पाल्पा पत्रकार महासंघकाे नेतृत्वमा तिमिल्सिना : प्रेस चौतारी र प्रेस युनियनकाे प्यानल विजयी

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पामा भएको निर्वाचनमा प्रेस चाैतारी र प्रेस युनियनकाे संयुक्त प्यानल विजयी भएको छ। पत्रकारहरुको छाता संगठनकाे रूपमा रहेको पत्रकार महासंघ पाल्पामा भएको निर्वाचनमा प्रेस चाैतारी र प्रेस युनियन संयुक्त प्यानल टिम विजयी भएको हाे । मंसिर २८ मा देशभर भएको पत्रकार महासंघको निर्वाचन तथा बाह्रौं अधिवेशनमा पाल्पाबाट प्रेस चाैतारी र प्रेस युनियनकाे सिङ्गो प्यानल टिम निर्वाचित हुन सफल भएको निर्वाचन मण्डलले जनाएको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी सह-इन्चार्ज रहनुभएका कमलराज तिमिल्सेना पत्रकारितामा सक्रिय रहदै सामाजिक संघसंस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिअनुभव प्राप्त व्यक्तितब रहनुभएकाे छ। उहाँको नेतृत्वमा नेपाल पत्रकार महासंघ पाल्पाले पत्रकारहरूकाे पेसागत हित संरक्षण पत्रकारितामा मर्यादित र महासंघलाई नयाँ उचाइमा ल्याउन एवं बेथितिहरूलाई चिर्दै पाल्पाको पत्रकारितालाई मर्यादित ढंगबाट अघि बढाउन सफल हुनेमा विश्वास गरिएको छ। प्रेस चाैतारी र प्रेस युनियनकाे संयुक्त प्यानल टिम विजयी हुन सक्षम भएको हाे। पत्रकार महासंघ पाल्पामा अध्यक्ष,सचिव र दलित सदस्यका लागि निर्वाचन भएको थियो। जसमा प्रेस चाैतारी र प्रेस युनियनसंयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार रहनुभएका कमलराज तिमिल्सेनाले ५२ मत ल्याई विजयी हुनुभएकाे छ।

त्यस्तै उहाँका निकटतम प्रतिस्पर्धी प्रेस सेन्टरका अध्यक्ष कृष्ण दर्नालले ११ मत प्राप्त गर्न सफल हुनुभएको थियोे । त्यस्तै महासंघ सचिवका लागि भएको निर्वाचनमा संयुक्त प्यानलका उम्मेदवार एवं प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझीले ४९ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले १३ मत प्राप्त गर्दै उपविजेता बन्नुभएकाे छ। यसैगरी खुल्ला दलित सदस्यतर्फ हरिबहादुर विक “सुभाष” निर्वाचित हुनुभएको छ। उहाँले ५० मत प्राप्त गर्दै विजयी हुनुभयो भने प्रेस सेन्टरका डोलबहादुर विकले १० मत प्राप्त गरी उपविजेता भएको निर्वाचन समितिका संयोजक एवं पत्रकार महासंघ पाल्पाका पुर्व सभापति पत्रकार सेनानी गोविन्द भट्टराईले जानकारी दिनुभयाे।अन्य पदहरूमा यसअघि सबै निर्विरोध भइसकेकाे जानकारी निर्वाचन मण्डलले जनाएको छ । नेपाल पत्रकार महासंघको उपाध्यक्षमा खुलातर्फ मुक्तिप्रसाद न्यौपाने, महिलातर्फ बन्दना पोखरेल,सह-सचिव खुलातर्फ दुर्गेश मल्ल, सह-सचिव समावेशीतर्फ दानबहादुर हिस्की र कोषाध्यक्षमा विजय वौडेल निर्विरोध निर्वाचित हुनुभएकाे थियोे ।

महासंघ सदस्यहरूमा नेत्र गैरे,दयाराज न्यौपाने,सुनिल कार्की,दिपक ढुङ्गाना,सुशीला रेग्मी, हरिबहादुर बिक र धनबहादुर ठाडा निर्वाचित भनुभएकाे छ ।महासंघ केन्द्रीय परिषद् सदस्यमा यज्ञमूर्ति तिमिल्सिना,राजेन्द्र लिगल,सीता डोटेल निर्विरोध निर्वाचित भनुभएकाे छ। यसैगरी प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोख्रेल,दीपक भट्टराई, इमानसिंह राना र पवित्रा घिमिरे निर्वाचित हुनुभएको छ।

शेयर गर्नुहाेस्

3 thoughts on “पाल्पा पत्रकार महासंघकाे नेतृत्वमा तिमिल्सिना : प्रेस चौतारी र प्रेस युनियनकाे प्यानल विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *