प्रेस चाैतारी नेपाल पाल्पाबाट आठ पत्रकार पुरस्कृत

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाबाट आठ जना पत्रकारहरू पुरस्कृत हुनुभएको छ। प्रेस चाैतारी नेपालले चाैतारीमा आवद्ध रहेका पत्रकारहरूलाई विभिन्न विद्यामा स्थापित पुरस्कार वितरण गर्ने भएको हाे ।

विजया दशमी तथा शुभ दीपावलीकाे अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कार छनाैट समितिका तर्फबाट संयाेजक राजेन्द्र लिगलले सम्मानित हुने पत्रकारहरूकाे नाम सार्वजनिक गर्नुभएको थियोे । नाम सार्वजनिक गर्दै उहाँले दशै तथा शुभ दीपावलीकाे अवसरमा शुभकाममा आदानप्रदान कार्यक्रममा जानकारी गराउँनुभयाे । प्रेस चाैतारी नेपाल पाल्पा शाखाकाे विविध विद्यामा स्थापित पुरस्कारबाट सम्मानित हुनेमा अन्नपूर्ण दैनिकमा आवद्ध कृष्ण पोखरेल,सामुदायिक रेडियो मदनपाेखरामा आवद्ध गुणबती केसी,कुटुम्भ एफएम तानसेनमा आवद्ध नारायण न्याैपाने,माडी भ्यू डटकम पाल्पामा आवद्ध विजय बाैडेल,राष्ट्रिय न्यूज डटकम पाल्पामा खेमराज पाण्डे,समाचार घर साप्ताहिकमा आवद्ध दयाराज न्याैपाने, सामुदायिक रेडियो मुक्तिनाथ एफएममा आवद्ध भुवन रायमाझी र सामुदायिक रेडियो रामपुर पाल्पामा आवद्ध शाेभाकान्त पाठकलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

प्रेस चाैतारी नेपाल पाल्पाले आयोजना गरेको विजया दशमी तथा शुभ दिपावली, नेपाल संवत, तथा छठ पर्व कार्यक्रमको अवसरमा शुभकामना आदान सँगै उक्त पुरस्कारलाई घोषणा गरिएको हाे। पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक गर्दै प्रेस चौतारी नेपालले पत्रकारिता क्षेत्रमा निरन्तररूपमा सक्रिय रही पाल्पामा पत्रकारिता गर्ने पत्रकारहरुलाई वार्षिक रूपमा कार्यक्रम गरेर पुरस्कृत गर्ने गरिएको पुरस्कार छनौट समितिका संयोजक एवं निवर्तमान अध्यक्ष राजेन्द्र लिगलले बताउँनुभयाे। उहाँले पुरस्कृत हुनुभएका पत्रकारहरू नाम वाचन गरि घोषणा गर्नुहुदै शुभकामना दिनुभएको थियोे । अहिलेसम्म प्रेस चाैतारी नेपाल पाल्पा शाखामा तुलबहादुर अधिकारीले स्थापना गर्नुभएकाे प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार, ओमबहादुर घर्ती मगरले स्थापना गर्नुभएकाे भद्रबहादुर स्मृति पत्रकारिता पुरस्कार, रामबहादुर राउतले स्थापना गर्नुभएको तुलसा/तुलबहादुर स्मृति पत्रकारिता पुरस्कार, द्धारिकाप्रसाद नेपालले स्थापना गर्नुभएको सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार, विष्णु बहादुर कार्कीले स्थापना गर्नुभएको गिता स्मृति पत्रकारिता पुरस्कार, न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कारबाट गुणवती के.सी., राजु प्रसाद श्रेष्ठले स्थापना गरेको शेष कुमारी/लोक कुमारी पत्रकारिता पुरस्कारबाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी/रुपनारायण स्मृति पत्रकारिता पुरस्कारबाट शोभाकान्त पाठक पुरस्कृत हुनु भएकाे छ। पुरस्कृत हुनुहुने पत्रकारहरुलाई भव्य कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गर्ने छनौट समितिका संयोजक लिगलले बताउँनुभयाे ।

त्यस्तै प्रेस चौतारी नेपालका जिल्ला सचिवालय सदस्य रिमा सोमै सामुदायिक रेडियो प्रसारक संघ (अकोराप)लुम्बिनी प्रदेश उपाध्यक्ष र विजय वौडेल नेपाल दलित पत्रकार संघको जिल्ला अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापनका साथ प्रेस चौतारी नेपाल पाल्पाले निर्वाचित द्वयलाई सम्मान गरेको छ ।कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सिनाले प्रेस चौतारी पाल्पाले आफ्ना सदस्यहरु सक्रिय,जुझारु बनाउदै पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नको लागि हौसल्ला बढाउनलाई पत्रकारहरुकाे सम्मान एवं पुरस्कृत गर्ने गरेको बताउँनुभयाे ।

कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्माले यस्तो सम्मान तथा पुरस्कारले सञ्चारकर्मीलाई सञ्चार क्षेत्रमा काम गर्न हौसल्ला बढ्ने र जोस् जागर आउने बताउँदै आत्मबल समेत बलियो हुने भएकाले प्रेस चौतारी नेपाल पाल्पाले वार्षिक रुपमा पुरस्कृत गर्ने कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको आगमनलाई सहयोग पुगेको बताउँनुभयाे । प्रेस चाैतारीकाे दशै शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले अझै पनि खोज र अनुसन्धानमुलक पत्रकारिताको महत्व बढी नै रहेकाले खोजी समाचारमा सक्रिय हुन पत्रकारहरुलाई आग्रह गर्नुभयाे । उहाँले कार्यक्रममा बाेल्दै भन्नुभयो काम गर्नेले नै आफ्नो पेशालाई सम्मानित बनाउने हाे त्यसै अनुसार सक्रिय भएर आफ्नो कर्म गर्नुपर्ने बताउँनुभयाे।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले खोजी पत्रकारिता हराउँदै गएको पत्रकारितामा आचारसंहिता पालना नभएको बताउँनुभयाे।कार्यक्रममा चौतारीका अध्यक्ष कृष्ण कार्कीले नयाँ पुस्तालाई हौसल्ला बढाउन,पुराना पुस्तालाई सम्मान गरी टिकाई राख्नका लागि संस्थामा आवद्ध पत्रकारहरुको सम्मान,हौसल्ला बढाउन, गरिरहेको कर्म पेशाप्रति गर्व महशुस गराउन चौतारीले नियमित रुपमा विभिन्न दाताहरुको सहयोगमा स्थापित पुरस्कार प्रदान गर्दै आएको बताउँनुभयाे । उहाँले हाम्रा चाडपर्वले सबैलाई खुसी बनाउने समेत अध्यक्ष कार्कीले बताउँनुभयाे । दशै शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय अनुगमन विभागका सदस्य नवराज ज्ञवाली,पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रदेश सदस्य कृष्ण पोखरेल, प्रेस युनियन पाल्पा निवर्तमान अध्यक्ष भरत शर्मा, प्रेस सेन्टर पाल्पा अध्यक्ष कृष्ण दर्नाल,संचारिका समुह पाल्पाकी सचिव रुपा थापा लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई दिनुहुँदै आउदै गरेको चाडपर्वले सबैलाई खुसी प्रदान गरोस् भनि शुभकामना व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पा जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता उपाध्यक्ष सन्तोष बस्यालकाे स्वागत र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *