पाल्पाको श्रीनगरमा साहित्यकारहरूको ऐतिहासिक जमघट

पाल्पा, बुटवल साहित्य संगम रूपन्देहीकाे ३२३औँ मासिक साहित्य शृङ्खला एवं तिलाेत्तमा साहित्य कला प्रतिष्ठानकाे १० औँ मासिक शृङ्खला र वाङ्गय प्रज्ञाप्रतिष्ठानकाे संयुक्त आयोजनामा सिर्जना वाचन तथा साहित्यिक अन्तक्रिर्या पाल्पा तानसेनको ऐतिहासिक श्रीनगर डाँडा सम्पन्न भएको छ। तानसेन श्रीनगरडाँडाकाे सल्लिपिरल गलौचामा बसेर शब्दहरूले बादल चिरे,भावनाले उज्यालो पोते अनि सिर्जनाहरूले डाँडोभरी सुगन्ध छरियो अनि शब्द सिर्जनाहरू गुञ्जिए पनि साहित्यिक शृङ्खला कार्यक्रममा रूपन्देही र पाल्पाका ४४ जना नयाँ तथा पुराना साहित्यकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्रष्टाहरूद्वारा वाचन गरिएको रचनाहरू माथि समालोचना गर्दै डाक्टर मुरारि पराजुलीले साहित्य सिर्जनाहरूले वाचक स्रष्टाहरूकाे विचारलाई साहित्यको प्राण रहेको बताउँदै उहाँले विचार विहीन साहित्य र शिर विहीनकाे देह जस्तै हुने भन्दै उहाँले सौन्दर्य विहीन साहित्य आत्मा विहीन प्रार्थना जस्तै हुने बताउँनुभयाे । मासिक साहित्यिक शृङ्खला कार्यक्रममा समीक्षा गर्दै डा.पराजुलीले भन्नुभयो सिर्जनामा केवल दुख मात्र हाेइन विद्रोह होइन, आशा र शान्तिको स्वर पनि बोल्नुपर्ने हुन्छ उहाँ भन्नुहुन्छ । कार्यक्रममा डा.हरिप्रसाद भण्डारीले वर्तमान साहित्यिक प्रवृत्तिमा सामाजिक–राजनीतिक एवं साँस्कृतिक सचेतना झल्किएको उल्लेख कुरा गर्दै उहाँले निराशालाई चिर्दै आशाको बाटो देखाउने साहित्यको भूमिका माथि जोड दिनुभयाे । साहित्यकार एवं लेखक गोपाल प्रसाद बस्यालले साहित्य स्रष्टा साहित्यिक संस्थाहरू बीचको सहकार्यले सर्जक स्रष्टाहरूकाे सिर्जनाले सिर्जनात्मक ऊर्जा प्रवाह हुने भन्नुभयो । लेखक तथा साहित्यकार बस्यालले बुटवलबाट साहित्यकारहरू पाल्पाको तानसेन उपस्थित हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयाे । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पुनः आयोजना गरिने बताउँनुभयाे । बुटवल र पाल्पाका साहित्यकारले कार्यक्रममा वाचन गर्नुभएको सिर्जनाहरू गजल,कविता,गीत,मुक्तक, हाइकु र लघुकथाहरूले कार्यक्रमलाई बहुआयामिक बनाएको थियो उहाँले भन्नुभयो ।

मासिक साहित्य शृङ्खला कार्यक्रममा साहित्यकारहरू शंकर भण्डारी, डा.हरिप्रसाद भण्डारी, गोपालप्रसाद बस्याल, रामप्रसाद अर्याल, कविराज पौडेल, कृष्ण गाउँले, कृष्णप्रसाद कोइराला, धातानन्द शर्मा गैरे, हरिप्रसाद पौडेल, लीलाधर पाण्डे, उद्वव देवकोटा, खगेन्द्र बस्याल, दुर्गालाल तिवारी, सलला गाहा, चन्द्रकला गुरुङ, सङ्गम अनुरागी, अर्जुन दृष्टि, विशेष जङ्ग कार्की, गोम बिक्रम केसी,आर.बी.निश्चल,अमर भाट क्षेत्री, समिन गैरे, सरोज काफ्ले, डा.शंकरप्रसाद गैरे,गणेश नेपाली,गणेश घिमिरे, अनिसा आचार्य,नयान्सा थापा,महेन्द्र पन्थी,मनु अधिकारी, सुहाना न्यौपाने, मिमांशा बस्याल, श्रीधा पौडेल, कमल बहादुर खत्री, फणिन्द्र प्रसाद बस्याल, सिताराम घिमिरे लगायतले आफ्ना कविता, गीत, गजल, मुक्तक, हाइकु तथा लघुकथाहरू कार्यक्रममा वाचन गर्नुभएको थियाे ।

साहित्यिक अभिव्यक्तिहरूले श्रीनगर डाँडालाई दिनभर शब्दका गुँडले भरिएको बनायो—जहाँ प्रत्येक पङ्क्ति शिरमा फूल जस्तो लाग्थ्यो र प्रत्येक स्वर आत्माको नदी जस्तो बगिरहेको महसुस हुन्थ्यो । रुपन्देहीबाट २९ पाल्पाबाट १५ जना गरी ४४ जना साहित्यकारको सशक्त उपस्थितिले कार्यक्रमलाई एउटा मासिक शृङ्खला होइन, एक ऐतिहासिक क्षण मिलन बिन्दु बनाइदिएको थियो-जहाँ आत्मा, अभिव्यक्ति र आकाङ्क्षाको साक्षात्कार भयो । कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार तथा समीक्षक डा. मुरारी पराजुलीले गर्नुभएको थियाे । मासिक साहित्य शृङ्खला कार्यक्रममा प्रमुख अतिथि डा.हरिप्रसाद भण्डारीले गर्नुभएको थियो। भने कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पा अध्यक्ष गोपालप्रसाद बस्यालकाे रहेको थियाे । कार्यक्रमको स्वागत हरिप्रसाद पौडेलले गर्नुभएकाे थियोे । भने कार्यक्रम साहित्यकार कृष्ण गाउँलेकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *