पाल्पा जिल्ला पूर्णखाेप सुनिश्चितता तथा दिगोपना घाेषणा

नवराज ज्ञवाली पाल्पा, पाल्पा जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामा लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रमुख अतिथिको रुपमा सहभागिता जनाउनुभएको छ । कार्यक्रममा माननीय मन्त्रीज्यूले पाल्पा जिल्ला पुर्ण खोप युक्त जिल्ला घोषणा हुनु जिल्लाबासीको लागि खुशीको कुरा भएको बताउँनुभयो । उहाँले जिल्लाका सबै बालबालिकाहरूलाई खोप लगाई सुरक्षित बनाउन सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले रोग लागेर उपचार गर्नु भन्दा पहिले नै रोग लाग्नै नदिने अवस्था सिर्जना गर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले विशेष योजना बनाएर काम गरिरहेको उहाँले बताउँनुभयो ।

स्वास्थ्य मन्त्री सारुले गुणस्तरियता र दिगोपनालाई ख्याल गरेर स्वास्थ्य क्षेत्रमा काम गर्न मातहतका कार्यालय एवं कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले कार्यक्रममा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्ने विभिन्न विशिष्ट व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरु सहित उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *