प्रथम स्काउट मित्रता क्याम्प माथागढीकाे सराइमा सम्पन्न

पाल्पा, माथागढी स्काउटरको आयोजनामा गरिएको स्काउट मित्रता क्याम्प पहिलोपटक सुरुभई सराईमा सम्पन भएको छ ।लुम्बिनी प्रदेशमै पहिलोपल्ट आयोजना गरिएको स्काउट मित्रता क्याम्प तीनदिन सम्म चलेको हो । स्थानीय स्काउट माथागढी गाउँपालिकाको आयोजनामा सुरु भएको स्काउट मित्रता क्याम्प तीनदिन सञ्चालनमा रही सम्पन भएको छ ।

माथागढी गाउँपालिका अध्यक्ष एवं स्काउट संरक्षक यम बहादुर चिदीले उद्घाटन गर्नुभयो । उहाँले कार्यक्रमकाे प्रमुख आतिथ्यता गर्नुहुँदै स्काउटकाे मित्रता क्याम्प उद्घाटनमा मन्तव्य राख्नुहुँदै भन्नुभयो क्याम्पमा सहभागी विद्यार्थीहरूले समुदायप्रति निर्वाह गर्ने जिम्मेवारी, असल हुनुपर्ने भन्दै नागरिक प्रतिको जिम्मेवारी सिक्नाई याे कार्यक्रमले सहज हुने र विद्यार्थीलाई अनुशासनमा राख्न समेत कार्यक्रमकाे महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । माथागढी गाउँपालिकाकाे आयाेजित स्काउट मित्रता क्याम्पकाे उद्घाटन कार्यक्रममा गाउँपालिका स्काउट प्रमुख एवं माथागढी गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, माथागढी वडा नम्बर-३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगर लगायतले स्काउट क्पाम्प सञ्चालनले विद्यार्थीहरुलाई थप अनुशासन र सहयोगी भावको व्यक्ति बनाउने बताउँदै स्काउट मित्रता क्याम्प कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिनु भएको थियो।

बिहीबार देखि शुरु भएको मित्रता क्याम्पमा माथागढी गाउँपालिकाका अठारवटा विद्यालयका एक सय चाैतीस जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्काउट मित्रता क्याम्प कार्यक्रममाआजको बिचार माधव घिमिरे र स्काउट प्राथना सोभिता रानाले गराउनु भएको थियो। तीनदिन सम्म चल्ने स्काउट क्याम्पमा स्काउट विद्यार्थीहरूलाई सत्य नारायण शाही र रोजिना शाहीले प्रशिक्षण दिनुभएको हाे । माथागढ़ी स्काउटको प्रथम मित्रता क्याम्पको दोस्रो दिन शुक्रबार बेलुकी सिब राघिनी प्रज्वलन कार्यक्रम राखिएको थियो भने तीनदिनसम्म चलेको स्काउट मित्रता क्याम्पकाे समापन कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुकाे प्रमुख आतिथ्यता रहेको थियोे ।

समापन कार्यक्रमकाे अवसरमा शुभकामना मन्तव्य राख्नुहुँदै स्वास्थ्य मन्त्री सारुले याे स्काउट मित्रता क्याम्प कार्यक्रमले विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञान र सीपयुक्त बनाउन यस्ता क्याम्प तथा तालिमले सहयोग पुर्‍याउने बताउँनुभयो । उहाँले अबका विद्यार्थीहरू सैद्धान्तिक अध्ययनसँगै प्रविधि र सीपमा पनि आफ्नो अब्बलता देखाउन सक्नुपर्ने धारणा मन्त्ब्यमा राख्नु भएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदी जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी, बुद्धिजीवी,पत्रकार लगायतको विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियो ।कार्यक्रम स्काउट माथागढीका आयुक्त शोभा भट्टराईको अध्यक्षता र शिक्षा शाखा प्रमुख प्रकाश पाठकको संचालनमा भएको थियो । सिब राघिनी प्रज्वलन संगै सहभागी स्काउट बिद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको थियो ।विभिन्न समुह मार्फत गीत तथा नृत्यकाे प्रस्तुत गर्दै मित्रता क्याम्पमा रचनात्मक कार्य गर्दै क्याम्पमा सबैलाई स्काउट विद्यार्थीहरुले मनोरंजन प्रदान गरेका थिए ।

स्काउट मित्रता क्याम्पको अन्तिम दिनकाे स्काउट मित्रता क्याम्प समापन समाहारोमा आफ्नो मन्तब्य राख्दै प्रमुख अथिति एवं माथागढ़ी गाँउपालिका अध्यक्ष् यम बहादुर चिदी, स्काउटको तालिमबाट बिभिन्न कुरा सिक्ने अवसर पाएको र त्यसलाई ब्यहारमा उतार्न आग्रह गर्नु भएको थियो । त्यस्तै वडा अध्यक्ष तेज घर्ति मगरले सहभागी बिद्यार्थीहरुको उर्जा र प्रस्तुति देखेर आफु प्रभावित भएको बताउँनुभयो । त्यस्तै वडा सदस्य मानबहादुर रानाले स्काउटको यो मित्रता क्याम्पले बिद्यार्थी बीच सम्बन्धलाई थप गाढा हुने बताउँनुभएको थियो । त्यस्तै समापन कार्यक्रममा बोल्दै सहभागी बिधार्थीहरुकाे प्रिन्सा राना, कबिर रेशमी, राष्ट्रिय प्रशिक्षक सत्यनारयण शाही लुम्बिनी प्रदेश कार्य समिति सदस्य सुशिला गोदार लगायतले आफ्ना भनाई राख्नु भएको थियो । समापन कार्यक्रम माथागढी स्काउटका आयुक्तशाेभा भट्टराई अध्यक्षता र शिक्षा शाखा प्रमुख प्रकाश पाठकको स्वागतमा भएको स्काउट मित्रता क्याम्प कार्यक्रमकाे शिक्षक नारायण रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *