पूर्वखाेला गाउँपालिकाकाे प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पाल्पा, पुर्वखाेला गाउपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र याेजनाकाे प्रगति समीक्षा सहितकाे प्रथम चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालय देविनगरमा सम्पन्न गरेको छ । पूर्वखाेला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले चाैमासिक कार्य प्रगति कार्यक्रमकाे उद्देश्य माथि प्रष्टाउँदै प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत गर्नुभएको थियोे ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ काे साउन देखि कार्तिक मसान्तसम्म गाउँपालिका र वडापालिकाबाट सम्पन्न कामकाे प्रगति विवरण सम्पन्न याेजनाकाे समीक्षा गर्दै प्रथम चाैमासिक कार्यक्रम वडा तथा गाउँपालिकाले गरेको काम र प्रगति प्रतिवेदन र आयव्यय सहित गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।गाउँपालिकाले यस आर्थिक वर्षमा विभिन्न याेजना नीति तथा कार्यक्रममा ३१७ वटा तय गरेकोमा ३८ वटा सम्झौता भई १५ वटा सम्पन्न भएको जानकारी दिनुभयाे । त्यस्तै राजश्व संकलन १३ लाख ७ हजार ४ सय ६ रुपिया ७५ पैसा भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गाउँपालिकाले हालसम्म कुल बजेको २२.३६ प्रतिशत खर्च गरेको बताउँनुभएको छ। उहाँले राेजगार शाखाले सैतिस जनालाई श्रम स्वीकृति प्रदान गरेको र वैदेशिक राेजगारमा मृत्यु हुने दुई बिरामी,एक अपांग,सात जना लाई आर्थिक सहायता र बाेर्डसंग समन्वय गरेको बताउँनुभयाे।न्यायिक समितिमा तीनवटा उजुरी परेकोमा एक वटा मेलमिलाप भएकाे र दुईवटा प्रक्रियामा रहेको बताउँनुभयाे । सामाजिक विकास शाखाबाट अपांग राताे कार्ड तीन, निलाे कार्ड चार, जेष्ठ नागरिक एक गरि आठवटा परिचय-पत्र वितरण गरेको र साेह्रदिने लैङ्गकि हिंसा विरुद्धको अभियानलाई सम्पन्न गरेको र सामाजिक सुरक्षा अन्तर्गत पहिलो चाैमासिक भक्ता वितरण गरेको जानकारी गराउँनुभयाे।

गाउँपालिकाकाे पशु सेवा शाखाबाट एघारवटा शिर्षकमा विभिन्न राेगका भ्याक्सिन, औषधी गाई, भैंसी, बाख्रा, बंगुर गरि दुई हजार छ सय पैसठ्ठी वटा पशुलाई भ्याक्सिन सहितकाे औषधी वितरण गरिएको बताउँनुभयाे । कृषि शाखाले तरकारी बीउ तीन हजार तीन सय पकेट, छ सय चालिस ताेरिकाे बीउ,बीस हजार आठ सय पच्चीस किलो जैविक मल वितरण गरेको बचाउँनुभयाे। शिक्षा शाखाले शिक्षक व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप,अभिभावक शिक्षा एवं शिक्षकहरुलाई क्षमता विकास तालिम र प्रधानाध्यापकहरूकाे बैठक बसेकाे जानकारी गराएको छ।स्वास्थ्य शाखाले क्यान्सर राेगका एक्काइस, मृगौला प्रत्यारोपण एक, डायालासिस गरेको चाैध, मेरुदण्ड पक्षघात दुईजना सहित अढतीस जनालाई मासिक पाँच हजारकाे दरले वितरण गरेको । नागरिक आराेग्य क्लिनिक संचालन नियमित खाेप , जुकाकाे औषधी, विभिन्न दिवसहरु, अभिमुखिकरण कार्यक्रमहरु गरेको जानकारी गराउँनुभयाे । प्रथम चाैमासिक कार्यक्रममा इन्द्रबहादुर राना, प्रितम प्रसाद बस्याल, माेहन बहादुर कार्की, अब्डुला कुजडा, भाेज बहादुर मश्राङ्गी, कमलसिंह मगर, सागर विक, शेरबहादुर गाहा, लक्कीमाया सिंजाली लगाएत बीस जना सहभागीहरुले याेजनाकाे स्टेटमेन्ट, कर, माेटरबाटाे, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, पशु, कृषि परियोजनाकाे बारेमा जिज्ञासा सहितको आ-आफ्नो राय सल्लाह सुझाव राख्नुभएको थियाे ।

कार्यक्रममा सहभागीहरूकाे जिज्ञासालाई विषयगत शाखाका प्रमुखले उठेका जिज्ञासालाई प्राविधिक शाखा इन्जिनियर देवेन्द्र पाटा, शिक्षा शाखा प्रमुख लाेकहरि देवकोटा, स्वास्थ्य शाखा प्रमुख माेहन ढकाल, पशु शाखा प्रमुख धनबहादुर दर्लामीले सम्वाेधन सहितको जवाफ दिनुभएको थियो । पूर्वखाेला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, देविनगर वडाका वडाअध्यक्ष मेहर सिं थापाले सार्वजनिक सुनुवाइमा सहभागीहरूकाे जिज्ञासालाई सम्वाेधन गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जुनसुकै सरकारकाे विभिन्न शाखाबाट सुरु याेजना हुने कार्यक्रम याेजना बजेटकाे बारेमा जान्न र सुचना पाउनु अधिकार विषय भएकोले त्यही अनुसार गाउँपालिकाले आफ्नो कार्यक्रमकाे बारेमा भन्न बुझाउन वडामाहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको हाे । यस कार्यक्रमबाट गाउँपालिकाले गरेको कामहरुमा पनि कमीकमजोरी हुन सक्छ सम्बन्धित निकायलाई खबरदारी गर्न र सहि तरिकाले अगाडि बढ्न थप सहयोग गर्ने भन्दै कार्यक्रममा धारणा सहित सल्लाह सुझाव जिज्ञासा राख्नुहुने कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै अध्यक्ष थापाले गाउँपालिकाभित्र संचालन हुने प्रदेश तथा संघीय सरकारकाे बजेटमा व्यवस्थापन गरेका ठुला आयाेजनाहरुकाे सम्झौता,निगरानी,खबरदारी गरिएकाले पनि विकास निर्माणका कामहरु समयमै सम्पन्न हुने वातावरण बनेको बताउँनुभयाे।देविनगरका पूर्व वडाअध्यक्ष समाजसेवी रिमप्रसाद श्रेष्ठले गाउँपालिकाले सार्वजनिक सुनुवाइ वडातहमा गरेर धेरै राम्रो गरेको बताउँनुभयाे। उहाँले गाउँपालिकाले नागरिकलाई हरेक क्षेत्रमा सर्वसुलभरुपमा सेवा दिन नीतिगत व्यवस्था, क्षमता विकास, कर्मचारीहरुलाई घरदैलोमा पठाउनुपर्ने सल्लाह समेत दिनुभयो ।गाउँपालिकाका प्रवक्ता तथा देविनगर वडाअध्यक्ष मेहर सिं थापाले वडातह र गाउँपालिकामा उठेका गुनासोहरुलाई केही तत्कालै सम्बाेधन गर्ने,केही नीतिगत सुधार गर्ने , सम्बन्धि ठाउँमा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक सय पचास जना बढीको उपस्थिति रहेको प्रथम चाैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष नुनबहादुर थापाकाे अध्यक्षतामा गाउँपालिका याेजना शाखा प्रमुख विनाेद नेपालकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

2 thoughts on “पूर्वखाेला गाउँपालिकाकाे प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *