अम्रिसो, सूर्यमुखीतेल, अलैंची, सुन्तला खेतीलाई व्यवसायिक रुपमा संचालन गर्ने ।

१७.पाल्पाका पर्यटकीय र धार्मिक स्थलहरुको माटो, ढुंगा वा धातुको मूर्तिकाउपहार सामग्रीहरुतयार गर्ने ।

१८. भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र संग समेत आबध्दता बढाउने गरी पाल्पामा कम्तीमा ३ वटा कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र खोल्ने।

(डा. दामोदर रेग्मी प्रशासनविद तथा वरिष्ठ गीतकार हुन्)

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *