भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारीकाे सञ्चालक सहित शेयर सदस्यलाई एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

पाल्पा, भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकाेट-४,भैरवस्थानका सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति सहित अन्य उपसमिति पदाधिकारी एवं शेयरसदस्यहरूलाई एकदिने सहकारी शिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । रिब्दीकाेट गाउँपालिका भैरवस्थानमा सहकारीको आफ्नै भवनमा भएकाे तालिममा एक सय बढीको उपस्थिति रहेको थियोे ।

सहकारी संस्थाका अध्यक्ष रामचन्द्र काेईरालाले एकदिने क्षमता विकास अभिवृद्धि कार्यक्रमकाे अध्यक्षता गर्नुहुँदै सहकारीकाे याे क्षमता विकास अभिवृद्धि तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका उपसमितिका पदाधिकारी सहित शेयर सदस्यहरुलाई समेत सहकारी गतिविधि बारेमा थप जानकारी दिने संस्थाले गर्ने सेवालाई प्रभावकारीढंगले सेवा प्रवाह गर्नलाई आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने अध्यक्ष काेईरालाले विश्वास व्यक्त गर्नुभयो ।

सहकारी संस्थाका व्यवस्थापक बिसाल पाेखरेलले संस्थामा यी र यस किसिमकाे तालिमले सदस्यहरूले सहकारी बुझ्ने अवसर पाउने र सदस्यहरूकाे स्वयं सक्रियता बढाउन पनि बेलाबेलामा सचेतता र क्षमता विकास अभिवृद्धि तालिमहरू आवश्यक रहने बताउँनुभयाे । एकदिने क्षमता अभिवृद्धि तालिमकाे अवसरमा बाेल्दै भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे काराेवार विशुद्ध रुपमा समुदायमा आधारित रही गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरिरहेको समेत सहकारीका व्यवस्थापक पाेखरेलले बताउँनुभयो ।

एकदिने सहकारी शिक्षा तथा क्षमता विकास अभिवृद्धि तालिम सहकारी विज्ञ श्रीकृष्ण नेपालकाे सहजीकरणमा संस्थाउपाध्यक्ष ईशा गाैतमकाे स्वागत र संस्थाका सचिव यज्ञप्रसाद ज्ञवालीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *