पाल्पा, “समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीको मुल मर्म” भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पाले तेस्रो वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन सम्पन्न गरेको छ ।अधिवेशनले पुनः कृष्ण कार्कीको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति चयन गरेको हाे । अधिवेशनले उपाध्यक्षमा रिमा सोमै र शाेभाकान्त पाठक, सचिव दयाराज न्यौपाने, काेषाध्यक्ष नेत्र गैरे, सह-सचिवद्वय विजय बौडेल र भुवन रायमाझी निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा खेमराज पाण्डे,जनक भट्टराई, खुमबहादुर हरिबहादुर विक, पौडेल,प्रेम बाकाबल,गुणवती केसी र सुमित्रा कँडेल रहनुभएकाे छ ।अधिवेशनले केन्द्रिय प्रतिनिधिमा बन्दना पोखरेल, टीकाराम बस्याल र सन्तोष बस्याल प्रदेश प्रतिनिधिमा नवराज ज्ञवाली, सन्तोष ज्ञवाली,गीता ज्ञवाली चयन भएको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताउँनुभयाे ।
अधिवेशनको उद्घाटन गर्नुहुदै केन्द्रिय अध्यक्ष गणेश बस्नेतले सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी तथ्यको आधारमा सत्य स्थापित गर्न प्रेस चौतारी लाग्नु पर्ने बताउँनुभयाे । उहाँले सरकारले ल्याएको मिडिया विधेयकका बिषयमा बोल्दै भन्नुभयो सामाजिक संजाल र पत्रकारिता फरक रहेको सबैको बुझाई हुनुपर्ने बताउँनुभयाे। अध्यक्ष बस्नेतले विधेयक पत्रकार मैत्री नै हुने र प्रेस स्वतन्त्रता हनन् हुन नदिने उहाँको भनाई थियो ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति एवं पाल्पा क्षेत्र नम्बर-२ का सांसद ठाकुर गैरेले जनतालाई सुसूचित गराउदै सरकारलाई गरेको खबरदारीमा संचारक्षेत्रबाट अग्रणी भुमिका रहेको बताउँनुभयाे । नेपालका हरेक आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै सांसद गैरेले प्रेस चौतारीले समाजलाई आमुल परिवर्तन गर्ने गरि श्रमजीवीका पक्षमा वकालत गर्दै आएको समेत उहाँले बताउँनुभयाे ।प्रेस चाैतारी नेपाल पाल्पाको तेस्रो वार्षिक साधारणसभा तथा ९औँ अधिवेशनमा शुभकामना दिनेहरुमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, प्रेस चौतारी केन्द्रीय सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज तथा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेना,प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा,प्रेस युनियन केन्द्रीय उपाध्यक्ष माधव अर्याल,पुर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा,नेकपा एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्ती लगायतले आ-आफ्नो भनाइ राख्नुहुदै समाजमा भएका अराजकतालाई पत्रकारिता मार्फत न्यूनीकरण गराउन पहल गर्नुपर्ने बताउँनुभएकाे थियोे ।
बन्द सत्र कार्यक्रममा प्रेस चौतारी नेपाल पाल्पा सचिव नारायण न्याैपानेले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र काेषाध्यक्ष नेत्र गैरेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सदस्यहरूले बहुमतका साथ पारित गर्नुभएको थियोे । तेस्रो वार्षिक साधारणसभा तथा ९औँ अधिवेशनकाे अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिब नारायण न्यौपानेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।