पाल्पा, बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०८१/०८२ को योजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समीक्षा सम्पन्न गरेको छ ।यस आवको प्रथम चौमासिक सम्म २१.१५ प्रतिशत बित्तीय प्रगती भएको छ। भने चालु आर्थिक वर्षमा ९५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा २० लाख राजस्व संकलन गर्न सफल भएको चाैमासिक समीक्षा कार्यक्रममा गाउँपालिकाले जनाएको हाे।यस अवधिमा वडातहमा रहेका १५२वटा याेजनाकाे निर्माणलाई खाता संचालन गरिएको भएता पनि सम्झौता भएको याेजनामा सातवटा योजनामात्र सम्पन भएको प्रशासन शाखा प्रमुख सुजन घिमिरेले प्रथम चाैमासिक समीक्षा कार्यक्रममा बताउँनुभयो ।
प्रथम चाैमासिक समीक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आफूहरू जनताको सेवकको रुपमा काम गर्दा छिटोछरितो र विश्वसनीय रूपमा समयमै बिना झन्झट जनताको काम र विकास निर्माणकाे काममा गाउँपालिकाले कार्यसम्पादन गर्न सके मात्र जनप्रतिनिधिहरूको चाहना र बगनासकालीको समृद्धिको खुड्किलो पुरा हुने बताउँनुभयो । उहाँले चाैमासिक समीक्षा कार्यक्रममा बाेल्दै अध्यक्ष चिदीले समग्र गाउँपालिकाकाे विकास र समृद्धीका लागि कर्मचारीहरू र जनप्रतिनिधिहरू एक साथ मिलेर कार्य अगाडी बढ्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले अगाडि बढाएका याेजनाका कामहरुलाई समयमै सम्पन्न गर्नु हाम्रो पहिलो दायित्व हुने उल्लेख गर्नु भएको थियो ।
प्रथम चाैमासिक समीक्षा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले समीक्षा कार्यक्रमले समयमै काम सम्पनलाई मद्दत पुग्ने भएकोले यसको विशेष महत्त्व रहेको बताउँनुभएको छ । उहाँले गाउँपालिकाले असार अगावै याेजनाकाे काम सम्पन्न गर्ने सबैको एकता आवश्यक रहनेमा समेत जोड दिनुभयो ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले कार्यक्रमको औचित्यता बारे प्रष्टाउँदै कार्यालयबाट सम्पादन हुने समग्र काम, विकास निर्माणका याेजना र कार्यालयबाट हुने सेवा प्रवाहको अवस्थाबारे समीक्षा कार्यक्रमले सहयोग पुग्ने बताउँनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत छिनालले समीक्षा कार्यक्रममा बाेल्दै भन्नुभयो। गाउँपालिकाले हरेक गतिविधिलाई जनताको नजिक गराउदै विकास निर्माणका काम जनस्तरसम्म पुर्याउने प्रयासमा समीक्षा कार्यक्रम फलदायीहुने विश्वास व्यक्त गर्नुभयो । प्रथम चाैमासिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिका विषयगत शाखाका कर्मचारीहरू र पत्रकार लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा सत्र वटा विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना शाखामार्फत भए गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा कार्यक्रममा सहभागीहरूले राख्नुभएको प्रश्न र जिज्ञासा माथि गाउँपालिका विषयगत शाखा प्रमुखले उठेका प्रश्नकाे जवाफ दिने र जिज्ञासालाई सम्वाेधन गर्नुभएको थियोे । चाैमासिक समीक्षा कार्यक्रम प्रशासन शाखा प्रमुख सुजन घिमिरे र बालमैत्री फोकल पसर्न नारायण तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।