पाल्पा, रम्भा गाउँपालिकाकाे शिक्षा शाखाले गाउँपालिकाभरका विद्यालयहरूमा “विद्यार्थीसंग करेसावारी कार्यक्रम” सुरु गरेको कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ । रम्भा गाउँपालिका प्रायः सबै विद्यालयले सुरु गरेको विद्यार्थीसंगकरेसावारि कार्यक्रम प्रभावकारी बनेसंगै विद्यार्थीहरूकाे सिकाइ समेत सैद्धान्तिक एवं व्यवहारिक रूपमा निकै अब्बल बन्नलाई सघाउ पुगेको छ ।
रम्भा गाउँपालिका-२, फाेक्सिङ्गकाेटकाे सानाहुँगी माध्यमिक बिद्यालयबाट हालै एसइई दिई बस्नुभएकी धनीसरा सोमैकाे घर करेसाबारीमा अहिले सिमी, बोडी, लाैका, करेला, साग घिराैला, काक्रा लगायतका तरकारीहरू फलेका छन् । धनीसरा साेमै दैनिकी यतिबेला धेरैजसो घरकाे करेसाबारीको स्याहारमा बारीमा व्यस्त हुने गर्नुहुन्छ । हुन त पहिले पनि उहाँ विद्यालय जाने आउने गर्दाको समयमा पनि उहाँ घरको करेसावारी स्याहार गर्नमा बिहान र बेलुकाको केही समय करेसाबारीलाई नै दिनुहुन्थ्यो । उहाँ आफैले बनाएको करेसाबारीआफ्नै गाउँपालिकाले दिएको तरकारीका बिउहरू विद्यालयले ल्याएको साेँच लगाएर उत्पादन भएको तरकारी बेचबिखन गर्न पाउँदा कम्ता खुशी थिएन उहाँमा देैनिक विद्यालयकाे पठाइसंगै व्यवहारिक सीप ज्ञानकाे सिकाइ अनि आफूले लगाएको तरकारी बिक्री पछि आम्दानीले दिएको खुशीमा निकै आनन्दित देखिनुहुन्छ ।
विद्यालय र गाउँपालिकाकाे साझा कार्यक्रम भएकोले आफ्नोकरेसावारीमा बेलाबेलामा गाउँपालिका र विद्यालयबाट संयुक्त अनुगमनमा आउने सरहरू धनीसराको कार्य प्रंशसा गर्नुहुन्छ । धनीसरा मात्रै उहाँकी आमा शर्मिला सोमै पनि खुशी हुनुहुन्छ । उहाँले भन्नुभयो–“करेसाबारीबाट ताजा तरकारी खान पाइएको छ, कहिलेकाँही अलिअलि बेच्न पनि पुग्छ ।” उहाँले भन्नुभयो । रम्भा गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग करेसावारी कार्यक्रमको प्रभाव हो।” धनीसरा साेमै मात्र हैन रम्भा गाउँपालिकाभित्रका कक्षा ६ देखि १२ सम्मका बिद्यार्थी एवं अभिभावक स्वयं यो कार्यक्रमबाट लाभान्वित हुनुभएको छ ।
रम्भा गाउँपालिकाकाे यो कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै अतिरिक्ति क्रियाकलापमा समेत विद्यार्थी व्यवहारमा पनि सीप सिक्नलाई धेरै सहयोग पुगेको धनीसराको भनाई छ । “अस्तिभर्खर पनि रम्भा गाउँपालिकाबाट विद्यालय मार्फत नयाँ बिउहरु दिनुभएको छ, तरकारी खेतीका लागि त्यसैले पनि हामी अहिले बारीमा तरकारी लगाइरहेका छौं ।” उहाँले कुराकानीमा भन्नुभयो । रम्भा गाउँपालिकाको यो अभ्यास जिल्लामै नुमना हो । यस प्रकारको कार्यक्रम पाल्पाकाे कुनै पनि पालिकामा छैन । त्यसैले याे नमुना बन्न पुगेको छ । उहाँले रम्भा गाउँपालिकाबाट विद्यालयलाई विभिन्न तरकारी बालीहरुको बिउबिजन उपलब्ध गराउँछ अनि विद्यालय मार्फत विद्यार्थीहरुलाई नै बिउ वितरण गरिन्छ साेेमै भन्नुहुन्छ ।


विद्यार्थीहरुले खाली समयको सदुपयोग गर्दै घरकाे करेसावारी तयार गर्छन् र त्यसको अनुगमन विद्यालय एवं गाउँपालिकाले गरिरहेको हुन्छ । विद्यालय परीक्षाको प्राक्टिल बापतको नम्वर पनि दिइन्छ यसले विद्यार्थीमा थप उत्साह थप्ने गर्दछ । रम्भा गाउँपालिकाले चालु आर्थिक वर्ष विद्यालयमा विद्यार्थीसँग करेसावारी कार्यक्रमलाई बिनियोजित बजेटबाट गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बिभिन्न ८ प्रकारका तरकारीहरुको बिउबिजन २ चरणमा गरी वितरण गरिएको रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मिनादेबी आचार्यले बताउँनुभयो । दुई चरण अन्तर्गत फरक फरक मौसममा प्रतिफल दिन सक्ने गरी मौसम अनुसार तरकारीको बिउ गाउँपालिकाबाट बितरण गरिएको समेत उहाँले बताउँनुभयो ।
रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयहरू मार्फत करेला, घिरौला, सिम्ला, लौका, सिमी, बाेडी, साग, काक्रा, लगायत तरकारीका बिउहरु बिद्यार्थीलाई उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा रम्भाले “बिद्यार्थीसँग करेसाबारी कार्यक्रम” का लागि गाउँपालिकाबाट ६ लाख रुपैयाँ बिनियोजन गरिएको र गाउँपालिकाभित्रका १ हजार ४ सय ५५ जना बिद्यार्थीहरूलाई उक्त विनियोजित रकमबाट बिउ खरिद गरी बितरण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताउँनुभयो । रम्भाकाे “विद्यार्थीसंग करेसावारी कार्यक्रम” अघिल्लो वर्ष पनि प्रभावकारी भएकोले यसलाई निरन्तरता दिने गरि गाउँपालिका अघि बढेको उहाँले बताउँनुभयो ।
यसले एकातिर विद्यार्थीका अभिभावकलाई समेत श्रमप्रति पनि आस्था बढाउँछ भने अर्को पोषिलो तरकारी सहितको खाना सबै विद्यार्थी अभिभावकले स्वच्छ खाने वातावरण बन्ने समेत रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउँनुभयो । उहाँले विद्यार्थीसँगै अभिभावकले पनि करेसावारीमा काम गर्ने आफ्नो माटोमा श्रम पसिना बगाउने भएकोले पनि अभिभावक पनि स्वयं अन्य व्यवसायिक खेतीका लागि प्रेरित हुने र आफ्ना बच्चालाई समेत त्यसतर्फ लाग्न प्रेरित गर्ने उहाँले बताउँनुभयो ।
अध्यक्ष भण्डारीले विद्यार्थीमा सैद्धान्तिक पढाईसँगै व्यवहारिक सीप सिकाइ र उद्यमशीलताको मनोविज्ञान बनाउने उद्देश्यले गाउँपालिकाले यस कार्यक्रमलाई अगाडि बढाएको बताउँनुभयो । उहाँले अब विद्यार्थीले विद्यालयकाे परीक्षा पछि विद्यार्थीहरुले आ-आफ्नो घरमा करेसावारी तयार गर्ने र त्यही करेसावारीको अवलोकन गरिसके पछि आगामी प्रथम त्रैमासिक परीक्षामा सैद्धान्तिक नम्बरसंगै विद्यार्थीहरुले प्राक्टिकल नम्बर पाउने बताउँनुभयो ।विद्यार्थीहरुलाई घरमा लगेर नर्सरी राख्ने, तरकारीको बिरुवा लगाउने लगायतको विषयमा कुनै समस्या रहेमा वडा वडामा रहेका कृषि प्राविधिकहरुले सहयोग गर्नेछन् उहाँले भन्नुभयो । त्यस्तै बिद्यार्थीहरुलाई कुनै समस्या भएमा वा प्राविधिक सहयोग गर्नुपरेमा गाउँपालिकाकाे कृषि शाखा तथा कृषि प्राविधिकहरु जतिबेला पनि विद्यार्थी र अभिभावकहरुलाई सहयोगका लागि तयार रहेको समेत अध्यक्ष भण्डारीले बताउँनुभयो ।
यो कार्यक्रम निकै प्रभावकारी रहेको र विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्ति क्रियाकलाप तर्फ पनि आकर्षित गरेको जनहित भगवती मावि हुमिनका प्रधानाध्यापक खुमबहादुर पौडेलले बताउँनुभयो । प्रधानाध्यापक पाैडेलले अहिलेका बिद्यार्थीहरुलाई पढाईले मात्रै नुहने भएकोले पनि व्यवहारिक र अनुशासित बनाउन अतिरिक्त क्रियाकलापको समेत आवश्यकता रहेकोले यो कार्यक्रम निकै प्रभावकारी भएको बताउँनुभयो ।



