पाल्पा, जिल्लाको रिब्दीकाेट गाउँपालिका-४ भैरवस्थानमा रहेको भैरवनाथ मन्दिरमा स्वर्गिय पिता युवराज गुरूङ र स्व.हजुरबुवा लालसिंह गुरूङकाे स्मृतिमा सृष्टि गुरूङले अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले आफ्नाे पिता युवराज गुरूङ तथा हजुरबुबा लालसिंह गुरूङकाे स्मृति/ सम्झनामा भैरवनाथ मन्दिरमा एक लाख एक हजार पाँच रूपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हाे ।पाेखरा महानगरपालिका- १३ संगमटाेल, कास्की, गण्डकी प्रदेश स्थायी घर रही तानसेन नगरपालिका-७ प्रभास, पाल्पामा बस्दै आउनुभएको सृष्टि गुरूङ र हजुरआमा मनु गुरूङले अक्षयकोष स्थापना गर्दै भैरवनाथ मन्दिर हुने नित्य पूजामा चढ्ने गाइकाे दुध र ध्यू धुपकाे व्यवस्थापन गर्नलाई अक्षयकोषकाे स्थापना गर्दै उहाँले भन्नुभयो ।
मन्दिरमा चढ्ने दुध ध्यू व्यवस्थापन,हिन्दु शास्त्रमा गरिएको गाइकाे वर्णन अनुसार पनि गाइकाे शरीरमा तेत्तीसकाेटी देवताकाे वास हुने धार्मिक मान्यता एवं विश्वास र महिमा रहेकोले यस्तो पवित्र कार्यमा अवसर प्राप्त गर्नुनै पुन्य प्राप्त भएको बताउँदै यस्तो धार्मिक महत्त्व राख्ने “गाै-माता” काे संरक्षण गर्न र मन्दिरमा गाइकाे व्यवस्थापन र “गाै-माता“काे संरक्षण गर्नुपर्छ भन्ने कर्तव्य ठानी स्वर्गीय लालसिंह गुरूङ र युवराज गुरूङकाे स्मृतिमा रू.एक लाख एक हजार पाँच रूपैयाँकाे अक्षयकोषकाे स्थापना गरि त्यसबाट प्राप्त हुने ब्याज रकमबाट गाईकाे संरक्षण गर्नका लागि अक्षयकोष स्थापना गरेको गुरूङले बताउँनुभयाे । अक्षयकोष रकमकाे भाैचर हस्तान्तरण कार्यक्रममा भैरवनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाेविन्द बहादुर पाेखरेलले हिन्दु धर्म संस्कृति र परम्परा अनुसार मन्दिरमा गरिने अनेक देवदेवी मध्ये भैरव देवताकाे आफ्नै विशिष्ट स्थान रहेको देवता भैरवनाथ शिवजीकाे प्रथमादि गणमध्ये एक अघाेर राैद्र रूप भएकोले भक्तजनले राेगव्याधि दुख कष्टबाट मुक्ति पाउनलाई विशेष पूजापाठ गर्ने र भैरवनाथप्रति अटल विश्वास र आस्था प्रकट हुने गरेको बताउँदै भैरवनाथकाे नित्य पुजा निरन्तर गर्न विभिन्न किसिमको अक्षयकोष स्थापना र भक्तजनकाे चाहना अनुसारको पूजापाठ गरिदिने र भैरवको नित्य पूजा सञ्चालन गर्नलाई थप अक्षयकोष रकम बृद्धि गर्दै जाने बताउँनुभयाे ।
अक्षयकोषदाता सृष्टि गुरूङले जम्मा गरेकाे रकमकाे बैंक भाैचर हस्तान्तरण कार्यक्रममा भैरवनाथ मन्दिरका लेखापाल कविराजगैरेले अक्षयकोषकाे जम्मा भएको बैंक भाैचर बझ्दै मन्दिरमा अहिलेसम्म भैरव र माइकाे पूजा व्यवस्थापन र मन्दिरको अखण्ड धुनी,अखण्ड दीप,परेवा व्यवस्थापन,कुकुर व्यवस्थापन र विभिन्न रूपमा चल्ने पूजाकाे व्यवस्थापन गर्नलाई अहिलेसम्म पन्ध्र लाख रूपैयाँकाे अक्षयकोष स्थापना भएको जानकारी दिनुभयो ।
