बाँझो जमिनमा प्रयोग गर्ने किसानलाई उत्पादनमा अनुदान दिने रिब्दीकाेटकाे नीति तथा कार्यक्रम सुरु

नवराज ज्ञवाली पाल्पा,रिब्दीकाेट गाउँपालिकाले बाँझो जमिन प्रयोगमा ल्याउन र कृषि पेसालाई आत्मनिर्भर बनाउँदै कृषिलाई व्यवसायिक बनाउन प्रोत्साहन स्वरूप उत्पादन कार्यक्रम मार्फत उत्पादन आधारित अनुदान दिने भएको छ। रिब्दीकाेट गाउँपालिकाले उत्पादन हुने कृषि याेग्य बाँझो जग्गा जमिनलाई कृषि खेती गर्न र बाँझो रहेको जमिनकाे प्रयाेगमा ल्याउनलाई विशेष अनुदान कार्यक्रम ल्याएको हाे ।गाउँ कार्यपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत नीति तथा कार्यक्रम अनुसार बाँझो जमिनमा अकबरे खुर्सानी, बेसार,सुन्तला र बाली जन्य खेती गर्ने किसानलाई उत्पादनमा आधारित भई पचास प्रतिशत अनुदान सहयोग गर्ने कार्यक्रम सुरु गरिएको छ।

रिब्दीकाेट गाउँपालिकाले कृषि खेतीबाट रोजगारी दिने उद्धेश्य राखेर कृषिको माध्यमबाट स्वदेशमा युवा स्वराेजगार र कृषिकाे आत्मनिर्भरता बलियो बनाउँदै कृषि क्षेत्रकाे विकास उत्पादनकाे विस्तार गरि उत्पादन वृद्धि गर्दै गाउँपालिकाभित्रका बाँझो रहेका जग्गा जमिनलाई उपयोगमा ल्याउने गरि उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउँनुभयाे । ‘लगातार दुई वर्ष वा सो भन्दा लामो समयदेखि प्रयोगमा नरहेको जग्गामा खेती गर्न र नगरी बाँझो रहेको जग्गामा खेती गर्नका लागि नागरिकलाई प्रेरित गर्नलाई यस कार्यक्रम मार्फत कृषि उत्पादन बढाउनमा केन्द्रित रहेर गाउँपालिकाकाे प्राेत्साहन स्वरुप पचास प्रतिशत नगद अनुदान उपलब्ध गराउँछौँ, त्यसका लागि सूचना जारी गर्दै बाँझो जमिनमा खेती गर्न अनुरोध समेत गरेका छाैँ’ उहाँले भन्नुभयाे । उहाँले बाँझो जमिनमा गर्न चाहेको खेतीकाे बारेमा गाउँपालिकामा जानकारी सहितको कार्यक्रम माग गराई बाँझो जग्गाको उपयोगमा प्राेत्साहन गर्ने र खेती गर्ने किसानलाई कृषि उत्पादन लगत अनुसारकाे अनुदान रकम दिनसकिने गरि कार्यक्रम अघि बढेको भन्दै त्यसका लागि रिब्दीकाेट गाउँपालिकाले बाँझो जमिनकाे लगत सङ्कलन काम गरि रहेको छ ।” उहाँले भन्नुभयो । रिब्दीकाेट गाउँपालिकालाई कृषिमाआत्मनिर्भर बनाउनलाई कृषिसंग रहेर नयाँनयाँ कार्यक्रम सहित उत्पादनमा जाेडिन कृषि उत्पादन आधारित अनुदान दिने नीति लिएको समेत अध्यक्ष कार्कीकाे भनाइ रहेको छ ।

त्यस्तै रिब्दीकाेट गाउँपालिका कृषि उत्पादनसंग आधारित रहेर अनुदान दिने कार्यक्रमले रिब्दीकाेटकाे कृषिजन्य बस्तुमा हुने आयात र परनिर्भरताकाे अन्त्य हुने, कृषि उत्पादनमा बृद्धि हुने यहाँकाे माैलिक कृषि बालीकाे संरक्षण हुने उत्पादकत्वमा बृद्धि हुदै जाने विश्वासले कृषिक्षेत्रमा व्यवसायीक रूपमा कृषि गर्नका लागि युवाकाे आकर्षण बढाउन जरुरी रहेकोले पनि उत्पादनमा आधारित अनुदानले बाँझो जमिन प्रयोग बढ्ने र युवा स्वराेजगार हुने भएकोले कृषि उत्पादन र प्रकृति हेरेर उत्पादन अनुसारकाे अनुदान प्रोत्साहन रकम उपलब्ध गराउने रणनीति कार्यक्रमकाे व्यवस्था गरिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलले गराउँनुभयाे । उहाँले जसअन्तर्गत आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार प्रस्तावित कार्यक्रममा अकबरे खुर्सानी,बेसार,सुन्तला र अन्य खाद्यबाली तरकारी,फलफूल लगायत खेती गर्नेछन भन्नुभयो । किसानले उत्पादनमा आधारित अनुदान रकम प्राप्त गर्न कृषि समूह वा व्यवसायी कृषि फर्मलाई गाउँपालिकाकाे प्राविधिक मुल्यांकन अनुसार प्राेत्साहन स्वरूप पचास प्रतिशत नगद अनुदान रकम उपलब्ध गराउँदै अघि बढ्ने कार्यक्रम रहेकोले याे कार्यक्रम महत्त्वपूर्ण रहेको उहाँले बताउँनुभयाे।

थोरै कमाइका लागि गाउँ छाेडेर विदेशिने युवाहरु हजारौँ छन्, तर गाउँघरमा बसेर आफ्नो काम गरेर स्वाभिमानका साथ कर्म गर्ने कमै छन् । अवसर छैन भन्नेका लागि याे कार्यक्रमले प्रेरित गर्नेछ, उत्पादन योग्य जमिन वर्षौँदेखि बाँझिदाे छ त्यसको राेकथाम र जमिनकाे प्रयाेगलाई याे कार्यक्रमले उत्साह दिने र प्राेत्साहन गर्नेछ,बाँझो राख्ने जग्गा जमिनकाे अवस्था राेक्न मद्धत गर्नेछ । राेजगारीकाे लागि भन्दै विदेशिने युवाहरूलाई यहीँ स्वराेजगार बन्न प्राेत्साहन मिल्ने गरि अनुदान कार्यक्रम ल्याएकोले पनि कृषि कर्ममा युवालाई काममा लगाउन सके बाँझो जग्गा जमिनकाे प्रयोग बढ्दै जाने, रिब्दीकाेट गाउँपालिकाले रोजगारीकाे अवसर सिर्जना गर्न कृषि कर्म गाउँमै गर्नुपर्छ, श्रम गाउँमै गर्नुपर्छ । युवाहरू आफ्नै गाउँघरकाे माटोमा रम्नु पर्छ र कर्म गर्न प्रेरित गर्नुपर्छ भन्ने अभिप्रायले रिब्दीकाेटले युवाकाे आकर्षण कृषि क्षेत्रमा बढाउन र स्थानीयस्तरमा कृषिकाे पेसामा लाग्न उत्पादनमा आधारित अनुदान दिएर व्यवसायिक कृषि गर्ने वातावरण सिर्जना गर्न प्राेत्साहन गरिरहेको छ। कृषिकाे माध्यमबाट रिब्दीकाेट गाउँपालिकालाई आत्मानिर्भर र सक्षम बनाउँदै आर्थिक समृद्धीमा लैजान सकिन्छ भन्ने विश्वासका साथ गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्नलाई आर्थिक वर्ष २०८१/८२ काे स्वीकृत कार्यक्रम अनुसार बाँझो जग्गामा खेती गर्न आह्वान गरेको छ।

कार्यक्रममा सहभागी हुन किसान तथा व्यवसायी कृषि फर्महरू कृषि समुह खेती गर्नका लागि चाहनेलाई सार्वजनिक सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको जानकारी रिब्दीकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाेखरेलले गराउँनुभयाे । “गाउँपालिकाले लिएको नीति कार्यक्रम अनुसारकाे जग्गाधनीले स्वयं आफैंले गर्न चाहेमा वा जग्गा कसैलाई भाडामा दिएर बाँझो जमिनकाे उपयोग गर्नलाई चाहेमा प्रस्तावित गरिएको याेजना अनुसार खेती गर्न चहानेलाई समेत सहभागी गराउँदै कृषि गर्न चाहन्छन् भने गाउँपालिकाकाे सर्त, नीति अन्तर्गत रहेर भाडाकाे जग्गामा खेती गर्ने व्यक्ति वा कृषि फार्मलाई समेत अनुदान रकम उपलब्ध गराइनेछ” प्रमुख प्रशासकीय अधिकृत पाेखरेलले भन्नुभयाे । भाडामा जग्गा जमीन लिएर कृषि गरिरहेको व्यक्ति वा कृषि समूह कृषि फार्मलाई समेत प्रत्येक्ष फाइदा हुने गरि समेटिएकोले सम्मान समेत गरेको छ । ,उहाँले भन्नुभयो । अनुदान स्वरूप प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था रहेको बताउँनुभयाे । छनोट परेका कृषकलाई जग्गाधनीले पेश गरेको निवेदन,खेती गरेको जग्गा जमिनको फोटो,अनुगमन समितिको प्रतिवेदन र बिल भर्पाइ रिब्दीकाेट गाउँपालिकाकाे प्राविधिक मुल्यांकनको आधारमा प्रोत्साहन स्वरूप अनुदान रकमकाे भुक्तानी दिने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत पाेखरेल बताउँनुभयो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *