बाँसटारी-दमकडा-सराइ-झडेवा सडक अन्तर्गतकाे सालघारी सडक कालाेपत्रे

पाल्पा, लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेको याेजना बाँसटारी-दमकडा-सराइ- झडेवा सडक खण्डकाे सालघारीक्षेत्र सडकलाई कालाेपत्र भएकाे छ । (बाँसटारी-खहरे-देवगीर) याेजनामा प्रदेश सरकारले चालिस लाख रूपैयाँ बजेट विनियाेजन गरेकाे थियाे । तत्कालिन जिल्ला विकास समितिले ओटासिल गरेकाे सडककाे मर्मत सुधार नहुँदा केही वर्षदेखि साे क्षेत्रकाे सडक जीर्ण बनेकाे अवस्था थियाे । याे सडक भएर यात्रा गर्ने यात्रुहरूकाे गुनासाे बढेपछि यसक्षेत्रकाे सडकमा काम भएकाे हाे । यस सडक खण्डमा सडक पूर्वाधार कार्यालय पाल्पाबाट दुई सय मिटर सडक कालाेपत्रे गर्ने काम सकिएकाे कार्यालयले जनाएकाे छ ।

सडक निर्माणका लागि सडक बन्द गरि काम गर्ने भनिएता पनि सडक बन्द नगरी उपयुक्त विकल्प अपनाएर सडक कालाेपत्रे गर्नलाई सुझाव दिएअनुसार नै सडक कालाेपत्रेकाे काम भएकाे माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउँनुभयाे । एकातर्फी सडक संचालन गरेर पनि कालाेपत्रेकाे काम भएकाे उहाँले बताउनुभयाे । सडक कालाेपत्रे भएपछि याे सडक भएर तानसेन, बुटवल, माडी, खहरे, माथागढी लगायतका क्षेत्रमा यात्रा गर्ने यात्रुलाई सहज हुने तानसेन-९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले बताउँनुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *