मदन पाेखरा बहुप्राविधिक शिक्षालयकाे विशेष बैठक सम्पन्न

पाल्पा, तानसेन नगरपालिका दमकडास्थित रहेको मदनपोखरा बहुप्राबिधिक् शिक्षालय पाल्पाले भोगाधिकार गरेको जग्गाकाे रेखाङ्कन सम्वन्धमा विशेष बैठक बसेकाे छ । बहुप्राविधिक शिक्षालयले भाेगाधिकार गरेको जग्गाको क्षेत्र सीमाङ्कन तथा शिक्षालय परिसरभित्रकाे सुरक्षार्थका लागि तारबार गर्ने विषय सन्दर्भमा विशेष बैठक बसेकाे हाे। मदनपाेखरा बहुप्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको अध्यक्षतामा बसेकाे बैठकले बहुप्राविधिक शिक्षालयको अवस्था र नियमित कार्य सम्बन्धमा विशेष छलफल गर्दै बैठक सम्पन्न गरेको छ ।

बहुप्राविधिक शिक्षालयकाे विशेष बैठकमा तानसेन ९ दमकडा ( साविक मदनपोखरा गा वि स ) क्षेत्रको करिब १९९ रोपनी क्षेत्रफलमा रहेको बहुप्राविधिक शिक्षालयको जग्गा सुरक्षा तथा तारवार निर्माण गर्ने विषयमा छलफल सहित बैठक सम्पन्न भएकाे हाे । बैठकमा बहुप्राविधिक शिक्षालय भवन र जग्गाको सुरक्षामा ध्यान दिनुपर्ने विषयमा महत्त्वपूर्ण छलफल गरिएको हाे । बैठकमा नियमित व्यवस्थापन गर्नुपर्ने विषयमा प्रमुख जिल्ला अधिकारीको विशेष जोड रहेको थियो भने बहुप्राविधिक शिक्षालयको वर्तमान अवस्थामा भइरहेकाे नियमित गतिविधि र क्रियाकलापहरूको बारेमा शिक्षालय प्रमुख प्रदिपराज पाण्डेले बताउँनुभएको थियो ।

शिक्षालयकाे बैठकमा तानसेन नगपालिका प्रतिनिधि प्रदिप खनाल, वडा नम्बर ९ का अध्यक्ष राजेशकुमार अर्याल, आमन्त्रित अतिथिको रुपमा पाल्पा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, समन्वयका उप-प्रमुख काशीका ज्ञवाली, मालपोत अधिकृत दुर्गाप्रसाद खनाल, नापी अधिकृत अर्जुन पाैडेल, विशेष नापी पाल्पाका सर्भेक्षक निशान प्रभात अधिकारी लगायतको उपस्थिति तथा आतिथ्यता रहेको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *