योजना तथा कार्यक्रमको बजेट रकमान्तर गर्दै रामपुर नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै नगर सभा बिहिबार सकिएको हो । हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । नमस्ते पाल्पा होटलको सभाहलमा भएको सभामा नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको बताउनुभयो । नगरपालिकाले संघ र प्रदेश संग समन्वय गर्दै लागि रहेको बताउनुभयो । उहाँले हल्लाको पछि नभै सेवामा प्रतिवद्ध भएर लाग्न अनुरोध गर्नुभयो । नगर उपप्रमुख बालकुमारी थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले अब जनप्रतिनिधिहरुले गम्भीर रुपमा सोच्ने समय आएको बताउनुभयो । नगरबासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । जनतालाई कसरी हुन्छ सहज र सरल रुपमा सेवा प्रवाहको लागि प्रतिवद्धता जनाउनुभयो । रकमान्तर र शीर्षकान्तर प्रस्तावमा आफ्‌नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको बताउनुभयो । नगरपालिकाले विकास निर्माणका योजनालाई प्रभावित हुन नदिन कडाई गर्नु आवश्यक रहेको बताउनुभयो । शुन्य समयमा रामपुर ८ का वडा सदस्य दिनेश आचार्यले विद्युत पोल व्यवस्थित गर्न तथा खानेपानी व्यवस्थापनका लागि ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो । रामपुर–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले कृषिमा लगानी बढाउनु आवश्यक रहेको बताउनुभएको थियो ।सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराउनु भएको थियो ।

यस्तै नगर सभाको अवसरमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट हुनु भएका विप्लप गुरुङ, पूर्व कर्माचारीलाई सम्मान गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको खेलाडी मध्येमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो ।नगरपालिकाले करारमा कार्यरत रही यस वर्ष उमेर हदका कारण विदा दिनु भएको कर्मचारी ईन्द्र बहादुर अर्याललाई समेत सम्मान गरेको थियो । नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १६० रुपियाँ ९८ पैसा सहित सम्मान गरेको हो । उहाँहरु दुवै जनालाई नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चेक, सम्मान पत्र सहित दोसला र ढाका टोपी ओढाएर सम्मान गर्नु भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *