पाल्पा – काठमाडौं सोफा सिटर रानीमहल दिवा बस सञ्चालन

पाल्पा, पश्चिम नेपाल बस व्यवसायी कम्पनी प्रालि बुटवल रूपन्देहीले यातायातकाे क्षेत्रमा नयाँ-नयाँ सवारी साधनहरू भित्रिएको समयमा २५ गते पुसबाट पाल्पा देखी काठमाडौं जाने आउने यात्रुहरुको सुविधालाई मध्यनजर गरेर दिवा सोफा सिटर रानीमहल बस सेवालाई सुरुवात गरेको छ । पश्चिम नेपाल बस व्यबसायी कम्पनी प्रालिले विहीबार देखि सोफासिटर सहितकाे स्तरीय आरामदायी “रानीमहल” बस सेवाकाे सुरुवात गरेको हो ।

२९ सिट क्षमता रहेको सोफासिटे बसमा एसि, हिटर,प्रत्येक यात्रुहरुको लागि अलग-अलग पंखा, मोवाइल चार्ज गर्ने विद्युतीय प्लग, पानी राख्ने स्थान, वाईफाईको सुविधा, सुरक्षाको लागि सिसी क्यामेरा, जिपिएस ट्रयाकिङ्खको सुविधा रहेको पश्चिम नेपाल बस व्यबसायी पाल्पाका शाखा प्रमुख डोलराज भट्टराईले बताउँनुभयाे । पाल्पाकाे तानसेनबाट रात्रीकालीन मात्र सञ्चालनमा रहेको सोफा सिटर बस सेवालाई पाल्पाली यात्रुको माग अनुसार दिवा सेवा सञ्चालन गर्ने गरि “रानीमहल” बसकाे नामबाट दैनिक रुपमा पाल्पाबाट बिहान: ६.३० बजे र काठमाडौं बसपार्कबाट बिहान: ६.४५ बजे उक्त बसको सेवा सञ्चालन हुने व्यवस्था गरिएको व्यवसायी कम्पनीका शाखा प्रमुख भट्टराईले बताउँनुभयाे ।

“रानीमहल” सोफासिटे बस पाल्पाकाे तानसेन, बिशाल बजारबाट बिहान ६.३० बजे र काठमाडौं बसपार्क देखि विहान ६ : ४५ बजे छुट्ने व्यवस्था मिलाएको कम्पनीका पाल्पा शाखा प्रमुख भट्टराईले बताउँनुभयाे । पश्चिम नेपाल बस व्यवसायी कम्पनी प्रालिका शेयर सदस्य तथा बस सञ्चालक इन्द्रमणि भट्टराईले सेवाकाे शुभारम्भकाे पत्रकार भेटघाट कार्यक्रममा आफूहरूले पाल्पाली यात्रुहरुको चाहाना र माग अनुसार उहाँहरूकाे भावनालाई उच्च सम्मान गरेर तानसेन बिशाल बजार देखि दैनिक सुविधा सम्पन्न यातायात सेवा प्रदान गर्नलाई लागि जोखिम मोलेर भएपनि एउटा बसको लागि असी लाख रूपैयाँ लगानी गरेको बताउँनुभयाे । बस सञ्चालक भट्टराईले अहिले तीनवटा सुविधा सम्पन्न सोफासिटर माराइकल एसी बस निर्माण पुरागरि सडकमा गुडाउँदा सम्म दुई करोड चालिस लाख रूपैयाँ खर्च भएको उहाँले बताउँनुभयाे । उहाँले “रानीमहल”बस सेवाकाे शुभारम्भ अवसरमा पत्रकारहरूसंगकाे भेटघाटमा कुराकानी गर्दै उहाँले यातायात क्षेत्रमा ठूलो लगानी गर्न सके कमाउने हाे,नत्र सेवा दिने हाे,हामीले रिक्स लिएर याे उद्देश्यका साथ बस सेवालाई सञ्चालन गर्ने निर्णय गरेका हाैँ, भन्नुभयो । उहाँले ठुलो मात्रामा यात्रुवाहक सवारी साधानमा जोखिम मोलेरै लगानी गरेको समेत सञ्चालक भट्टराईले बताउँनुभयाे । हामीले यात्रुहरुलाई सुरक्षित साथ समयमा गन्तव्यमा पुर्‍याउने अठोट र जिम्मेवारी बाेध सहित बाटोघाटोमा यात्रुहरुलाई राम्रो ठाउँमा स्वस्थ खाना खुवाउने, समय समयमा यात्रुहरुको माग अनुसार ठाउँ ठाउँमा दिशा पिसावको व्यबस्था मिलाएको उहाँले जानकारी दिनुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *