पाल्पा, माथागढी गाँउपालिकाकाे वडा कार्यालय कसेनीले १३६ ओैँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पाँच सय एघार श्रमिककाे दुर्घटना बीमा गर्दै “श्रमिक अन्तरक्रिया ” कार्यक्रम आयोजना गरेको छ । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर माथागढी गाउँपालिकाले पाँच सय एघार जना श्रमिकहरुको लागि दुर्घटना बीमा गरेको हाे ।
माथागढी गाउँपालिकाले श्रमिककाे दुर्घटना बीमा गराउदै काम गर्ने स्थलमा दुर्घटना भई कुनै पनि श्रमिकको मृत्यु भएमा चार लाखसम्म बीमाकाे रकम भुक्तानी पाउने गरी श्रमिकहरूका लागि बीमा गरिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउँनुभयो । दुर्घटना भएर उपचार गर्नुपरेमा एक लाखसम्म उपचार खर्च पाउने र अङ्गभङ्ग भएकाे खण्डमा चार लाखसम्म गाउँपालिकाभित्रका श्रमिकले आर्थिक रकम बीमा वापतकाे रकम पाउने सम्झौता सहित व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष चिदीले जानकारी गराउँनुभयो । उहाँले कार्य स्थलमा श्रमिककाे दुर्घटना बीमाका लागि आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स कम्पनीसँग सम्झौता भएको छ भन्नुभयो ।
दुर्घटना बीमा गरेका व्यक्तिले आफू घटनामा परेपछि तत्काल कम्पनी वा गाउँपालिकालाई जानकारी दिएर सेवा लिन सक्ने कम्पनी प्रदेश प्रमुख ध्रुबप्रसाद कोइरालाले आग्रह गर्नुभयो ।अन्तक्रिर्या कार्यक्रम गाउँपालिका अध्यक्ष यमबहादुर चिदीको प्रमुख आतिथ्यतामा भएको अन्तक्रिर्या कार्यक्रममा वडाअध्यक्ष तेजबहादुर घर्ती मगरको अध्यक्षता एवं वडा सचिव केशव जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



