भैरहवाको अन्तर्राष्ट्रिय उडानसंगै आवागमनमा बढ्यो रौनकता

प्रदेश संवाददाता,रूपन्देहीको भैरहवास्थित सिद्धार्थ गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आवागमनमा रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्न थालेपछि यहाँकाे रौनकता छाएको हो । भैरहवाकाे विमानस्थलबाट तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेसंगै यहाँ राैनकता छाएको छ। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा एकैसाथ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स),जजिरा एयर र फ्लाई दुबईले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरेका हुन् ।

शनिबार कुवेतको जजिरा एयरवेजले उडानको सुरुवात गरेको छ । विमानस्थल सञ्चालन पछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ । शनिवार बिहान ७ः४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सूचना अधिकारी विनोदसिंह राउतले जानकारी गराउँदै भन्नुभयो । अब यहीँबाट संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाईट दुबईले पनि उडानको सुरुवात गरि रहेको छ उहाँले भन्नुभयो । सूचना अधिकारी राउतका अनुसार शनिवार दिउँसो २ः३५ बजे १५९यात्रुसहित भैरहवा गाैतम बुद्ध विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई १५९ मध्ये १० जना भैरहवा ओर्लिएको बताउँदै उक्त फ्लाइटले पुन: बाँकी १४९ यात्रु सहित भैरहवाबाट काठमाडौं प्रस्थान गरेको त्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी राउतले बताउँनुभयाे ।

रूपन्देहीको भैरहवास्थित गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उडानलाई पानीको फोहोराले स्वागत गरिएको गाैतम बुद्ध विमानस्थल भैरहवाले जनाएको हाे । यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडान गरेको जनाइएको छ । शनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताउँनुभयाे । त्यस्तै उहाँले भन्नुभयो । संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने छ । नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि स्थानीय सरोकारवाला हौसिएका छन् । नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन थालेपछि यहाँकाे पर्यटन क्षेत्रहरूले फड्को मार्ने धेरैले विश्वास लिएका छन् । यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको संख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको थियो । उसले कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको होे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएकाले गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेको हो । नेपाल नागरिक उडान प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *