पाल्पा, ‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या माध्यमिक विद्यालय’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । मोहन कन्या माध्यमिक विद्यालयकाे हिरक महोत्सव अवसरमा एकदिने प्राविधिक सीप सहितकाे नारी शिक्षा र माेहन कन्या विषयक गोष्ठी गरिएको हो । तानसेन नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विभिन्न कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जहाँ पूर्व विद्यार्थी सिर्जना काफ्लेले महिला सशक्तीकरण शिक्षा र सामाजिक रुपान्तरण, शिक्षक गोपाल प्रसाद बस्यालले गुणस्तर र डिजिटल सीप सहितको नारी शिक्षाको मुल्य र मोहन कन्या माविको योगदान र इन्जिनियर तिलकराम भण्डारीले नारी सशक्तीकरणको आधार कम्प्युटर इन्जिनियरिङ र मोहन कन्या माध्यमिक विद्यालय विषयमा केन्द्रीत कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे।
कार्यक्रममा प्रमुख अतिथि एवं तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले महिला सशसक्तिकरणका लागि स्वयंम महिला आफै अग्रसर हुनुपर्ने बताउँदै मोहन कन्या मावि पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भएको बतायँनुभयाे ।कार्यक्रमका अतिथि रहनुभऐका नगरप्रमुख श्रेष्ठले विद्यालयको समग्र विकासका लागि नगरपालिकाले विगतदेखि नै विभिन्न सहयोगहरु उपलब्ध गराउदै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा प्रस्तुत कार्यपत्र माथि आ–आफ्ना धारणा राख्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ , नेकपा एमालेका उपसचिव मिना जिसी,राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामी, पूर्व प्रध्यापक देबप्रसाद बज्राचार्य, केशलक्ष्मी श्रेष्ठ , पूर्व सहायक प्रअ द्वारिका शर्मा, पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले राणकालीन समयमा स्थापित भएको यो विद्यालयलाई थप परिस्कृत बनाएर लैजानु पर्ने आवश्यकता रहेको र विद्यालयले शिक्षाको गुणस्तर बढाउनलाई विद्यालय ब्यवस्थापन समिति शिक्षक अभिभावक एवं समुदायकाे संयुक्त सहकार्य र सरोकारवालाहरु सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिनुभएकाे थियोे ।
गोष्ठीमा मोहन कन्याको गौरवमय इतिहास कायम राख्न बहस हुन जरुरी रहेको,छात्रावासमा सुधार, प्राविधिक शिक्षामा जोड दिनुको साथै पढ्दै सिकाउदै र कमाउदै गर्ने जस्ता सीप मुलुक शिक्षाको विकास गर्नु आजको आवश्कता रहेको, लैङ्गिक विभेद, जातीय छुवाछूत जरैदेखि फाल्न र युवाहरुको विदेश पलायन रोक्न राज्यले समग्र शिक्षा प्रणालीमै सुधार गरि अघि बढनु पर्ने निष्कर्ष निकालिएको छ । विचार गाेष्टी विद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद ज्ञवलीको स्वागतमा सहायक प्रधानाध्यापक रिना श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।