बराङ्दी सिद्धबाबा मन्दिरमा घिउसीवासमा महायज्ञ सुरू

पाल्पा, बगनासकाली गाउँपालिका – ८ बराङ्दी घिउसीबासकाे सिद्धबाबा मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान तथा महायज्ञ धार्मिक महोत्सव-२०८१ सुरु भएकोे छ ।महायज्ञ शुभारम्भ गर्नुअघि कलश यात्रा गरिएको थियो । महापुराण महायज्ञमा कथा बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन गर्नुहुनेछ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं देवलिला,जनचेतनामुलक नाटक,शास्त्रीय संगितमय भजन कृर्तन प्रस्तुत गर्दै हुनुहुन्छ ।

धार्मिक महाेत्सव कार्यक्रमका प्रमुख अतिथि १००८ स्वामी बिबेकानन्दले यसप्रकारको महायज्ञले सिद्धबाबा धामको प्र्रचार-प्रसार तथा धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने बताउँनुभयो । राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति एवं संघीय सांसद ठाकुरप्रसाद गैरे, प्रदेशसभा सदस्य वीरबहादुर राना, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।यस क्षेत्रलाई धार्मिक तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नुका साथै मन्दिर परिसरमा भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएका मूल आयोजक समिति संयोजक गणेश प्रसाद बस्यालले बताउँनुभयो ।

मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा नागदेवता,विष्णु,भगवती देवी लगायतका सबै देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधादेखि मन्दिदरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समिति अध्यक्ष मोहन अर्यालले बताउँनुभयो ।कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष गणेशप्रसाद बस्यालको अध्यक्षता,मन्दिर ब्यवस्थापन समिति अध्यक्ष मोहन अर्यालको स्वागत र महासचिव जीवलाल बस्यालको संचालनमा कार्यक्रम चलेको थियो । महायज्ञ माघ ९ गतेसम्म चल्ने मुल आयोजक समिति सचिव सुशील बस्यालले जानकारी दिनुभयो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *