पाल्पा, रम्भा गाउँपालिकाकाे रिमिघा लेक क्षेत्रमा भेटिएको यार्सागुम्बा ल्याव परीक्षणमा यार्सागुम्बा भएको पुष्टि गरेको छ। पाल्पाको रम्भा गाउँपालिकाकाे रिमिघा क्षेत्रकाे लेकमा भेटिएको यार्सागुम्बा केही दिनअघि स्थानीयवासीहरूले सुन्तला रोप्नका लागि खाडल खन्दा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी ल्याव परीक्षण पछि यार्सागुम्बा भन्ने प्रमाणित भएको हो । डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख नारायणदेव भट्टराईका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको प्रयाेगशाला परीक्षणबाट उक्त भटिएकाे वनस्पति यार्सागुम्बा नै रहेको स्पष्ट भएको हाे ।
डिभिजन प्रमुख भट्टराईले भन्नुभयाे, “हिमाली जिल्लामा पाउने यार्सागुम्बा सामान्य भएपनि पाल्पा जस्तो पहाडी जिल्लामा भेटिएको भने मेरो जानकारीमा पहिलो हो।” सरकारी प्रावधान अनुसार यार्सागुम्बा बहुमुल्य जडिबुटी व्यापार नेपाल सरकारले मात्रै गर्न पाउने व्यवस्था रहेको छ उहाँ भन्नुहुन्छ । नेपाल सरकारले सूचीकृत व्यवसायीलाई प्रतिकिलो ३१ हजार रुपैयाँमा बिक्रीको अनुमति दिने व्यवस्था रहेको समेत डिभिजन वन कार्यालयले जनाएको छ । पाल्पामा पहिलो भेटिएको यार्सागुम्बा संकलन र बिक्रीवितरण प्रक्रियाका लागि केही समय लाग्ने डिभिजन वन कार्यालयका डिभिजन प्रमुख भट्टराईले भन्नुभयो । उहाँका अनुसार यार्सागुम्बा फेला परेको क्षेत्रमा सर्वसाधारणको आवतजावत रोकिएको छ। सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यस्तै रम्भा गाउँपालिका-२ को रिमिघा लेककाे वनक्षेत्रमा पनि यार्सागुम्बा जस्तो जडीबुटी फेला परेको छ । याे यहाँका लागि महत्त्वपूर्ण रहेको र समुद्र सतहदेखि १७९४ मिटरको उचाइमा अवस्थित रिमिघा लेक घना जंगलले घेरिएको वनक्षेत्र हो,जहाँ प्रसिद्ध रम्भादेवी मन्दिर पनि अवस्थित रहेको छ ।

