पाल्पा, पुर्वखोला गाउँपालिकाले गाउँपालिकाभित्र अध्ययनरत विद्यालयका गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । पूर्वखाेला गाउँपालिकाले विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई जाडोको समयमा लगाउने स्विटर बितरण गरेको गाउँपालिकाले जनाएको हाे।
गाउँपालिकाले अकला आधारभूत विद्यालय, जनजागृति प्राथमिक विद्यालय र पुष्प स्मृति प्राथमिक विद्यालय सहितका विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउँनुभयाे । उहाँले आर्थिक वर्ष २०८१/०८२को कार्यक्रम अन्तर्गत गाउँपालिकाकाे छनोटमा परेका विद्यालयहरू अकला आधारभूत विद्यालयबाट बीस जना विद्यार्थी, जनजागृति प्राथमिक विद्यालयका दस जना विद्यार्थी र पुष्प स्मृति प्राथमिक विद्यालयका दस जना विद्यार्थीहरूलाई न्यानो कपडा स्विटर प्रदान गरिएको बताउनुभयो ।
पूर्वखाेला गाउँपालिकाले तल्लो तहका जेहन्दार विद्यार्थी छनौट गरि जाडोको समयमा विद्यार्थीलाई न्यानो राख्न र न्यानोपनाले विद्यार्थीहरूको स्वास्थ्य तथा सिकाईमा पनि सहज होस् भन्ने हेतुले स्विटर बितरण गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउँनुभयो ।