पाल्पा,नेपाल टेलीकम कार्यालय पाल्पाले 1 Gbps र 500 Mbps क्षमताको एनटिसी फाइवर इन्टरनेट वितरण कार्यलाई प्रारम्भ गरेको छ । नेपाल टेलिकम कार्यालय पाल्पाले आफ्नो फाइवर नेटवर्क विस्तार भएको क्षेत्रमा X-GPON प्रविधिमा आधारित रहेर 1 Gbps र 500 Mbps क्षमता उच्च गतिको एनटिसी इन्टरनेट सेवा उपलब्ध गराउन सकिने जनाएको छ । हाल यो सेवा तानसेनकाे सदरमुकाममा रहेको नेपाली सेनाको ब्यारेकमा पहिलो ग्राहकको रुपमा जडान गरिएको दुरसञ्चार कार्यालाय पाल्पा प्रमुख राकेश पाण्डेयले जानकारी दिनुभयो । यो सेवा बिशेष गरि उच्च गतिको इन्टरनेट सेवा आवश्यक पर्ने संघ संस्था र धेरै डाउनलोड र अपलोड गर्नुपर्ने कर्पोरेटहरुलाई उपलब्ध हुनेछ ।
यस प्याकेजमा 1-IPTV, Unlimted Voice र 1 Public-IP समेतकाे सेवा उपलब्ध हुने दुरसञ्चार कार्यालाय पाल्पाका प्राविधिक प्रमुख इन्जिनियर रामु पाण्डेले बताउँनुभयो । अहिले टेलिकमले यो सेवा अन्तर्गत 1 Gbps र 500 Mbps क्षमताका दुई प्रिमियम प्याकेजहरुलाई उपलब्ध गराएको छ । इन्डिभिजुअल ग्राहकका लागि कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउदै आएको छ । जसअन्तर्गत ग्राहकहरुले इन्टरनेट, टेलिभिजन एवं भ्वाइस सेवाको कम्बो प्याकेज तथा यी मध्ये कुनै आवश्यक एक वा दुइवटा मात्र सेवा पनि लिन सक्नेछन् । कम्पनीबाट निकै सस्तो दरमा 50Mbps देखी 200 Mbps क्षमता सम्मको एनटिसी फाइवर इन्टरनेट सेवा दिइएको छ । इन्टरनेट मात्रको २ बर्षे प्याकेज पनि जडान गर्न सकिने छ । वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक सय मिटर सम्म Optical Fiber र 5G CPE निःशुल्क उपलब्ध गराइएको छ । साथै सबै बार्षिक ग्राहकहरुलाई मोवाइलमा दैनिक 600Mb देखि 1GB डेटा निःशुल्क उपलब्ध गराइएको समेत कार्यालयका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिनुभयो ।