पाल्पा, तानसेन स्थित पाल्पा आवासीय माविको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयकाे वार्षिकोत्सबमा प्रधानाध्यापक गोपाल पिसिले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिबेदनमा विद्यालयकाे संस्थागत विकास र निजी विद्यालयमा पाल्पा जिल्लामै पुरानो रहेको यस विद्यालयलाई आगामी दिनमा अझ सुविधा सम्पन्न बनाउँदै थप प्रयोगशाला र पुस्तकालयको प्रयोगलाई सु-व्यवस्थित गरिने र एक बिद्यार्थी एक ल्यापटप अवधारणको विकास गरिने, इमेल इन्टरनेट सहित सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था गरिने, कम्प्युटर तथा होटल म्यानेजमेन्ट प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाउने याेजना अघि बढाएको प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले बिद्यार्थीकाे अध्ययन अध्यापन साथै नियमिति अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउने लगायतका कार्यक्रम रहेको बताउँनुभयो ।प्रधानाध्यापक पिसिले यस विद्यालयका शैक्षिक तथा अतिरिक्ति क्रियाकलाप कार्यक्रमलाई बिद्यार्थी र अभिभावकहरुको चाहना एवं सुझाव बमोजिम अगाडि बढाउँदै आएको समेत कार्यक्रममा बताउँनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले गुणस्तरीय, प्रविधिमैत्री शिक्षाकाे आवश्यकता साथै विद्यालयले नैतिक तथा असल बन्ने बनाउने शिक्षा दिन पनि आवश्यक रहेको बताउँनुभयो । वार्षिकोत्सब कार्यक्रममा प्याब्सन पाल्पाका जिल्ला अध्यक्ष डाँसुराम पन्त, तानसेन-३ का अध्यक्ष बाबुरत्न शाक्य, विद्यालय सञ्चालक समिति उपाध्यक्ष एवं शिक्षासेवी बुद्धिप्रसाद शर्मा, विद्यालय सञ्चालक समिति सदस्य हुमप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव रामचन्द्र रायमाझी, समाजसेवी धर्मचन्द्र नेपाल र प्याब्सन विद्यालयहरूकाे तर्फबाट गंगाबहादुर खत्री समग्र अभिभावकहरूकाे तर्फबाट अभिभावक एवं पत्रकार यज्ञमूर्ति तिमिल्सिना, बिद्यार्थीहरु दिब्या पाण्डे र बेलिसा तिमिल्सिनाले आ-आफ्नो धारणा सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमकाे अवसरमा विद्यालयमा ३५ वर्ष सेवा गर्नुभएकाे सहायक प्रधानाध्यापक भवानी शर्मालाई दीर्घ सेवा सम्मान र सेवा गर्नुभएका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमकाे अवसरमा उत्कृष्ट बिद्यार्थी, शिक्षक,अभिभावक लगायतलाई सम्मान गरिएको थियो । वार्षिकोत्सब कार्यक्रममा अध्ययन बिद्यार्थीहरुले मौलिक कला संस्कृतिलाई प्रस्तुत गरेका थिए। वार्षिकोत्सब कार्यक्रममा विद्यालय सञ्चालन समिति अध्यक्ष केदारलाल श्रेष्ठकाे अध्यक्षतामा विद्यालयका सहायक प्रधानाध्यापक भवानी शर्माकाे स्वागत तथा शिक्षकद्वय क्षितिज नेपाल र सुस्मा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।