प्रेस चौतारी पाल्पाकाे बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाबाट आठजना चाैतारी सम्वद्ध पत्रकारहरूलाई पुरस्कृत गरेको छ। प्रेस चाैतारी पाल्पाले आठ पत्रकार पुरस्कृत गर्नुका साथै नेपाल पत्रकार महासंघकाे अधिवेशनमा भर्खरै निर्वाचित हुनुभएका महासंघका निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै स्थानीयतहका जनप्रतिनिधीलाई प्रसंशा-पत्रले सम्मान गरेको हाे।

प्रेस चाैतारी नेपाल पाल्पाले चाैतारी सम्वद्ध पत्रकारकाे पुरस्कार वितरण तथा पत्रकार महासंघका पदाधिकारीहरूकाे बधाई एवं जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुकाे प्रमुख आतिथ्यता भएको पुरस्कार वितरण कार्यक्रममा स्वास्थ्य मन्त्री सारू, पुरस्कार दाता,प्रेस चौतारी नेपाल केन्द्रिय सचिव प्रदिप आचार्य र जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले टिका, माला, दोसल्ला सहित नगद र सम्मान-पत्रबाट पुरस्कार वितरण तथा जनप्रतिनिधिकाे सम्मान गर्नुभएको थियो ।

पुरस्कार वितरण र बधाई तथा सम्मान कार्यक्रममा तुलबहादुर अधिकारीले स्थापना गरेको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार बाट कृष्ण पोखरेल, ओम बहादुर घर्तिमगरले स्थापना गरेको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट नारायण न्यौपाने, डा.रामबहादुर राउतले स्थापना गरेको तुलसा तुलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी, द्वारिकाप्रसाद नेपालले स्थापना गरेको सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट विजय वौडेल, विष्णुबहादुर कार्कीले स्थापना गरेको गीता स्मृति पत्रकारिता पुरस्कारबाट दयाराज न्यौपाने, राजेशकुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कारबाट गुणवती के.सी., राजुप्रसाद श्रेष्ठले स्थापना गरेको शेषकुमारी-लोककुमारी पत्रकारिता पुरस्कारबाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी रुपनारायण स्मृति पत्रकारिता पुरस्कारबाट शोभाकान्त पाठक पुरस्कृत हुनुभएको छ ।

प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । यसैगरी प्रेस चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा भन्दै तानसेन नगरपालिकाका पुर्व नगर प्रमुख अशोककुमार शाही, पुर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीलाई समेत सम्मान गरेको हाे । यसैगरी पत्रकार महासंघमा निर्वाचित कमलराज तिमिल्सेनाको नेतृत्वमा निर्वाचित हुनुभएको सम्पूर्ण पदाधिकारी,कार्यसमिती सदस्य र पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरुलाई प्रेस चौतारी नेपाल पाल्पाले सम्मान गरेको छ ।

बधाई तथा सम्मान कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले राम्रो काम र कर्म गर्नुस सम्मान हुने अवसर सबैको आउने बताउँनुभयाे । प्रमुख अतिथि एवं स्वास्थ्य मन्त्री सारुले विचार आ-आफ्नो भएपनि समाचार निष्पक्ष,बस्तुनिष्ट र सन्तुलित हुनुपर्नेमा बताउँदै गलतलाई गलत हो भन्ने हिम्मत एवं शाहस पत्रकारहरूमा हुनुपर्नेमा जोड दिनु भएको छ ।प्रेस चौतारी नेपालका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेस चौतारी पाल्पा शाखा देशकै नमुना शाखाकाे रहेको बताउँदै सबैलाई बाटो देखाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयाे ।

कार्यक्रममा प्रदेश सांसद राजुप्रसाद श्रेष्ठले अहिले मिस इनफरमेसन,डिस इनफरमेसन र फेक इनफरमेसनको कारण राजनितिक दल देखि पत्रकारसम्मलाई चुनौतीको विषय बनेको बताउँनु भएको छ।बरिष्ट पत्रकार मेघराज शर्माले सबैले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले सबैपक्षले आत्म अनुशासनमा बसेर काम गरेमा देशले चाडै फड्को मार्ने बताउँनुभयाे ।कार्यक्रममा नेपाली काग्रेस जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर,नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र वि.क.,राष्ट्रिय स्वतन्त्र पाटीका दिलिप घिमिरे,राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर,राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी,प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी,लुम्विनी संचार समन्वय परिषद अध्यक्ष यम गाहा मिलन, तानसेन नगरपालिका पुर्व नगर प्रमुख अशोककुमार शाही, प्रेस चौतारी पाल्पा इन्चार्ज राजेश कुमार अर्याल,पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस युनियन केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले पुरस्कृत एवं सम्मानित हुने हरुलाई बधाई दिदै सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्दै सञ्चार कर्मकाे भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको थियोे ।

प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा पुरस्कार छनाैट समिति संयोजक एवं निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको स्वागत र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *