रजत वर्षको अवसरमा प्रेस चाैतारीकाे वक्तृत्वकला प्रतियोगिता

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाले शाखा स्थापनाकाे पच्चीस औँ स्थापना दिवस एवं रजत जयन्ती वर्षको अवसर पारेर मावि स्तरीय ” शिक्षामा सूचना प्रविधिको प्रयोग” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । प्रेस चाैतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा जनता माध्यमिक विद्यालय तानसेनकी छात्रा संयुक्ता थापा प्रथम हुनुभएको छ। भैरव नवदिप माध्यमिक विद्यालय छहराकी छात्रा राशी पोखरेल द्वितिय र न्यू होराइर्जन वोडिङ्ग स्कुल तानसेन पाल्पाकी छात्रा रिया वस्याल तृतिय हुनुभएको छ।

प्रेस चाैतारी नेपाल पाल्पाले आयोजना गरेको प्रतियोगितामा प्रथम भएकी थापाले नगद पाँच हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हाे । त्यस्तै द्धितिय प्रतियोगिता विजेता पोखरेलले नगद तीन हजार रूपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै वक्तृत्वकला प्रतियोगितामा न्यु हाेराइजन आवासीय माध्यमिक विद्यालय पाल्पाकी तृतिय हुनुभएको छात्रा बस्यालले दुई हजार रूपैयाँ नगदसहित प्रमाणपत्र सम्मान गरिएको छ । पाल्पा जिल्लाबाट सत्र माध्यमिक विद्यालय सहभागी रहेको प्रतियोगितामा विजयी तथा सहभागीहरु लाई प्रेस चौतारी नेपाल पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, केन्द्रिय सदस्य मिलन विक, प्रदेश सचिव कृष्ण पाेखरेलले शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको थियोे ।

वक्तृत्वकला प्रतियोगिता कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण कार्कीकाे अध्यक्षतामा भएको प्रतियोगितामा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका प्रध्यापकद्वय निर्णायक मण्डलका संयोजक डा. शंकरप्रसाद गैरे, सदस्य सन्तोष खनाल लगायतले नगद, प्रमाणपत्र सहितको पुरस्कार प्रदान गर्नुभएकाे थियो । कार्यक्रममा प्रमुख अतिथि एवं प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपालले प्रेस चौतारी पाल्पाले सधैँ रचनात्मक कार्यक्रमहरू गर्दै आएको बताउँनुभयाे। उहाँले प्रेस चाैतारीकाे स्थापना दिवसका अवसरमा कहिले विधार्थीहरुलाई पाठ्यक्रम तथा स्टेसनरी सामाग्रीकाे वितरण त कहिले पर्यटन प्रवर्द्धनका लागि घुम्ती बैठक गर्न रानीमहल पुगेको बताउँनुभयाे। कहिले चाैतारी बैठकले शिक्षासंग सम्वन्धित रहेर कार्यक्रम गर्दै आएको बताउँनुभयाे ।

त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य मिलन विकले प्रेस चौतारी नेपालले सधै रचनात्मक कामहरु गर्दै आएको रजत जयन्ती वर्षको अवसरमा अहिलेकाे जल्दाेबल्दाे वक्तृत्वकलाकाे प्रतियोगिता कार्यक्रम गरेर विद्यालय, शिक्षक, विधार्थी एवं शिक्षा सरोकार राख्ने निकायमा जागरण ल्याउने गरी वहस सञ्चालन गरेको बताउँनुभयाे । प्रदेश सचिव कृष्ण पोखरेलले प्रेस चौतारी पाल्पाले पत्रकारीता भन्दा फरक विधामा रहेर विधार्थीहरुको प्रतिभा र सिर्जनशिलतालाई बाहिर ल्याउन तथा एकअर्का बीच प्रतिस्पर्धी बनाउन, विषयबस्तु माथीकाे खोज तथा अनुसन्धानमा दक्ष बनाउनलाई प्रेस चाैतारी नेपालले रजत जयन्ती वर्षको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको बताउँनुभयाे ।

प्रतियोगिताका निर्णयक मण्डकका संयोजक डा.शंकर प्रसाद गैरेले प्रेस चौतारी नेपालले गरेको वक्तृत्वकला प्रतियोगिता समय सान्दर्भिक विषयमा रही शिर्षक छनाैट गरिएको र उत्कृष्ट रहेको बताउँनुभयाे । वक्तृत्वकलामा सहभागी विधार्थीहरुको राम्राे पक्ष एवं आगामी दिनमा उनीहरूले सुधार गर्नुपर्ने पक्षकाे विश्लेषण सहित निर्णायक संयोजक डा.गैरेले जानकारी गराउँनुभएकाे थियाे । उहाँले प्रतियोगितामा सहभागीहरुले कहिल्यै पनि नहार्ने भएकोले जो विजयी हुन सक्दैन, उसले अर्काे पटकलाई सिकेर विजयी हुने बताउँनुभयाे । कार्यक्रममा प्रेस चौतारी नेपाल पाल्पा शाखा अध्यक्ष कृष्ण कार्कीले शाखा स्थापनाको पच्चीस औँ वर्ष रजत जयन्ती वर्षलाई फरक किसिमको कार्यक्रम गरेर मनाउन पनि माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको बताउँनुभयाे । शिक्षक, विद्यार्थी, अविभावकहरु बीचकाे सम्वन्ध विस्तार गर्न र उनीहरुका गतिविधीहरुलाई पनि चौतारी मार्फत सार्वजनिक गर्न,विद्यालयका विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको अध्यक्ष कार्कीले बताउँनुभयाे ।

कार्यक्रममा प्रेस चौतारीका कार्यसमिती सदस्य एवं प्रतियोगिताका संयोजक खुमबहादुर पौडेले कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियोे । शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *