नवराज ज्ञवाली पाल्पा, बगनासकाली गाउँपालिले १७ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँसभामा विषयगत समितिका संयोजकहरूले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।गाउँपालिकाकाे विषयगत शाखाबाट भएको काम तथा प्रगतिकाेसमीक्षात्मक जिज्ञासा सहितको सुझाव राख्दै संयाेजकहरूबाटप्रस्तुत प्रगति प्रतिवेदनलाई गाउँसभाका सदस्यहरूले बहुमतका साथ प्रस्तुत प्रतिवेदन पारित गर्नुभएको थियोे ।
त्यस्तै कार्यक्रमकाे अवसरमा गाउँपालिकाले आफ्ना विषयगत शाखामा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूकाे उच्च मुल्यांकनका साथ सातजना कर्मचारीलाई सम्मान गरेको छ । १७ औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिका अध्यक्ष सरस्वती चिदी,उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान-पत्र,नगद, मायाको चिनो तथा दाेसल्ला सहित सम्मान गर्नुभएको हो । स्वास्थ्य शाख प्रमुख मणिराम अधिकारी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराई,चापपानी स्वास्थ्य चौकी इन्चार्ज सिर्जना चापागाइँ, रोजगार सेवा केन्द्र प्रमुख सरिता पाण्डे, वडा नम्बर ५ का प्राविधिक तथा सचिव अमर खाम्चा, वडा नम्बर-२का कार्यालय सहायक सनु खड्का र वडा नम्बर-९ का कार्यालय सहयोगी यज्ञप्रसाद पाण्डे सम्मानित हुनुभएको गाउँपालिकाले जनाएको हाे ।




गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले १७ औँ गाउँसभामा वार्षिक बजेट कार्यक्रम रकमान्तर गर्ने प्रस्ताव एवं कार्यपालिका सदस्य उमकला अर्यालले प्रस्ताव गर्नुभएको वन वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक प्रस्ताव गाउँ सभाबाट बहुमत सभा सदस्यहरूबाट स्वीकृति गर्दै हिउँदे अधिवेशनलाई सम्पन्न गरेको छ ।
१७ औँ गाउँ सभामा सदस्यहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिनुहुदै गाउँपालिका अध्यक्ष तथा अधिवेशन सभाध्यक्ष सरस्वती चिदी र उपाध्यक्ष हरिप्रसाद पाठकले हालसम्म भएका कामहरू सन्तोष जनक ढंगबाट सम्पन्न भएको बताउँदै सभामा प्राप्त सुझावका आधारमा आगामी कार्यक्रमहरूअगाडि बढाउँदै जाने बताउँनुभयो । गाउँ सभामा गाउँपालिका अध्यक्ष चिदीले विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएकोमा सभाले अनुमोदन गरेको छ ।



