माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकाे काम सुरू

पाल्पा, माथागढी गाउँपालिकाले प्रशासकीय भवन निर्माणकाे काम सुरू गरेको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्नका लागि गाउँपालिका अध्यक्ष यमबहादुर चिदी,उपाध्यक्ष बिष्णुमाया लुङ्चे र जग्गादाताकाे संयुक्त रूपमा प्रशासन भवन निर्माण गर्नका लागि जगपुजा गरि प्रक्रिया सुरू गर्नुभयो ।

गाउँपालिकाकाे प्रमुख प्रशासकीय भवन निर्माणका लागि डा. सुर्यबहादुर जिसी, गोविन्दबहादुर जिसी, श्यामबहादुर जिसीले माथागढी गाउँपालिकालाई जग्गा प्रदान गर्नुभएको थियो ।जग्गादाताले माथागढीकाे झडेवा फाँटमा साढे आठ रोपनी जग्गा प्रदान गरेसंगै गाउँपालिकाकाे आधुनिक प्रशासकीय भवन निर्माणको काम सुरू गरिएको हो । माथागढी गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण गर्नलाई गाउँपालिकाकाे आफ्नो ४० प्रतिशत तथा संघीय सरकारको ६० प्रतिशत रकम खर्च हुनेछ ।

भवन निर्माणका लागि कुल ६ करोड ७६ लाख ८५ हजार रुपैयाँ खर्च लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउँनुभयो । गाउँपालिकाको प्रशासकीय भवन बनेपछि सेवाप्रवाहमा थप सहज हुने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउँनुभयो । उहाँले भवन निर्माणका लागि जगपूजाकाे कार्यक्रममा बाेल्दै गाउँपालिकाकाे हाल तत्कालिन झडेवा गाविसको भवनबाट गाउँपालिकाको सेवा प्रवाह भइरहेको जानकारी दिनुभएको छ । भवन निर्माण आगामी २०८२ चैत २२ गतेभित्र सम्पन्न गर्ने गरी माथागढी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *