पाल्पा, तानसेन नगरपालिकाकाे दमकडाकास्थित माडीफाँटका डुबान पीडित किसानलाई कृषि ज्ञान केन्द्र पाल्पाले धानको बीउ दिएको छ। पाल्पाको माडीफाँटमा गतवर्ष आएको वर्षा कारण तिनाउ खोलामा आएको बाढीले फाँटमा लगाएको धानकाे बाली नष्टभई बाडी डुवानमा परी क्षति पुगेका किसानलाई धानको बीउ वितरण गरिएको हाे ।अन्न भण्डारकाे रूपमा चिनिने तानसेन माडीफाँटमा लगाएको धानबाली डुबान भई नष्ट भएपछि पीडित किसानहरूलाई राहत स्वरूप कृषि ज्ञान केन्द्र पाल्पाले धानको बीउ वितरण गरेको छ ।
गतवर्षकाे वर्षायाममा परेको अविरल वर्षाले तिनाउ खाेलामा बढेकाे बाडीका कारण धान खेतमा बाडी पसेर खेतलाई बगर र लगाएको धान बालीलाई नष्ट गरेपछि बाडी पिडीत किसानलाई प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा बसेकाे जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाको बैठक निर्णय अनुसार कृषि ज्ञान केन्द्र पाल्पाले धानको बीउ खरिद गरि वितरण गरेको कृषि ज्ञान केन्द्र प्रमुख अरबिन्दमणि त्रिपाठीले बताउँनुभयाे । उहाँले पाल्पा तानसेन नगरपालिका-९, दमकडा, मदनपोखराक्षेत्रका ३७ जना पिडित किसानलाई राहत स्वरूप धानको बीउ वितरण गरिएको बताउँदै भन्नुभयो १ सय ७१ रोपनी खेतका लागि ३ किलोका दरले ५ क्बिन्टल १३किलो धानको बीउ खरिद गरि माडीफाँटका किसानलाई वितरण गरिएको बताउँनुभयाे । उहाँहरूलाई साँवा मन्सुली (सब वन) जातको धान खरिद गरि वितरण गरिएको कृषि ज्ञान केन्द्र सूचना अधिकारी मनिषा पौडेलले बताउँनुभयाे ।
कृषि ज्ञान केन्द्र पाल्पामा लुम्बिनी प्रदेश सरकारबाट कुल दुई लाख बजेट पठाएको थियो । सोही अनुसार तरकारी बाली क्षति भएका तानसेन नगरपालिका-९ कै तीन जना किसानलाई पनि राहत प्रदान गरिएको सूचना अधिकारी पौडेलले जानकारी गराउँनुभयाे । उहाँका अनुसार बगनासकाली गाउँपालिका-४, खानीछापका सुन्तला किसान नारायण प्रसाद अर्याललाई पनि कृषि ज्ञान केन्द्रले क्षति वापत राहत उपलब्ध गराएको जनाउँदै अर्यालको सुन्तला बगैंचामा पहिरोले क्षति पुगेको,दाना लागेका बोटहरु सबै ढलाएकाले राहत दिइएको कृषि ज्ञान केन्द्र सूचना अधिकारी पाैडेलले भन्नुभयो । उहाँलाई स्प्रेयर सिकेचर,आरी, पाइप लगायत सामग्री वितरण गरेको हो । तिनाउ गाउँपालिका-५,का किसानलाई धानको खेती भएको जग्गा नै भासिएकोले उहाँहरूलाई सिँचाइकाे व्यवस्थापनका लागि पाइप खरिद गरि वितरण गरिएको सूचना अधिकारी पाैडेलले कुराकानीमा बताउँनुभयाे ।
गतवर्षकाे वर्षायाममा बगनासली र माथागढी गाउँपालिकाको सीमा लालपाटीक्षेत्रमा समेत तिनाउ खोला फुटेर माडीफाँटका किसानलाई ठूलो क्षति पुगेको तानसेन नगरपालिका-९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउँनुभयाे । वडाअध्यक्ष अर्यालका अनुसार तिनाउ खोला र तानसेन खोलाले बर्सेनी किसानको धान खेतमा बाढी पसेर ठूलो क्षति पुग्ने गरेको छ । माडीफाँटका बुढुवा,अम्लिहानमा तानसेन खोला तिनाउ खोला वर्षामा सधैँ पस्ने गर्छ उहाँ भन्नुहुन्छ । रोपेको धान खेतमा भल सहितको बाढी पसेपछि डुबान हुने र बगरमा परिणत हुने गरेको बताउँदै वडाअध्यक्ष अर्यालले माडीफाँट क्षेत्रमा हरेक वर्ष जसाे तानसेन नगरपालिका, बगनासकाली,माथागढी क्षेत्रका नागरिक हरूकाे चार हजार रोपनी भन्दा बढी धान खेत डुबानमा पर्ने गर्छ ।
‘माथिल्लो भेगको पानी बगेर आउने र लामो समयसम्म वर्षा हुनासाथ माडीफाँट डुबानमा पर्ने समस्या हरेक वर्ष जसाे हुन्छ,’ वडाध्यक्ष अर्यालले भन्नुभयाे, ‘तिनाउ खोला क्षेत्रको निकासमा केही भाग उकास भएकाले पनि समस्या हुने गरेको छ ।’ उहाँ भन्नुहुन्छ । यस वर्ष तिनाउ खोलाको लालपाटी क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले पच्चीस लाख बजेट विनियोजन गरेर काम अघि बढाएको छ । तर समयमा ठेक्का व्यवस्थापन हुँन नसक्दा भने यसवर्ष पनि बाढीको जोखिम कायमै रहेको माडीफाँट आसपास रहेका किसानहरू बताउँनुहुन्छ । उहाँहरूकाे भनाइ अनुसारमा अहिलेसम्म काममा ढिलासुस्ती छ । उकास क्षेत्रमा गिट्टी बालुवा निकाल्ने गरेपनि पुन: बगाएर लगेर डुबानमा पर्ने समस्या रहेको किसानको गुनासो छ । तिनाउ खोला क्षेत्रमा बगर जमेर बसेपछि माडी आसपासका खेतहरू बर्सेनि डुबानमा पर्दै आएको समेत स्थानीयहरू बताउँनुहुन्छ ।
