माथागढी गाउँपालिकाबाट १२८ जना किसानलाई हाते ट्याक्टर वितरण

पाल्पा, माथागढी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बस्ने नागरिक किसानहरूलाई कृषि यन्त्र सामग्री हाते ट्याक्टर प्रदान गरेको छ। स्थानीय तहको कृषि प्रवर्द्धन र आधुनिकिकरणलाई कार्यक्रमलाई लक्षित गर्दै गाउँपालिकाले एक सय अठ्ठाइस जना किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको हो ।

माथागढी गाउँपालिकाले आयोजना गरेको हाते ट्याक्टर वितरण कार्यक्रममा अध्यक्ष यमबहादुर चिदीको अध्यक्षतामा गरिएको विशेष कार्यक्रममा गाउँबासी किसानहरूलाई हाते ट्याक्टरहरू वितरण गरिएको थियो। गाउँपालिका अध्यक्ष चिदीले ट्याक्टर वितरणमा बाेल्दै कृषि यान्त्रीकरणको माध्यमबाट उत्पादन वृद्धि र किसानको श्रमलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाबाट किसानलाई हाते ट्याक्टर वितरण गरिएको जानकारी दिनुभयो । “कृषि आधुनिकिकरण बिना गाउँको समृद्धि सम्भव छैन। त्यसैले हामी किसानका समस्या बुझेर यस्ता कार्यक्रम अघि बढाइरहेका छौं,” अध्यक्ष चिदीले कार्यक्रममा भन्नुभयो ।

किसानहरूले हाते ट्याक्टर पाएपछि कृषि कार्यमा सहजता हुने बताउँदै अध्यक्ष चिदीले कृषि उत्पादनकाे लागत घट्ने उच्च उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूलाई गाउँपालिकाकाे यस किसिमकाे सहयोगले कृषि खेती गर्नलाई कम श्रम र बढी कृषिक्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने समेत बताउँनुभयाे । त्यस्तै कार्यक्रममा माथागढी गाउँपालिकाले आगामी दिनमा पनि किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *