पाल्पा, प्रगतिशील श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल, पाल्पा शाखा स्थापनाको पच्चीस औं वर्ष प्रवेश अवसरमा दिप प्रज्वलन तथा रजत वर्षमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रमुख अतिथिको रुपमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रेस चाैतारी नेपाल पाल्पामा पच्चीस वर्ष अघि केशवराज नेपालको नेतृत्वमा गठन भइ प्रेस चौतारी नेपाल पाल्पा स्थापना भएको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले बैशाख २७ गते स्थापना दिवसकाे रूपमा मनाउँदै आएको छ ।
माक्र्सवादी दृष्टिकोण, प्रगतिशील विचार र जनताको बहुदलीय जनवादकाे आलाेकमा रही लोकतान्त्रिक परिपाटीको प्रवर्द्धन गर्ने उदेश्य राखीअनुसन्धानमूलक व्ववसायिक खाेज पत्रकारिता गर्ने र सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्ने प्रेस चौतारीको मुख्य उद्देश्य हुनुपर्ने स्वास्थ्य मन्त्री सारुले बताउँनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य मिलन विक, एमाले पाल्पा उपाध्यक्ष विमल काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस चाैतारी पाल्पा शाखा संस्थापक अध्यक्ष केशवराज नेपाल, निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, प्रेस चौतारी प्रदेश सचिव कृष्ण पोखरेल, जिल्ला अध्यक्ष कृष्ण कार्की, सचिव दयाराज न्यौपाने लगाएतले शाखा स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।



