पाल्पा,रम्भा गाउँपालिकाकाे एकीकृत घुम्ती शिविर सुरु भएको छ। रम्भाकाे ताँहुमा सञ्चालन भएको घुम्ती शिविरमा दुई हजार बढी सेवाग्राही नागरिकहरूले सञ्चालन भएको शिविरमा सेवा लिएका हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट नीति तथा वार्षिक कार्यक्रमा समावेश गरेको कार्यक्रम अनुसार सञ्चालन गरेको स्वास्थ्य शिविरमा सबै किसिमकाे रोगको चेक जाँच तथा उपचार निदानका लागि स्वास्थ्य प्रयोगशाला सहित सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउँनुभयाे ।
रम्भा गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले रम्भा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत शिविरले नागरिकको घरदैलोमा पुगेर दिने शिविरमा भिडियो एक्सरे, प्रजनन स्वास्थ्य सेवा, स्त्रीरोग शिविर तथा परामर्श सेवा लिन सकिने बताउँनुभयाे । गाउँपालिकाबाट सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा विभिन्न किसिमको सेवालिने नागरिककोहरूकाे घुइँचो लागेको थियो ।सञ्चालित एकीकृत घुम्ती शिविरमा नागरिककाे आँखा उपचार, निःशुल्क औषधि वितरणका साथै आयुर्वेद सेवा प्रदान गरिएको छ ।
त्यस्तै शिक्षा, कृषि, पशुपन्छीका रोगका लागि परामर्श तथा आवश्यक औषधि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउँनुभयाे । उहाँले गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरले नागरिककाे घरघरमा पुगेर सेवा दिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पुनले शिविरबाट अपांगता भएका,ज्येष्ठ नागरिक, गरिबी परिचयपत्र वितरणका लगायत संघ, प्रदेश, गाउँपालिका र वडाको योजना सम्झौताका लागि सेवा लिन आउने सेवाग्राहीहरूकाे उल्लेख्य उपस्थिति रहेको बताउँनुभयाे । उहाँले घरदैलोमै डाक्टरसहितको स्वास्थ्य जाँचले सेवाग्राहीको भीड लागेको समेत बताउँनुभयो ।
रम्भा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा भिडियो एक्सरे सेवा,ल्याब,प्रजनन स्वास्थ्य सेवा,स्त्री रोग विशेषज्ञ सेवा,एचपीए र डीएनए विधिबाट स्वाब संकलन, व्यवसाय दर्ता,ज्येष्ठ नागरिक एवं गरिवी परिचयपत्र वितरण लगायतका सेवाहरू नागरिकको घरदैलोमा पुगेर प्रदान गरेको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताउँनुभयाे । त्यस्तै शिक्षा शाखा अन्तर्गत गरिब तथा असहाय विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण लगायतका सेवा प्रदान गरिएको छ ।
शिविरमा बेरोजगार सूची दर्ता,सामाजिक सुरक्षा भत्ताका लागि नयाँ दर्ता,कृषि प्रविधि सम्बन्धी सल्लाह,परामर्श, आवश्यक बीउबिजन वितरण लगायतका सत्ताईस प्रकारका सेवाहरू नागरिकको घरदैलोमा पुगेर प्रदान गरिएको सूचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी गराउँनुभयाे ।